काठमाडौं । राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका जनकमान्डर दुर्गा प्रसाईंले आफू नेपालमै रहेको दाबी गरेका छन् ।
सोमबार साँझ सामाजिक सञ्जालमार्फत उनले आफूले नेपालमै लुक्ने ठाउँ भेटेको बताएका हुन् । उनले नेपालमै लुकेर भावी रणनीति तयार गरिरहेको बताए ।
प्रसाईंले आफूलाई ‘सिंह’ को संज्ञा दिँदै आगामी कदमको तयारीमा जुटेको उल्लेख गरे ।
उनले लेखेका छन्, ‘शिकार गर्नु भन्दा पहिला सिंह पनि एक कदम पछि हटछ,अनि पुनःआक्रमण गर्छ ! दुर्गा प्रसाई सिंह नै हो, अब छिट्टै तिमीहरुको मलामी लिएर आउदैछ, भ्रष्टाचारि हो । मैले त लुक्ने ठाउँ भेटेको छु नेपाल मै छु,भाबी रणनीति तयार गर्दैछु,तर तिमीहरू ले त्यो पनि पाउदैनौ, बुझिराख ! जय रास्ट्रवाद !’
गत शुक्रबार तीनकुनेमा भएको हिसांत्मक प्रदर्शनको नेतृत्व गरेका प्रसाईलाई पक्राउ गर्न प्रहरीले खोजी गरिरहेको छ । शुक्रबार तीनकुनेमा भएको राजावादी प्रदर्शन हिंसात्मक बनेपछि प्रसाईं भारत पुगेको हल्ला छ ।
