Author: Scoop Khabar

पोखरा । सहकारी ठगी प्रकरणमा प्रक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाइएका छन् । जिल्ला अदालतका न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले मंगलबार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । भारतको दिल्लीमा पक्राउ गरी आइतबार बागलुङ ल्याइएका नेपालीको सोमबार बयान सकेर मङ्गलबार भएको थुनछेक बहसपछि पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो । त्यस्तै, इमेज सहकारी ठगी प्रकरणमै पक्राउ परेका देवकुमारका दाइ ओमबहादुर दर्जीलाई डेढ लाख रुपैयाँ धरौटीमा छाडिएको छ ।

थप

काठमाडौं । क्रोएसिया जाने तयारीमा रहेका १५ बंगलादेशी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई ठमेल र सोह्रखुट्टेबाट पक्राउ गरेको हो ।  पक्राउ परेकाहरुलाई अध्यागमन विभागले सोधपुछ गरी उनीहरु बसेकै होटल सञ्चालकको जिम्मामा छोडेको छ । यो सँगै बंगलादेशी नागरिक नेपाल आउने र एजेन्टमार्फत भारतबाट भिसा प्रक्रिया पूरा गरेर पुनः नेपालको अन्तर्राष्ट्रिय विमानस्थलबाट क्रोएसिया जाने गरेको तथ्य खुलेको छ । प्रहरीले उनीहरुलाई ओभरस्टे र अन्य गैरकानुनी गतिविधिको आरोपमा पक्राउ गरी अध्यागमन विभागको जिम्मा लगाएको थियो । विभागले सोधपुछ गर्दा उनीहरुले नेपालको बाटो भएर यूएई हुँदै क्रोएसिया जान आएको बयान दिएका हुन् । सोमबार पक्राउ परेका बंगलादेशीमा ४० वर्षीय मोख लेस, २०…

थप

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी पहिरो र डुबानजस्तो विपत्तिमा सरकार जनताको साथमा रहेको बताएका छन् । भारी वर्षासँगै आएको बाढीपहिरो र डुबानले गरेको क्षतिबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले यति भयावह बाढी पहिरो आउला भन्ने पूर्वामानुमान नभएको बताए ।प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो तयारी यस प्रकारको परिस्थितिका लागि थिएन । यस प्रकारको वर्षा होला, यस प्रकारको पहिरो जाला, मानवीय तथा भौतिक क्षति होला भन्ने अनुमान थिएन । पहिला यस प्रकारभन्दा कमै हुने गर्थै, त्यसैअनुसार पूर्व तयारी थियो । ठूलै विपत्ति आइलाग्यो ।’ विपद आइसकेपछि सरकारले राहत तथा उद्दारमा सक्दो…

थप

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा आठ टोली बनाएर बाढीले क्षतिग्रस्त बनाएको ८ जिल्लामा पठाएको जानकारी गराएका छन् । कांग्रेस संसदीय दलको बैठकमा बाढी, पहिलोले पुर्‍याएको क्षति र सरकारको कार्यबारे जानकारी गराउने क्रममा लेखकले ७ सयभन्दा बढी मानिसको हेलिकप्टरबाट उद्धार गरिएको बताए । पिडितका लागि तत्काल अस्थायी आवास र केही समयपछि स्थायी आवास बनाउने व्यवस्था सरकारले गर्ने जानकारी लेखकले गराए । क्षतिग्रस्त संरचनाको मर्मत गरि संचालनका लागि काम अगाडि बढेका तथा राहत र घाइतेको उपचारबारे कांग्रेस सांसदलाई जानकारी गराएका थिए । गृहमन्त्री लेखकले सरकारको आलोचना भएको नख्खुको घटना बारे पनि जानकारी गराएका थिए । ‘सशस्त्र प्रहरीको बोट…

थप

काठमाडौं । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ। महानगरपालिका-३२ जडिबुटीस्थित निरज दरबार होटलबाट जुवातास खेलिरहेको अवस्थामा होटेलका संचालक दोलखा जिरी नगरपालिका-५ घर भई हाल काठमाडौं काँडाघारी बस्ने ४९ वर्षीय अमृत बहादुर कार्की समेत ७ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १९ हजार ४ सय ६५ रूपैयाँ सहित पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

