Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । बिपद् उद्दार र राहत बितरण कार्यमा खटिएका सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) दिल बहादुर बडुवालको निधन भएको छ । असोज २८ गते बिहान नेपाल एपीएफ अस्पताल बलम्बुमा उनको निधन भएको हो । बिपद् ब्यबस्थापनका लागि सशस्त्र प्रहरी बलले गत असार २ गते काभ्रे जिल्लाको पनौती नगरपालिका -५ आइटी पार्कमा मनसुनजन्य बिपद् ब्यबस्थापन बेश स्थापना गरेको थियो । सोही बेशमा साउन ३ गतेदेखि कमान्डर रहेका बडुवाल हाल सम्म त्यहिं कार्यरत थिए । पछिल्लो समय असोज ११ गते देखिको अबिरल बर्षाका कारण काभ्रेको विभिन्न ठाउंमा भएको धनजनको क्षतिमा उद्दारका लागि उनको कमान्डमा सशस्त्र प्रहरी बल निरन्तर खटिएको थियो । सो बेशबाट…
दाङ । घोराहीमा ५० किलो १५२ ग्राम लागू पदार्थसहित तीन जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका–१८ मसिनाबाट मंगलबार दिउँसो ३८ किलो ९७२ ग्राम चरेस र ११ किलो १८० ग्राम अफिम जस्तो देखिने लागू पदार्थसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सिनाले बताए । पक्राउ पर्नेमा पुथा उत्तरगंगा गाउँपालिका–४, रुकुम पूर्वका ३७ वर्षीय सुबिन्द्र पुन, ५१ वर्षीय चेतन बुढा र भूमे गाउँपालिका, रुकुम पूर्व घर भई हाल घोराही–१८, मसिना बस्ने ४२ वर्षीया बिनी पुन रहेको उनले जानकारी दिए । सुबिन्द्र र चेतन लागूऔषध अफिम बोकी हिँडिरहेका छन् भन्ने गोप्य सूचनाका आधारमा डीएसपी ईश्वर थापाको नेतृत्वमा खटिएको १० जनाको…
विराटनगर । मोरङमा सडक दुर्घटना हुँदा नेपाल प्रहरीका एक जवानको मृत्यु भएको छ । जिल्लाको बेलबारी नगरपालिका–८ चिसाङ पुलनजिक आइतबार साँझ कार र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा प्रहरी जवान ३२ वर्षीय चित्रसागर राईको मृत्यु भएको हो । मोरङ प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४४ प ४९९६ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ०७३४ नम्बरको कार ठोक्किएर साँझ ६ः४० बजेतिर दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक प्रहरी जवान राईको मृत्यु भएको प्रहरीले जनाएको छ । संखुवासभाको सिलिचुङ गाउँपालिका–२ घर भएका राई सुनसरीको अस्थायी प्रहरी चौकी नडाहामा कार्यरत थिए । दुर्घटनामा परेर गम्भीर घाइते…
काठमाडौं । नेपाल प्रहरीकी एक जना प्राविधिक अधिकृत सम्पर्कविहीन भएकी छन् । प्रहरी अस्पतालको रेडियोलोजी शाखा महाराजगञ्ज दरबन्दी भई सोही अस्पतालको छाला रोग विभागको ओपिडीमा कार्यरत डा. शिवानिस सिंह कार्यालयमा वैशाखदेखि अनुपस्थित भएकी हुन् । चार दिनका लागि भैपरी आउने बिदा लिएकी सिंहले थि १४ दिन घर बिदा लिएकी थिइन् । त्यसपछि दगातार दुई महिना घर बिदा लिएर बिदा भुक्तान गरेपछि उनी अहिलेसम्म हाजिर नभएको गृहमन्त्रालयले जनाएको छ। वैशाखदेखि बिदा बसेकी उनी सूचना जारी गर्दा पनि सम्पर्कमा नआएपछि गृहमन्त्रालयले स्पष्टीकरणसहित उपस्थित हुन पुन सूचना जारी गरेको छ । यसपटक पनि उपस्थित नभए प्रहरी नियमावली अनुसार भविष्यमा सरकारी सेवाको लागि अयोग्य…
काठमाडौँ । केही दिनअघि परेको अविरल वर्षासँगैको बाढीपहिरोमा परेकाहरूको उद्धार गर्ने कर्तव्य पालनाको सिलसिलामा नेपाली सेनाका एक अधिकृतसहित तीन जनाको निधन भएको छ । प्रमुख सेनानी मिलन केसीको सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–४ मा पहिरोले पुरिएकाको उद्धारका क्रममा केही दिनअघि निधन भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । यसैगरी अमलदार नरेन्द्रबहादुर पाल र प्युठ शङ्कर चन्दको दोलखा बिगु गाउँपालिका–१ लामा बगरस्थित माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सुरक्षार्थ तैनाथ रहेको अवस्थामा ज्यान गएको जनाइएको छ । वतन नखुलेका एक जना भूपू हवल्दारको समेत बाढीपहिरोमा परी निधन भएको जानकारी दिइएको छ । बाढीपहिरोबाट सेनाका केही व्यारेकमा क्षति भएको जनाइएको छ । बाढीपहिरोका घटनालगत्तै…
