काठमाडौं । नेपाल प्रहरीमा भर्खरै बढुवा भएका २५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । उनीहरुलाई प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले फुली लगाइदिएका हुन् ।
बढुवा समितिको सिफारिसअनुसार गृहमन्त्री रमेश लेखकले रमेश थापासहित २५ जनलाई एसएसपीमा बढुवा गर्ने निर्णय गरेका थिए । बढुवा हुनेहरुमा अजय केसी, अनुपम शम्शेर जबरा, बीरबहादुर बुढामगर, नवराज अधिकारी, कृष्णप्रसाद कोइराला, होबिन्द्र बोगटी, कृष्णप्रसाद पंगेनी, गोबिन्द अधिकारी, बिनोद सिलवाल र श्याम कुमार महतो रहेका छन् ।
यसैगरी बेद विष्ट, शिवकुमार श्रेष्ठ, प्रकाश मल्ल, शान्तिराज कोइराला, जनार्दन जीसी, रञ्जु सिग्देल, सन्तोष खड्का, सन्तोष कुमार भट्टराई, राजेन्द्रप्रसाद धमला, सन्तोषसिंह राठौर, सञ्जय सिंह थापा, बिमलराज कँडेल, महेन्द्र खड्का र प्रभु प्रसाद ढकाल रहेका छन् ।
सुशोभन समारोहमा प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका वरिष्ठ प्रहरी अधिकृतहरूलाई बधाई ज्ञापन गर्दै पदोन्नतिसँगै प्रहरी अधिकृतहरूले दत्तचित्त भएर सेवाभावका साथ प्राप्त जिम्मेवारी पूरा गरी संगठनप्रतिको श्री वृद्धिमा लाग्नुपर्ने बताए ।
आईजीपी कुँवरले संगठनमा अनुशासनको धेरै महत्व हुने चर्चा गर्दै यसप्रति सबै सचेत हुनुपर्ने बताए ।