Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले आज शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा आर्थिक, व्यापार लगानी, पर्यटन आदि दुुईपक्षीय हितका विविध विषयमा सहयोग आदानप्रदान गर्न छलफल भएको थियो । प्रधानमन्त्री ओलीले नेपालको विविध क्षेत्रको विकासमा दक्षिण कोरियाको सहयोग निरन्तर रहने विश्वास व्यक्त गरेका थिए । राजदूत पार्कले प्रधानमन्त्री ओलीको कार्यकाल सफलताको कामना गरेका थिए । भेटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्कोका कार्यालय र परराष्ट्र मन्त्रालयका उच्चाधिकारीको सहभागिता थियो ।
विराटचोक । झापाको हल्दिबारी गाउँपालिका-३ स्थित भुसुडी खोलाको डिलमा गाई काटेर गाडेको अवस्थामा फेला परेको छ । गाई काटेर केही भाग गाडेको अवस्थामा मंगलबार साँझ मृत गाईको अवशेष फेला परेको हो । गाई काटेर एकातिर हड्डी र अर्कोतिर टाउको र पुच्छर गाडेको भेटिएको हल्दिबारी ३ का वडा सदस्य अजित विष्टले बताए । उनले गाईलाई त्यही काटेकोले दाम्लो र किलोसहित रगत पनि देखिएको जानकारी दिए । प्रहरीसहितको टोली घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको जनाइएको छ । घटनास्थलमा गएर हेर्दा केही दिनअघि नै गाईलाई गाडेको हुनाले सडेर गन्हाउने अवस्थामा पुगेको जलथल प्रहरी चौकीका इन्चार्ज असई ओमप्रसाद पौडेलले बताए । उनले घटनाबारे अनुसन्धान…
काठमाडौं । पर्साको बार्वा नाकाबाट केही दिन यता ठुलो परिमाणमा तस्करी धन्दा मौलाएको छ । तस्करी धन्दा सानो रुपमा नभएर ठुलो मात्रामा शुरु भएको हो । बार्वा नाकाबाट लत्ताकपडा, रजनिगन्ध, किराना सामाग्री, कुखुराको चल्ला र डाबरको पेस्ट, लेक्मी क्रिम, मुम दालको ठुलो मात्रामा तस्करी मौलाएको हो । तस्करका एक समूहले बिहान ६ बजेदेखि राती २ बजे सम्म ७,८ वटा साइकलमा कार्टुनहरु लोड गरि सिमा नाका कटाउने गरेको प्रत्यक्षदर्शीहरुको भनाइ छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवम प्रहरी उपरीक्षक कुमोध ढुंगेल र सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख एवम सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले सिमा नाकामा हुने तस्करी पुर्णरुपले बन्द…
काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा सुरक्षा प्रबन्ध मिलाउन गृहमन्त्रीसँग माग गरेकी छिन् । केही दिनदेखि विश्वविद्यालयका पदाधिकारीहरूमाथि हमलाको प्रयास र प्राध्यापकहरूलाई धम्की आएको भन्दै शिक्षामन्त्री भट्टराईले गृहमन्त्रीसँग सुरक्षा प्रवन्धको माग गरेकी हुन् । शिक्षामन्त्री भट्टराईले सामाजिक सञ्जाल एक्समा लेखेकी छिन्, ‘त्रिभुवन विश्वविद्यालयमा केही दिनदेखि पदाधिकारीहरूमाथि हमला गर्न खोज्नु र प्राध्यापकहरूलाई फोन गर्दै धम्की दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ । त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु ।’ केही दिनयता त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभाग प्रमुख नियुक्ति विवादमा पदाधिकारीहरूलाई नै धम्की आएको बताइएको छ । असुरक्षाका कारण देखाउँदै उपकुलपति, रेक्टर र रजिस्ट्रार…
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले महिला विश्वकप आयोजनाको स्थल परिवर्तन गरेको छ। यसअघि बंगलादेशमा प्रतियोगिताको अयोजना निश्चित गरिएको भए पनि असुरक्षाको कारण देखाउँदै युएईमा सारिएको हो । नवौं संस्करणको विश्वकप यही आउँदा अक्टोबरमा बंगलादेशमा आयोजना गर्ने आईसीसीको तयारी थियो। तर, आयोजक बंगलादेशको क्रिकेट बोर्ड नै हुने भए पनि प्रतियोगिता स्थल भने युएई हुने भएको हो । बंगलादेशको तर्फबाट युएई क्रिकेट बोर्डले प्रतियोगिता व्यवस्थापन गर्नेछ । अक्टोबर ३ देखि २० तारिखसम्म हुने प्रतियोगिता दुबई र सारजहा अन्तर्राष्ट्रिय रंगशालामा हुने भएको छ । महिलाको विश्वस्तरीय प्रतियोगिताको लागि जिम्वावे र श्रीलंकाले पनि आयोजनाको लागि प्रस्ताव पेश गरेका थिए । तर यि दुवै…