थप

काठमाडौं । पाँचतारे होटेल एभरेष्ट र बसेरालाई सरकारले तीन-तीन लाख रुपैयाँ जरिवाना तिराएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलका अनुसार नयाँ बानेश्वरस्थित एभरेष्ट होटेलको अनुगमनका क्रममा किचनमा मिति गुज्रेका सामान फेला परेको छ । बबरमहलस्थित बसेरा होटेलको अनुगमन गर्दा अधिकतम् खुद्रामूल्य (एमआरपी) भन्दा बढी मूल्यमा पानी बिक्री गरिरहेको फेला परेको हो । दुबै होटेलले उपभोक्ता हित विपरीत व्यवसाय गरिरहेको भेटिएपछि नगद जरिवाना तिराइएको विभागको भनाइ छ । विभागले चाडबाड नजिकिएसँगै अनुगमन बढाएको छ । सोमबार मात्र कुल ३९ फर्ममा अनुगमन भएको विभागले जनाएको छ । केही दिनअगाडि होटेल संघ नेपाल (हान)ले विभागबाट होटेलमा अनुगमन नहुने…

थप

काठमाडौं । सत्तारढ नेकपा एमालेले राहत तथा उद्धार कोषमा ५० लाख उपलब्ध गराउने भएको छ । मंगलबार बसेको एमाले सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेश सभा सदस्यहरुलाई समेत राहत कोषमा सहयोग गर्न अनुरोध गर्ने निर्णय गरेको छ । बैठकले पार्टीको नियमित काम रोकेर राहत र उद्धारमा परिचालित हुनसमेत पार्टी पङ्तिलाई निर्देश गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । बैठकले बाढी तथा पहिरोमा परेर मृत्यु भएकाहरुको परिवार र घाइतेहरुको अभिभावकका रुपमा राज्य प्रस्स्तुत हुनुपर्नेमा जोड दिएको छ । साथै लाइफ लाइनका रुपमा रहेका सडकहरु सञ्चालन गर्न पहिलो प्राथमिकता दिन सुझाएको महासचिव पोखरेलले जानकारी दिए । क्षतिको यकिन विवरण संकलन गर्न र धान…

थप

कास्की । कास्कीबाट पाँच किलो भन्दाबढी अवैध चाँदीका गरगहनासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पोखरा महानगरपालिका-३२ मजुवामा सवारी चेकजाँचको क्रममा ५ किलो ६९० ग्राम गरगहनासहित ३५ वर्षीय भूषण प्रसादलाई प्रहरीले पक्राउ गरेको हो । भारतको पूर्वी चम्पारण सुगौली थाना-१० घर भएका उनी हाल पोखरा महानगरपालिका-९ नयाँबजार बस्दै आएका छन् । झोलामा लुकाएको अवस्थामा गहना बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनलाई थप अनुसन्धान र कारबाहीका लागि आन्तरिक राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाइएको छ ।

थप

काठमाडौं । भरतपुर महानगरपालिका–१० स्थित कलेज अफ मेडिकल साइन्स र प्रभु बैंकबीच विशष छुट सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ । असोज १३ गतेका दिन प्रभु बैँकका तर्फबाट चितवन प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ तथा कलेजका तर्फबाट अतिक्ति निर्देशक डा.मनोहर प्रधानले समझौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार कलेज अफ मेडिकल साइन्ससँग प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले सेवा तथा सुबिधा लिए बापत बिशेष छुट पाउने भएका छन् । ग्राहक तथा कर्मचारीले कलेज अफ मेडिकल साइन्समा उपचार गर्दा औषधि,सिटिस्क्यान र एमआरआई बाहेक सम्पूर्ण सेवाका साथै एक्सरे र यूएसजिमा समेतमा २० प्रतिशत सम्म को छुट पाउने छन् । यो सुबिधा तथा सेवा प्राप्त गर्नको निमित्त…

थप

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । बैंकले प्रस्ताव गरेको ७ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा भएको समायोजनपश्चात बैंकको सेयरमूल्य प्रतिकित्ता ४३२.३४ रुपैयाँ कायम भएको छ । समायोजन अघि बैंकको अन्तिम सेयरमूल्य प्रतिकित्ता ४६२.६० रुपैयाँ कायम थियो । आजदेखि यही मूल्यका आधारमा दोस्रो बजारमा बैंकको सेयर कारोबारमा आउनेछ । बैंकले गत आव २०८०/८१ का लागि प्रस्ताव गरेको ७ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १२ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश बैंकको आगामी असोज ३० गते आयोजना हुने बैंकको १८ औं वार्षिक…

थप