काठमाडौं । सोमबार राति प्रहरी प्रधान कार्यालयले २५ जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा सिफारिस गरेको छ । जुन बढुवा सरसर्ती हेर्दा उत्कृष्ट देखिन्छ ।
बढुवामा कार्यदक्षतामा अब्बल रहेका प्रहरी अधिकृतहरु परेका छन् । लामो रस्साकस्सीका बिच प्रहरी प्रधान कार्यालयले एसपीबाट एसएसपी बढुवा सिफारिस गर्दा कार्यदक्षतामा अब्बल रहेका प्रहरी अधिकृतहरुलाई मात्र समेटेको छ ।
प्रहरी प्रमुख आइजीपी वसन्त बहादुर कुँवरको अडानले गर्दा अब्बल र क्षमतावान व्यक्तिहरु बढुवामा छुट्न पाएनन् । सबैभन्दा बलियो संगठन नेपाल प्रहरीको एसएसपी बढुवामा प्रमुख कुँवरले न्यायोचित निर्णय गर्दा अन्य प्रहरी कर्मचारीहरुमा समेत हौसला प्रदान भएको छ ।
प्रमुख कुँवरले सक्षम, इमान्दार र व्यवसायीक अधिकृतलाई बढुवा सिफारिस गरेका हुन्। अपराध अनुसन्धान र शान्ति सुरक्षा कायम गर्ने कार्यमा उत्कृष्ट कमाण्ड सम्हालेका अधिकृतहरुलाई उत्कृष्टताकै आधारमा बढुवा सिफारिस गरेर उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन् ।
तर, अन्य अब्बल अधिकृतहरु छुट्दा केही कमजोर कमाण्डका अधिकृत पहुँचको भरमा बढुवामा पर्न पनि सफल भएका छन् । ‘केहि व्यक्तिहरुको कारण यत्रो समयसम्म त बढुवा हुन सकेन, १/२ जना त्यसै परिहाल्छन अन्यथा मानुपर्ने केही छैन,’ बढुवा दाबेबार नरहेका एक एसपीले भने, ‘समग्रमा हेर्ने हो भने यो बढुवा उत्कृष्ट नै छ ।’
६ महिनासम्म चर्को राजनीतिक दबाबको कारण एसएसपी बढुवा हुन सकेको थिएन ।
