Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गत बेस्ट बैंक नेपाल र बेस्ट बैंक ईएसजी (वातावरण, सामाजीक र सुशासन) नेपाल विधाबाट सम्मानित भएको छ । बिहीबार सिंगापुरमा आयोजित एक समारोहमा युरोमनी म्यागाजिनका प्रतिनिधिले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई उक्त अवार्ड हस्तान्तरण गरे । सन् १९९२ मा युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रको एक प्रतिष्ठित अवार्ड हो । ग्लोबल आइएमई बैंकले ग्राहकहरूलाई प्रदान गर्दै आएको सेवा, बैंकिङ क्षेत्रमा भित्र्याएको नयाँनयाँ प्रविधि, वातावरणीय, सामाजिक तथा सुशासनका क्षेत्रहरुमा बैंकले गरेको लगानी तथा बैंकको उच्चस्तरीय कार्यसम्पादनका लागि यो अवार्ड प्रदान गरिएको हो ।…
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वाधार विकासका लागि लगानीमैत्री वातावरण बन्दै गएको बताएका छन् । नेपाल उद्योग परिसंघले काठमाडौंमा आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन समापनमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले यसलाई अझै बढाएर लैजानुपर्ने बताए । नेपालमा ठूलो राजनीतिक परिवर्तन भए पनि त्यही अनुपातमा आर्थिक रुपान्तरणका कार्यक्रम अघि बढ्न नसकेको उल्लेख गर्दै उनले आफूहरुले पछिल्लो समय जतिसक्दो धेरै लगानीको वातावरण बनाउने प्रयास गरिरहेको बताए । ‘हामीले नेपालमा जुन प्रकारको राजनीतिक परिवर्तन गरेका छौं, त्यसको तुलनामा पूर्वाधार निर्माणलगायत आर्थिक रुपान्तरणका काम अघि बढ्न नसके पनि हामीले जतिसक्यो राम्रो गर्ने प्रयास गरि नै गरिहेका छौं,’…
काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई सीईओ नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन दिएकामध्ये सुशील ज्ञवाली, भीष्मराज ढुंगाना, रघुराज काफ्ले, विष्णुप्रसाद भट्टराई र रामदेव यादव सर्ट लिस्ट (संक्षिप्त सूची) मा परेका थिए । त्यसमध्येबाट ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस भएकोमा ज्ञवाली सीईओ नियुक्त भएका हुन् । २७ साउनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सीईओका लागि आवेदन माग गरेको थियो । यसअघिका सीईओ सुशील भट्टको कार्यकाल सकिएसँगै सरकारले आवेदन मागेको थियो । सरकारले यसपटक प्रमुख कार्यकारी सिफारिससम्बन्धी कार्यविधि २०८१…
काठमाडौ । बलात्कारको अभियोग लागेका प्रहरी निरीक्षक (इन्सपेक्टर) विदुर शिवाकोटी धरौटीमा छुटेका छन् । उच्च अदालत, पाटनले उनलाई बिहीबार तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । धरौटी बुझाएर उनी छुटेका छन् । यसअघि जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि कारागार चलान गरेको थियो । आफ्नै घरमा काम गर्न राखेकी बालिकाले इन्सपेक्टर शिवाकोटीमाथि बलात्कारको उजुरी दिएकी थिइन् । ती बालिकालाई काठमाडौं महानगरपालिकाको बाल कल्याण समितिले गत जेठमा उद्धार गरेको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका कार्यरत रहेका शिवाकोटीले भने अभियोग अस्वीकार गरेका थिए ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलम्पिक, २०२४ मा कास्य पदक विजेता पलेसा गोवद्र्धनसहित प्रशिक्षक र टिम व्यवस्थापकलाई आज पुरस्कृत गरेका छन् । मन्त्रिपरिषद्को यही भदौ २० गतेको निर्णयबमोजिम पलेसालाई रु ६५ लाख पुरस्कार राशीमा कर नकटाइ पुरस्कृत गरिएको हो । यस्तै सो खेलका प्रशिक्षक कविराज नेगी लामालाई रु पाँच लाख ८५ हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई रु दुई लाख ९२ हजार पुरस्कारसहित सम्मान गरिएको छ । युुवा तथा खेलकुुद मन्त्रालयद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले खेलमा विजय हासिल गरेपछि खेल क्षेत्रको उत्साह कायम राख्न छिटो छिटो पुरस्कार दिने र राशीमा कर नकटाउने नीति लिइएको…
