काठमाडौं । दोलखामा लागुऔषध नियन्त्रण र गुण्डागर्दी रोकथाममा महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रहरी निरीक्षक (इन्स्पेक्टर) सत्रुधन महतो सम्मानित भएका छन्।
मंगलबार दोलखा महोत्सवको उद्घाटन समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले इन्सपेक्टर महतोलाई सम्मानपत्र प्रदान गरेका हुन्।
महतो ६९औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयकाे आयोजित कार्यक्रममा ‘उत्कृष्ट प्रहरी कार्य विपद् व्यवस्थापन’ पुरस्कारबाट समेत सम्मानित भएका थिए । इन्स्पेक्टर महतोलाई प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रमाणपत्र दिँदै पुरस्कार प्रदान गरेका थिए ।
इन्स्पेक्टर महतो गत असोज ११ र १२ गते आएको अविरल वर्षाका कारण जिल्लामा आएको बाढी र पहिरोबाट भएको जनधनको क्षति न्यूनीकरण र उद्धारमा सुरक्षा निकाय अहोरात्र खटेका थिए ।
