काठमाडौं । प्रहरीले काठमाडौंको तीनकुनेमा भएको चैत १५ गते राजावादीको आन्दोलनको क्रममा हिंसात्मक प्रदर्शन गर्ने ४१ जनालाई पक्राउ गरेको छ ।
सञ्चारकर्मी रिपोर्टिङ गरिरहेको घरमा जानीजानी आगजनी गरेको, लुटपाट र ज्यान मार्ने उद्योगजस्ता आरोपमा प्रहरीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको थियो ।
आइतबार जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप अनुमति लिएर प्रहरीले पक्राउ परेकाहरूमाथि अनुसन्धान थालेको छ । उनीहरुविरुद्ध संगठित अपराध, आगजनी, लुटपाट र ज्यान मार्ने उद्योगजस्ता अभियोगमा छानबिन भइरहेको छ ।



Facebook Comments Box