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको सम्बन्धलाई लिएर शंका नगर्न आग्रह गरेका छन् । कांग्रेस नेता प्रदीप गिरीको दोस्रो स्मृति दिवसका अवसरमा मंगलवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले कसैको दबाबमा नपरी सोचविचार गरेरै एमालेसँग सहकार्य गरेको स्पष्ट पारे । पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले नेकपा (माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादीसहित सबैलाई एकसाथ लिएर अघि बढ्ने प्रतिबद्धता जनाए ।
काठमाडौं । प्रहरी महानिरीक्षक (आइजीपी) वसन्तबहादुर कुँवरले प्रहरी कर्मचारीका परिवारले सामाजिक दायित्व कुशलतापूर्वक निर्वाह गरिरहेको बताए । मंगलवार नेपाल प्रहरी श्रीमती संघको ४० औँ वार्षिकोत्सव समारोहमा बोल्दै महानिरीक्षक कुँवरले कर्तव्य पालनाको सिलसिलामा प्रहरीहरुले व्यक्तिगत, पारिवारिक र सामाजिक दायित्व निर्वाह गर्न नसकेपनि परिवारले कुशलतापूर्वक निर्वाह गरिरहेको बताए । उनले नेपाल प्रहरी श्रीमती संघले गरेको काम अनुकरणीय भएको बताए । संघले नेपाल प्रहरीका कार्य अशक्त र घाइते प्रहरी परिवारहरुको सीप विकास, क्षमता अभिवृद्धि, प्रहरी सन्ततीहरुको शिक्षा, स्वास्थ्य, खेलकुद क्षेत्रको विकास, दिवा शिशु स्याहार केन्द्रमार्फत प्रहरीका नाबालक सन्ततीहरुको रेखदेख गर्ने लगायतका काम गरिरहेको भन्दै प्रशंसनीय काम भएको बताए । उनले प्रहरी कर्मचारीहरुका परिवारका…
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका धर्मपत्नी राधिका शाक्यले नेपाल प्रहरी श्रीमती सङ्घको मानवीय कार्य प्रशंसनीय भएको बताएकी छन् । सो सङ्घको ४० औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा प्रथम महिला शाक्यले मानवीय सेवाको कार्य सबैभन्दा पवित्र भएको र प्रहरी सङ्गठनको गरिमा कायम राख्न प्रहरी र तिनका परिवारको उत्तिकै भूमिका हुने बताइन् । जुनसुकै समयमा राष्ट्रका लागि समर्पित हुने प्रहरीहरु सम्मानका हकदार भएको उनको भनाइ थियो । “प्रहरी श्रीमानहरुलाई अगाडि बढाउन श्रीमतीहरुको महत्वपूर्ण योगदान हुुन्छ । त्यस्तै महिला प्रहरीहरुलाई श्रीमानको सहयोग बिना कार्यक्षेत्रमा खट्न गाह्रो हुन्छ । एकापसमा सहयोग आदान–प्रदानबाट नै मानवीय सेवाबाट प्रहरीले उत्कृष्टता प्रदर्शन गर्न सक्छ ।”, प्रथम…
काठमाडौं । प्रथम महिला राधिका शाक्यले नेपाल प्रहरीको संगठनमा सम्मान गर्न लायक व्यक्तिहरु भएको बताएकी छन् । मंगलबार नेपाल प्रहरी श्रीमती संघको ४० औँ वार्षिकोत्सव समारोहमा बोल्दै प्रथम महिला शाक्यले चौबिसै घण्टा राष्ट्रका लागि समर्पित हुने प्रहरीहरु सम्मान व्यक्त गर्न लायक व्यक्तिहरु भएको बताएकी हुन् । उनले प्रहरी श्रीमानहरुलाई अगाडि बढाउनका लागि श्रीमतीहरुको पनि महत्वपूर्ण योगदान भएको विश्वास व्यक्त गरिन् । महिला प्रहरीहरुलाई श्रीमानको सहयोग बिना कार्यक्षेत्रमा खट्न गाह्रो हुने भन्दै आपसमा सहयोग आदान–प्रदान गर्न उनले आग्रह गरिन् । नेपाल प्रहरीका परिवारलाई एक आपसको भावना बुझेर संयमता, धैर्यता र शान्तिपूर्वक अगाडी बढ्न पनि अनुरोध गर्दै उनले भनिन्, ‘चौबिसै घण्टा देशको…
सट्टेबाजी र क्रिप्टो कारोबार गर्ने काभ्रेका युवकको परिवार र पूर्वप्रेमिकासम्मलाई मुद्धा
काठमाडौं । दुई अर्बको सट्टेबाजी र क्रिप्टो कारोबार गर्ने काभ्रेपलाञ्चोकका एक पुरुषका परिवार विरुद्ध समेत मुद्धा परेको छ । दुई अर्ब रुपैयाँभन्दा धेरैको क्रिप्टो तथा सट्टेबाजी कारोबार गरेको आरोपमा पक्राउ परेका काभ्रेपलाञ्चोकका मण्डनदेउपुर–८ का २४ वर्षीय अनिल ढुंगाका परिवार र पूर्वप्रेमी विरुद्ध पनि मुद्धा दायर भएको हो । उनको आपराधिक कामबाट आर्जन भएको सम्पति परिवारको समेत नाममा भेटिएको छ । त्यसपछि उनलाई मात्रै नभएर परिवार सम्मलाई मुद्धा परेको हो । जिल्ला अदालत भक्तपुरले गत साता उनलाई सट्टेबाजी र सम्पति सुद्धिकरणसम्बन्धी मुद्धामा जेल चलान गरेको थियो । प्रहरीले १२ जनालाई प्रतिवादी बनाएर मुद्धा दायर गरेको छ । जसमा उनका परिवारका सदस्य,…