काठमाडौं । इलाका प्रहरी कार्यालय भोजपुर बोयाङ दरबन्दी भएका प्रहरी हवल्दार बच्चा यादवले बारामा आर्थिक ताण्डव मच्चाएका छन्।
दरबन्दी भएको ठाउँमा फिर्ता नगई अहिले इलाका प्रहरी कार्यालय कोल्हबीमा कार्यरत रही प्रहरी हवल्दार यादवले आर्थिक आंतक मच्चाएपछि अहिले सो क्षेत्रमा सर्वसाधारणहरु आतंकीत भएको समाचार प्राप्त भएको छ ।
इलाका प्रहरी कार्यालय कोल्हबीबाट सादा पोशाकमा सूचना संकलनको लागि खटाइएका यादव मातहतभित्र रहेका किराना पसल, मदिरा पसलहरुमा पुगी मासिक रकम उठाउने गरेको पिडितहरुको गुनासो छ ।
प्रहरी हवल्दार यादवले सूचना संकलनको बहानामा आर्थिक संकलनमा व्यस्त रहने गरेको प्रहरी स्रोतले दाबी गरेको छ । उनले प्रसौना, कोल्हवी, सपही, जुगवालगायतका ठाउँमा संचालित अवैध रक्सी भट्टीहरुसँग महिनावारी रकम लिने गरेका छन्।
प्रहरी हवल्दार यादवले भारतको घोडासाहनबाट कोल्हवी र निजगढमा अवैध रुपमा सामान ल्याउने तस्करहरुसँग लाखौं रुपैयाँ असुल्ने गरेको एक व्यापारीले बताए ।
त्यसैगरि इलाका प्रहरी कार्यालय कोल्हवीको मातहत रहेको प्रहरी चौकी मुसहर्ना, प्रहरी चौकी बारागढी, इ.प्र.का सिहोर्वा, प्रहरी चौकी मधुवन र
प्रहरी चौकी झुरझुरेबाट कोल्हवीका प्रमुख एवम प्रहरी निरीक्षक किसन बस्नेतदेखि जिल्लाका एसपी र डिआईजी समेतको नाममा उनले पैसा उठाउने गरेको बताइन्छ ।
यसरी प्रहरी चौकीदेखि व्यापारीसम्म लाखौं रुपैया असुल्ने गरेको यादवलाई जिल्लाका एसपी सन्तोष तामाङको समेत सरक्षण रहेको छ ।
विगत एक वर्षदेखि इलाका प्रहरी कार्यालय कोल्हबीमा कार्यरत रहेका हवल्दार यादवले सादा पोशाकमा खटि सिमानाकामा हुने विभिन्न किसिमको अवैध सामान ओसारपोसार गर्न व्यापारी तथा मदिरा भठ्ठीहरुबाट लाखौं रुपैयाँ इन्स्पेक्टरदेखि एसपीसम्मको रकम असुल्दै आएको प्रहरी प्रधान कार्यालय काठमाडौमा उजुरी पटकपटक आवश्यक कारबाहीको लागि दिएपनि केही कारबाही नभएको स्थानियहरुको गुनासो छ।
प्रहरी हवल्दार यादवको दरबन्दी इलाका प्रहरी कार्यालय बोयाङ भोजपुर भएपनि उनी लामो समयदेखि बारामा इलाका प्रहरी कार्यालय कोल्हवीका प्रमुख बस्नेतको आर्शिवादले बस्दै आएका छन्।
पटकपटक प्रहरी प्रधान कार्यालयबाट दरबन्दी भएको ठाँउमा फिर्ता जान निर्देशन आईजीपी बसन्त कुवरले दिदै आएपनि निर्देशन विपरीत उनी बारा जिल्लामा बस्दै आएका छन्। यस्ता गतिविधितर्फ सम्बन्धि निकायको ध्यान जान यति आवशयक देखिएको छ।
