वीरगन्ज । सशस्त्र प्रहरी बल नेपाल पर्साले भन्सार छलि गरि अवैधरुपले भारत तर्फ लजादै गरेको ठुलो मात्रामा मकै बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौका प्रमुख एवम सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण सिंह पुजाराको कमाण्डमा खटिएको टोलीले मकै बरामद गरेको हो ।
पर्सा बिन्दाबासिनी गापा-४ सतुमाई मन्दिर नजिकबाट बेवारिसे अवस्थामा २७० बोरा मकै बरामद भएको हो । बरामद मकै ६७५०केजी करिब नेपाली मूल्य ६ लाख ७५ हजार रुपैयाँ बराबरको गरेको डिएसपी पुजाराले बताए ।
Facebook Comments Box
