काठमाडौं । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीको मुख्य गेटमा रहेको ‘डिजिटल बोर्ड’ ह्याक भएको छ। ह्याकरले बोर्डमा ‘आई लभ यू चित्रा’ लेखेको छ ।
हाल प्रहरी कार्यालयको यो बोर्डमा देखिएको सन्देशको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। यसले प्रहरी कार्यालयको साइबर सुरक्षा प्रणालीप्रति गम्भीर प्रश्न खडा गरेको छ।
प्रहरीका अनुसार घटना कसले र कसरी गर्यो भन्नेबारे अनुसन्धान भइरहेको छ। स्थानीयबासी र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यस्तो कार्यलाई अनुशासनहीनता र गैरजिम्मेवारीपूर्ण भन्दै आलोचना गरेका छन्।
प्रहरीले साइबर सुरक्षालाई अझ सुदृढ बनाउन र यस्ता घटनालाई रोक्न आवश्यक कदम चाल्ने जनाएको छ।
Facebook Comments Box
