Author: Scoop Khabar

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकार बिचौलियाहरुले बनाएको भ्रष्टाचारीहरुको सरकार भएको बताएका छन् । शनिवार पार्टीको नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिले गरेको भेलालाई सम्बोधन गर्दै यस्तो ठोकुवा गरेका हुन् । सरकारले भ्रष्टाचारविरुद्ध एकपछि अर्को फाइल खोल्दै, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका कार्यक्रम अघि बढाउँदै लैजाँदा दलाल र बिचौलियाहरुमा आतंक सुरु भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, ‘३२ सिटको माओवादीले हामीलाई चुनौती दियो भनेर उनीहरु सरकार हटाउनतर्फ लागे । बाहिर हेर्दा त कांग्रेस र एमाले बसेर सरकार हटाएको जस्तो देखिन्छ तर भित्र दलाल, बिचौलिया र कमिसनखोरहरुले ती दलहरुलाई आफ्नो प्रतिनिधिको रुपमा सिंगारपटार गरेर पठाएका हुन् ।…

थप

भैरहवा । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले सीमा क्षेत्रमा खटिएका प्रत्येक सुरक्षाकर्मी आइजीपी सरह जिम्मेवारी भएको बताएका छन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालयको सातौं वार्षिकोत्सव समारोहलाई शुक्रबार सम्बोधन गर्दै अर्यालले यस्तो बताएका हुन् । उनले सीमा सुरक्षाका लागि पालेको रुपमा तैनाथ एक सय जनामध्ये १ जनाले मात्र गल्ती गरेमा सम्पूर्ण संगठनकै बद्‌नाम हुने भएकाले आफ्नो राष्ट्र र राष्ट्रको झण्डा ख्याल राखेर काम गर्न निर्देशन दिए । लुम्बिनी आर्थिक, राजनीतिक, धार्मिक रुपले विशिष्ट प्रदेश भएकाले यस्तो अवस्थामा सीमा सुरक्षामा निर्वाह गरेको भूमिका सराहनीय रहेको उल्लेख गर्दै उनले राजश्व चुहावट नियन्त्रण प्रभावकारी भूमिका खेल्न निर्देशन दिए…

थप

काठमाडौं । भारतको उत्तराखण्ड राज्यमा पर्ने रुद्रप्रयाग जिल्लामा पहिरोमा परी मृत्यु भएका चितवन माडीका तीन जनाको शव चितवन ल्याइँदै छ । तीन शव आज रातिसम्म आइपुग्ने जानकारी पाएको माडी नगरपालिकाकी मेयर ताराकुमारी काजी महतोले बताइन् । शवको शुक्रवार बेलुका पोष्टमार्टम सकिएपछि शव बोकेको एम्बुलेन्स नेपालतर्फ प्रस्थान गरेको हो । बद्रीनाथदेखि केदारनाथ जाने सडकमा पर्ने फाटा क्षेत्रमा बिहीबार मध्यराति खसेको पहिरोमा परी चितवन माडीका तीन जना र दैलेखका एक जना मजदुरको मृत्यु भएको थियो । उनीहरू सुतेको अवस्थामा पहिरो गएको थियो । नयाँदिल्लीस्थित नेपाली दूतावासका अनुसार माडी नगरपालिका–२ शीतलपुरका ५८ वर्षीय तुलबहादुर दमाईं, वडा–१ भंगताका २६ वर्षीय कृष्णबहादुर परियार र वडा–५ छरछरेका २८…

थप

काठमाडौं । २ दिन पोखरा घुमेर पशुपतिनाथ दर्शनका लागि काठमाण्डौं हिडेका भारतीय पर्यटक सवार बस तनहुँको आँबुखैरेनीमा दुर्घटना हुँदा शुक्रबार २७ जनाको ज्यान गयो भने १६ जना घाइते भएका छन् । उनीहरु मध्ये पनि धेरैको अवस्था चिन्ताजनक छ । भारतको गोरखपुरबाट चार धाम (बद्री, केदार, गया, काशी) घुमेर फर्किएपछि नेपालको प्रसिद्ध धार्मिकस्थलहरु मुक्तिनाथदेखि पशुपतिनाथसम्म दर्शन गर्ने योजना बनाएर उनीहरु नेपाल घुम्न निस्किएका थिए । केशरवानी परिवहन ट्राभल्सका २ वटा बसमा ९६ जनाको टोली थियो । ४ भदौमा बेलहिया नाकाबाट छिरेका उनीहरुले ८ दिनको परमिट लिएका थिए । २ दिन होटल स्पोट्र्स र पोखरा इन होटलमा (बाँडिएर) बसेर पोखरा घुमे ।…

थप

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसका संसदीय दलका नेता कष्णप्रसाद सिटौलाले संविधानको पूर्ण कार्यान्वयन नगरी संशोधनको विषयमा बहस चलाउनु उचित नहुने बताएका छन् । शुक्रबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठकमा बोल्दै नेता सिटौलाले संविधान अनुसार प्रदेश र स्थानीय तहले अधिकार नै पाउन नसकेको बताए । नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा सत्ता सहकार्य हुनु अगागि गत असार १७ गते मध्यराति भएको ७ बुँदे सहमतिमा संविधान संशोधन गर्नेसहितका विषय रहेका छन् । दुई ठूला दल मिलेर सरकार बनाउँदै गर्दा आएको संविधान संशोधन गर्ने विषयले नेपालभित्र मात्रै नभएर अन्तराष्ट्रिय स्तरमा समेत तरंग पैदा गरेको टिप्पणी गरे । दुई ठूला दल…

