काठमाडौं । गृहमन्त्री रमेश लेखकले सशस्त्रका जवान र हवल्दारहरुलाई १६ वर्षमा अवकाशमा जान पाउने गरी कानुन निर्माण गर्न लागिएको बताए । उनले भने, ‘जवान र अधिकृतहरूको आवाज समेटेर विधेयक निर्माण गरेका छौँ ।’
हलचोकस्थित सशस्त्र प्रहरीको मुख्यालयमा आयोजित २४ औँ स्थापना दिवस समारोहमा बोल्दै गृहमन्त्री लेखकले जवान र अधिकृतहरूको आवाज समेटेर कानुन निर्माण गर्न लागिएको बताएका हुन् ।
मन्त्रिपरिषद्बाट स्वीकृत विधेयकमा जवान र हवल्दारहरुलाई १६ वर्षमा अवकाश दिने व्यवस्था राखिएको लेखकले बताए । उनले भने, ‘१६ वर्षमा अवकाशमा जान पाउने व्यवस्था राखेका छौँ ।’
कार्यक्रममा उक्त ऐन छिट्टै संसद्मा दर्ता गरेर पारित गरिने लेखकले बताए । उनले भने,‘केही दिनमै विधेयकको रूपमा संसद्मा दर्ता गर्दैछौँ ।’
Facebook Comments Box
