काठमाडौं । प्रतिनिधि सभामा नेपाल प्रहरी सम्बन्धी विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । सोमबार बसेको सभाको बैठकले विधेयकमाथि बिचार गरियोस् भन्ने सर्वसम्मतिले स्वीकृत गरेको हो ।
यो सँगै यो विधेयकमाथि सांसदहरूले संशोधन राख्ने बाटो खुला भएको छ । अब सांसदहरूले यो विधेयकमाथि ७२ घण्टाभित्र संशोधन प्रस्ताव राख्न सक्नेछन् । सांसदहरूको संशोधन प्रस्तावसहित विधेयकमाथि दफावारे छलफल हुनेछ ।
विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत हुनु अगाडि सभामा विधेयकको सैद्धान्तिक पक्षमाथि छलफल भएको थियो । छलफलमा सांसदहरूले विधेयकमा संघीयताको कार्यान्वयनको अवस्थाको खोजी गरेका थिए ।
यो विधेयक गृहमन्त्री रमेश लेखकले गत माघ २७ गते प्रतिनिधि सभामा दर्ता गराएका थिए । सोमबार विधयकमाथि सैद्धान्तिक छलफल गरेर प्रतिनिधि सभाले अगाडि बढाएको हो ।