थप

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) किरण बज्राचार्यले काठमाडौं जिल्ला देशकै सबैभन्दा बढि जनसंख्या रहेको, VVIP तथा VIP हरुको बसोबास रहेको, Vital Installations रहेको तथा अपराधको समेत चापको कारणले सबैभन्दा बढि संवेदनशिल र चुनौतीपूर्ण रहेको हुँदा यहाँ कार्यरत प्रहरी कर्मचारीहरु थप जिम्मेवार भई उत्कृष्ठ ढंगले कार्यसम्पादन गर्नुपर्ने बताइन् । शुक्रवार जिल्ला प्रहरी परिसर काठमाण्डौको निरीक्षण तथा निर्देशन कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाण्डौ मातहतका वृत्त, प्रभाग तथा बिटका प्रमुखहरु लगायतका प्रहरी कमचारीहरुलाई निर्देशन दिदै उनले यस्तो बताएकी हुन् । नव निर्मित सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह गर्दा भवन जस्तै सुन्दर सेवा प्रवाह गरी नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्दै गैर कानूनी…

थप

वीरगन्ज । पर्साको कालिकामाई गाँउपालिका कार्यालयमा करारका कर्मचारीहरू म्याद थप्ने सहमतिपछि पालिका कार्यालयमा भएको तालाबन्दी खोलिएको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय पर्सामा जनप्रतिनिधिहरू बिच भएको आन्तरिक सहमतिपछि तालाबन्दी खोलिएको हो । अगामी भदौ १९ गते पालिकाको गाउँसभा गर्ने र गाँउसभाबाटै निर्णय गरेर कर्मचारीहरुको म्याद थप्ने सहमति पश्चात तालाबन्दी खोलिएको वडा नम्बर ३ का अध्यक्ष संजय पटेलले बताए ।  पालिका अध्यक्षले मनोमानी तरिकाले केही कर्मचारी हटाएपछि कर्मचारीहरू बिगत १४ दिनदेखि ९ जना स्वास्थ्य सेवाका कर्मचारीहरु गाँउपालिका कार्यालय अगाडी शान्तिपुर्ण धर्ना दिदै आएका थिए ।  ९ वर्ष अगाडि तत्कालीन स्वास्थ्य निर्देशनालयले नियुक्त गरेको ६ जना र पालिकाले आफ्नो आवश्यकता अनुसार नियुक्त…

थप

काठमाडौं । तनहुँको आँखुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङदी नदीमा बस खसेको छ। ​​​​​​​यूपी ५३ एफटी ७६२३ नम्बरको मर्स्याङ्दीमा खसेको  जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी दीपककुमार रायले जानकारी दिए। उनका अनुसार बस ४०  भारतीय पर्यटक बोकेको बस पोखराबाट काठमाडौंतर्फ आइरहेको थियो । दुर्घटनास्थलमा प्रहरीको टोली पुगेर उद्धारको काम थालिसकेको उनले बताए। घटनाको थप विवरण आउन बाँकी छ।

थप

जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले प्रदेश प्रहरीसम्बन्धी कानुन निर्माणको प्रक्रिया अघि बढिसकेको बताएका छन् । बिहीबार बिहान जनकपुरधाम विमानस्थलमा आइपुगेका मन्त्री लेखकले मधेशबाटै जोडतोडका साथ आवाज उठेको प्रदेश प्रहरी सम्बन्धी कानुन बनाउने प्रक्रिया अघि बढेको बताएका हुन् । जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री लेखकले अर्थतन्त्रलाई क्रियाशिल बनाउने, आर्थिक गतिविधिलाई गतिशिल बनाउने र संघीय लोकतान्त्रिक व्यवस्थालाई सुदृढ हुनेगरी काम गर्ने प्राथमिकता सरकारको रहेको बताए । नयाँ समिकरणको सरकारले दिगो शान्ति, सुशासन र विकासको लक्ष्यमा पुग्ने विषयमा केन्द्रीत भएर काम गरिरहेको जिकिर गरे ।

थप

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरीको इतिहास, परम्परा, साहित्य, कला र संस्कृतिको प्रवर्द्धन, संरक्षण र जगेर्ना गर्ने कार्यमा नेपाल प्रहरीका बहालवाला तथा अवकाश प्राप्त प्रहरी स्रष्टा एवम् कलाकारहरूले निर्वाह गरेको भूमिका ज्यादै प्रशंसनीय रहेको बताएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित प्रहरी सर्जक तथा कलाकार भेटघाट कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताएका हुन् । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले समाजमा अपराध नियन्त्रण, अनुसन्धान तथा शान्ति सुरक्षा कायम गर्ने कार्यको साथै साहित्य, कला, खेलकुद र सामाजिक सेवा जस्ता क्षेत्रमा विभिन्न भूमिकामा रहेर नेपाल प्रहरीले अतुलनीय योगदान गर्दै आइरहेको चर्चा गरे…

थप