काठमाडौं । उपत्यकामा अब “नो हर्न प्लिज अभियान” लाई सशक्त बनाइने भएको छ । यसअघि नै यो नियम लागु गरिएपनि यो प्रभावकारी हुन सकेको थिएन ।
तर, आज (बिहीबार) ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवसायी राष्ट्रिय महासंघ तथा मजुदुर टे«ड युनियनबीच भएको छलफलमा यो नियमलाई कडाईका साथ लागु गर्ने सहमति भएको हो ।
ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विनोद घिमिरेले पनि उक्त अभियानलाई पूर्णरुपमा लागु गरिने प्रतिबद्धता जनाएका छन् ।
सो क्रममा उनले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था चुस्त, दूरुस्त बनाउन सबै मिलेर अघि बढनुपर्ने धारणा राखेका थिए ।
Facebook Comments Box
