Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
धनगढी । कैलालीको धनगढीमा अज्ञात समूहले इन्धन बोक्ने ट्याङ्करका चालक र सहचालकहरुमाथि धारिलो हतियार प्रहार गरी घाइते बनाएको छ । आक्रमणबाट ना ६ ख ९४०६ नम्बरको ट्याङ्कर चालक डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ का २४ वर्षीय हरेन्द्र देउवा र सहचालक कैलालीको गोदावरी नगरपालिका–४ बस्ने २२ वर्षीय अनिल देउवा घाइते भएका छन् । उनीहरुको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । गएराति ११ः२० बजेको समयमा धनगढी उपमहानगरपालिका–२ रोडहाउस क्याफे नजिक ट्याङ्कर पार्किङ स्थलमा से ६ प ९३९७ नम्बरको बुलेट मोटरसाइकल र अल्फाबेट नखुलेको ३०३० नम्बरको मोटरसाइकलमा आएका व्यक्तिहरुले चक्कु प्रहार गरेका थिए । आक्रमणपछि मोटरसाइकलमा आएकाहरु भागेको र उनीहरुको खोजी भइरहेको प्रहरीले…
झापा । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) चन्द्रकुवेर खापुङले कोशीमा लागूपदार्थ दुर्व्यसनको समस्या भयावह अवस्थामा रहेको बताएका छन् । झापाको शिवसताक्षी नगरपालिका-१ शुक्रबारेमा शनिबार आयोजित दुर्व्यसनीविरुद्धको एक सचेतना अभिवृद्धि कार्यक्रममा बोल्दै खापुङले यस्तो बताएका हुन् । उनले झापा, मोरङ, सुनसरी, इलाम लगायतका सीमावर्ती जिल्लाहरुमा लागूपदार्थको समस्या भयावह बन्दै गएको बताए । उनले ती जिल्लाहरुमा प्रत्येक दिन दर्जनौँ लागूपदार्थ सेवनकर्ता र कारोबारीहरु पक्राउ गरिएपनि समस्या झन् बिकराल बनेको भन्दै चिन्ता व्यक्त गरे ।
काठमाडौं । उपत्यकाभित्रको जघन्य किसिमको अपराध अनुसन्धान गर्ने निकाय हो, उपत्यका अपराध अनुसन्धान कार्यालय । विगत ५ महिनादेखि कार्यालयको नेतृत्वमा छन् प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराई । पछिल्लो समय काबिल एसएसपीहरु पाएको कार्यालयले नागरिकको मनमात्रै जितेको छैन, उपत्यकामा अपराधीहरु शीर उठाउन नसक्ने अवस्थामा पुगे । हालका एसएसपी भट्टराईले समेत कार्यालयलाई चलायमान बनाएका छन् । यसअघिका हाकिमहरुको शाख जोगाउनकै लागि भने पनि उनले उपत्यकामा हुने जघन्य अपराध घटनाहरुमा तत्काल रेस्पोन्स गर्नको लागि आफ्नो टोलीहरुलाई स्ट्यान्डबाई राखेका छन् । त्यसैले बुझ्न सहजै बुझ्न सकिन्छ कि, एसएसपी भट्टराईले कार्यालयको शाख बचाउने हिसाबले काम गरिरहेका छन् । उनको कमान्डमा रहेको कार्यालयले विभिन्न प्रकरणका…
काठमाडौं । नेपाल प्रहरीका नायब महानिरीक्षक (डिआईजी) दानबहादुर कार्कीको शब्द रचनामा नयाँ गीत ‘हर गाउँ हर नगरी, फूलको बास्ना सरी’ सार्वजनिक भएको छ । चर्चित संगीतकार दीपक शर्माले संगीत भरेको गीतमा गायक राजेश पायल राई गायिका मेलना राई, बेनिसा पौडेल र गायक समिर खरेलको स्वर रहेको छ । गीतको भिडिओमा कलाकारहरु रमेश उप्रेती, प्रियकां कार्की, प्रकाश सपुत र बेनिसा हमालको अभिनय रहेको छ । गीतको भिडिओ निर्देशन गम्भीर बिष्टले गरेका हुन् भने कन्सेप्ट सरोज ओलीको रहेको छ । हेर्नुहोस् भिडिओ https://www.youtube.com/watch?v=W7cEAvycjjs
बहुआयमिक चुनौतिलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समन्वय र सहकार्य आवश्यक: गृहमन्त्री रमेश लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय संगठित अपराध, साइबर अपराध, आतंकवाद लगायतका बहुआयमिक चुनौतिलाई सम्बोधन गर्न कानून कार्यान्वयन गर्ने निकायहरूबीच अन्तर्राष्ट्रिय सहयोग र समन्वय आवश्यक रहेको बताएका छन् । इन्टरपोल स्थापनाको शताव्दी दिवसको अवसरमा सेप्टेम्बर ७ लाई अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवस मनाउने घोषणा गरिए अनुरूप नेपाल प्रहरी प्रधान कार्यालयमा शनिबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले उक्त कुरा बताएका हुन् । सो अवसरमा गृहमन्त्री लेखकले समारोहलाई दिप प्रज्वलन गरी विधिवत रूपमा उद्घाटन गरी नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागद्वारा प्रकाशित ‘ऋक्ष्म् ःबनबशष्लभ’ को विमोचन गरे । सो अवसरमा उनले नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दान…
काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले ठूला भ्रष्टाचारका घटनामा शीर्ष नेताहरुबीच सहमति हुने गरेको बताएका छन् । अर्थशास्त्री हरि रोकाले लेखेको पुस्तक ‘वैकल्पिक अर्थतन्त्र’ विमोचन र विमर्श कार्यक्रममा बोल्दै महासचिव भूसालले यस्तो बताएका हुन् । महासचिव भूसालले ४० करोड रुपैयाँ भन्दा माथिका भ्रष्टाचारका घटनामा ठूला दलहरुबीच सहमति हुने गरेको दाबी गरे । महासचिव भूसालले भने, ‘४०/५० करोडभन्दा ठूला कुनैपनि भ्रष्टाचारका मुद्दाहरुमा राष्ट्रिय सहमति हुन्छ । त्यहाँ कांग्रेस पनि हुन्छ । माओवादी पनि हुन्छ । एमाले पनि हुन्छ । मेरै पार्टी पनि होला । त्यो नभइकन अगाडि बढ्दै बढ्दैन । ठूलाहरुका बीचमा राष्ट्रिय सहमति गरेर तिनले पार्टी पनि सक्छन्…
नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा बसको ठक्करबाट नाती–बजुको मृत्यु भएको छ । बर्दघाट सुस्तापूर्वको गैँडाकोट नगरपालिका–१० भैसाखोरीमा शुक्रबार राती ना ७ ख २५२५ नम्बरको बसले गैडाकोट– ११ का सात वर्षीय बालक विशाल श्रेष्ठ र बालककी मामाघरकी हजुरआमा ५५ वर्षीया श्रीमाया मानन्धरलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट विशालको घटनास्थलमै मृत्यु भएको थियो । बालककी हजुरआमा स्याङ्जाकी ५५ वर्षीय श्रीमाया गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुरमा भर्ना गरिएको थियो । उपचारका क्रममा राति श्रीमायाँको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का डीएसपी वेदबहादुर पौडेलले बताए ।
वीरगञ्ज । वीरगंज महानगरपालिका नगर प्रमुख राजेशमान सिंहले शिक्षाको माफिया तन्त्रको अन्त्य गरेरै छाडने दावी गरेका छन् । रेडियो बीरगंज तथा टिभी बीरगंजद्वारा आयोजित जनता जानेके चाहता कार्यक्रममा नगर प्रमुख सिंहले विशेष कुराकानी गर्दै बीरगंजको शिक्षामा माफियातन्त्र हावी हुन खोजेको हुँदा बाहिरबाट आएर वीरगंजको शैक्षिक अवस्थालाई विगार्ने गिरोहलाई नछाडिने चेतावनी दिए । आफू कानुन विपरित काम नगर्ने र कानुन हातमा लिनेलाई कुनै हालतमा नछाडने प्रतिबद्ध व्यक्त गर्दै जनताको राजस्वबाट तलब खाने शिक्षकले पार्टीको राजनीति गरेर शैक्षिक क्षेत्रलाई धारासायी बनाउने अधिकार नभएको बताए । शैक्षिक क्षेत्रको सुधारको सुरुवात भएको बताउदै नगर प्रमुख सिंहले ४०/५० हजार तलब खाने शिक्षकले पढाउने विद्यार्थी फेल…
काठमाडौँ । सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईलाई पक्राउ गरिदिन नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (ईन्टरपोल)लाई फेरि पत्राचार गरेको छ । काठमाडौँस्थित नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी)मार्फत इन्टरपोल महासचिवालयमा दोस्रो पटक पत्राचार गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले बताए । जीबी मलेसियामा लोकेट भएपछि उनीविरुद्ध २०८० माघ १३ मा जारी गरिएको डिफ्युजन नोटिस ‘रेड नोटिस’मा परिवर्तन गरिएको छ । तर, रेड नोटिस जारी भएपनि मलेसियाले उनलाई पक्राउ गरेर पठाइदिन आनाकानी गरेपछि पुनः इन्टरपोलमा पत्राचार गरिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।नेपाल प्रहरीका एकजना उच्च अधिकृत भन्छन्,‘नेपाल र मलेसियाको बिचमा भएका सन्धि–सम्झौताहरुसहित आवश्यक कागजातसहित पुनः पत्राचार गरिएको छ ।’ रेड नोटिस…
काठमाडौं । उपत्यका प्रहरी कार्यालय रानीपोखरीकी प्रमुख छिन् प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्य । सुरक्षा संवेदनशील मानिने काठमाडौँ उपत्यकाको सुरक्षा जिम्मेवारी पहिलोपटक महिलाले सम्हाल्ने अवसर पाएको हो । २६ दिनअघि जिम्मेवारी सम्हालेसँगै किरण काठमाडौँ उपत्यका प्रहरी कार्यालयको पहिलो महिला प्रमुख बनेकी हुन् । यसअघि उनले एसपी हुँदा भक्तपुर र एसएसपी हुँदा ललितपुर प्रहरी प्रमुखको रूपमा काम गरिसकेकी छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालय सरुवा हुनुभन्दा ५ महिना पहिले उनले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) निर्देशकको रूपमा काम गरिसकेकी थिइन् । त्यसैले उनी जहाँकार्यरत रहँदा पनि आफ्नो काममा कहिँकतै चुकिनन् । २०७३ सालमा केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत रहँदा किरणले संगठित…