काठमाडौं । बागलुङ गलकोट नगरपालिका-२ घुङखानीमा रा १ झ २०० नम्बरको सरकारी सवारीसाधन दुर्घटना भएको छ । दुर्घटनामा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी चौकी नरेठाँटी बागलुङका अनुसार बिहान पौने ९ बजे दुर्घटना भएको हो । पिकअप भ्यानमा सवार २ महिला र १ जना पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै दुर्घटनामा १ जना घाइते भएका छन् । घाइतेको धौलागिरि अस्पताल बागलुङमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको छ । पीकअप गाडी सडकदेखि करिब ३०० मिटर तल खसेको प्रहरीको अनुमान छ । प्रहरीले अहिलेसम्म मृतकको पहिचान नखुलेको जनाएको छ ।
काठमाडौं । नेपाल प्रहरी अन्तर्गतको भर्ना छनौट शाखाले जनपद प्रहरी समूहतर्फ रिक्त रहेका पदहरूमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्ने भएको छ । शुक्रवार एक सूचना जारी गर्दै शाखाले प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा ६४ जना र प्रहरी सहायक निरीक्षक (असई) पदमा २५६ जना नियुक्ति गर्नुपर्ने भएकोले दरखास्त आह्वान गरेको जनाएको छ । योग्यता पुगेका नेपाली नागरिकले नेपाल प्रहरीको वेबसाइटमा गई अनलाइनमार्फत नै दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ ।
काठमाडौं । झापाको शिवसताक्षीमा गएराति रक्सीले मातेका दाजुले आफनै भाइको हत्या गरेका छन् । शिवसताक्षी नगरपालिका– ८ शितल चोकका नारायण सिटौलाले भाइ ४२ वर्षीय रामप्रसाद सिटौलाको हत्या गरेका हुन् । नारायणलाई इलाका प्रहरी कार्यालय झिलझिलेले पक्राउ गरेको छ । रामप्रसादको शव गएराति करिब ९ बजे घरको पछाडिपट्टी उत्तानो परेको अवस्थामा फेला परेको थियो । उनको टाउकोमा चोट देखिएको र रगत लागेको अवस्थामा छेउमा दाउराको चिर्पट समेत फेला परेको इन्स्पेक्टर सुशिल थापामगरले बताए । सोही चिर्पटले हानेर रामप्रसादको हत्या गरिएको हुनसक्ने प्रहरीको आशंका छ । प्रहरीका अनुसार घटनास्थल वरिपरी दाउरा छरिएको र रगत लतपतिएको थियो । उनलाई सुतेकै ठाउँमा दाउराले हानेको हुनसक्ने…
काठमाडौं । श्रीमान् गुमाएको तीन महिना नपुग्दै २१ वर्षीया छोरी पनि गुमाउनुपर्दा डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३ की ५५ वर्षीया लक्ष्मीदेवी देउवालाई बज्रपात परेको छ । ब्लड प्रेसरका बिरामी उनका पति वितेको २६ भदौमा ३ महिना पुगेको थियो । सोही दिन (२६ भदौ) मा कान्छी छोरी २१ वर्षीया विमलाले पनि आत्महत्या गरेपछि लक्ष्मीले संसार उजाडिएको महसुस गरिरहेकी छिन् । स्थानीयका अनुसार डडेल्धुरा सदरमुकामस्थित डडेलधुरास्थित महेन्द्र नमुना माध्यमिक विद्यालयबाट कक्षा १२ को परीक्षा दिएकी उनी रिजल्ट बिग्रिएको तनावमा थिइन् । सदरमुकामबाट फर्किएपछि केही दिनअघि आमासँग ‘मरिदिन्छु नी’ समेत भनेको खुलेको छ । परिवारको कुरा सुुन्दा रिजल्ट बिग्रिएकै कारण उनले मृत्युको बाटो रोजेको जस्तो…
बारा । विभिन्न समय र स्थानबाट बरामद गरिएका ३१ लख भन्दा बढिका भन्सार छलीका समानसहितको ट्रक बारा प्रहरीले आन्तरिक राजश्व कार्यालय पथलैयामा बुझाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार भन्सार छलीका र बिल बिजकभन्दा बढि सामानको स्रोत खुलाउन नसकेका ३१ लाख ५१ हजार ४ सय ६९ रूपैंया बराबरको विभिन्न समानहरू बुझाइएको हो । बुधबार दिनभरिमा विभिन्न स्थानबाट नियन्त्रणमा लिइएका समानहरु आवश्यक कारवाहीका लागि बुझाइएको बारा प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । भन्सार छली ल्याउँदै गरेको १८ पोका रेडिमेट कपडा, सेण्डो गन्जी ४० पिस, हाप कड्डु १८ पिस, सुतिको गम्छा २६ पिस गरीरू. १८ हजार बराबरको…