काठमाडौं । नेपालीहरुको महान पर्व बडा दशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ । बडादशैंको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । घटस्थापनाको साइत बिहान ९ बजेर १६ मिनेटमा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई जौ छरेर विधिपूर्वक जमरा राखिन्छ । जौको अंकुर दुर्गा देवीको प्रिय वस्तु भएकाले दुर्गालाई चढाएर विजया दशमीको दिन टीका…
काठमाडौं । मोरङको पथरीशनिश्चरे-७ मायालु चोकमा ६० वर्षीय चन्द्रबहादुर तामाङको हत्या भएको घट्नामा संलग्न भएको आरोपमा सोही वडाकी एक महिला ३० वर्षीया सुष्मा राईलाई प्रहरीले पक्राउ गरेको छ । ससुराको हत्या गर्ने ज्वाइँलाई भाग्न मद्दत गरेको आरोपमा सुष्मालाई प्रहरीले पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहनविक्रम दाहालले बताए । तामाङको शव उनकै घरको प्यासेजमा रगतमा डुबिरहेको अवस्थामा गत असोज ५ गते बिहान फेला परेको थियो । डिएसपी दाहालका अनुसार टाउको र चिउँडो लगायत शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको पाइएको थियो । उनले भने, ‘चन्द्रबहादुरको हत्या आफ्नै ज्वाइँ २७ वर्षीय रविन राईले गरेका हुन ।’…
काठमाडौं । नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी२० आई अलराउण्डरको वरीयतातर्फ दोस्रो स्थानमा उक्लिएका छन् । नेपालको क्रिकेट इतिहासमा कुनै पनि वरीयता शीर्ष दुईमा पर्ने उनी पहिलो खेलाडी हुन् । आईसीसीले जारी गरेको वरीयतामा दीपेन्द्रले चार स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लिएका छन् । अलराउण्डरतर्फ टी२० आईमा शीर्षस्थानमा इंग्ल्यान्डका लियाम लिभिङस्टोन छन् । लिभिङस्टोनको रेटिङ २५३ र दीपेन्द्रको २३० छ । रेटिङ हरेक खेलको प्रदर्शन अनुसार परिवर्तन हुने गर्दछ । टी–२० आई अलराउण्डरको तेस्रो स्थानमा अष्ट्रेलियाका मार्कस स्टोइनिस, चौथो स्थानमा जिम्बावेका सिकन्दर राजा, पाँचौं स्थानमा श्रीलंका वानिन्दु हसरंगा र छैटौं स्थानमा अफगानिस्तानका मोहम्मद नाबी छन् ।…
न्यायपरिषद्को विश्वसनीयता अभिवृद्धि गर्न विशेष जोड दिनेछुः प्रस्तावित प्रधानन्यायाधीश राउत
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपरिषद्को विश्वसनीयता अभिवृद्धि गर्न आफूले विशेष जोड दिने बताएका छन् । बुधवार संसदीय सुनुवाई समिति समक्ष आफ्नो कार्ययोजना प्रश्तुत गर्दै उहाँले सो प्रतिवद्धता व्यक्त गरेका हुन् । प्रश्तावित प्रधानन्यायाधीश राउतले न्याय परिषद्बाट हुने न्यायाधीश नियुक्ति लगायतका कामकारबाहीलाई प्रभावकारी बनाउने कुरामा आफूले ध्यान केन्द्रित गर्ने योजना रहेको पनि बताए । उनले नेपालको संविधान बमोजिम स्वच्छ, निष्पक्ष, छिटोछरितो एवं गुणस्तरीय न्याय सम्पादन गरी सबैका लागि न्याय सुनिश्चित गर्नु प्रधानन्यायाधीशको प्रमुख जिम्मेवारी रहेकोप्रति पनि आफू स्पष्ट र प्रतिवद्ध रहेको बताए । प्रश्तावित प्रधानन्यायाधीश राउतले न्याय प्रशासनलाई प्रभावकारी बनाउने प्रधानन्यायाधीशको अन्तिम जिम्मेवारीप्रति पनि आफू त्यत्तिकै सचेत र…
काठमाडौं । विदेशमा बसेर नेपाली महिलाको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सुर्खेतको गुर्भाकोट नगरपालिका–३ घर भएका २९ वर्षीय खगेन्द्र ऐरी छन् । इन्टरपोलबाट रेड नोटिस जारी भएका उनी मलेसियाबाट फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् । प्रहरीको केन्द्रीय साइबर ब्यूरोका अनुसार उनले सामाजिक सञ्जालमार्फत एक महिलासँग गोप्य तस्वीरहरु साटासाट गरेका थिए । पछि ती तस्वीहरु आफन्त र साथीहरुलाई पठाएर चरित्रहत्या गरेको प्रहरीको भनाइ छ । उनीहरुविरुद्ध पीडित महिलाले साइबर ब्यूरोमा २३ वैशाख २०७९ मा जाहेरी दिएकी थिइन् । त्यतिबेला उनी वैदेशिक रोजगारीमा मलेसिया पुगिसकेकाले उनीविरुद्ध इनटरपोलमार्फत रेड नोटिस जारी भएको थियो ।