Author: Scoop Khabar

काठमाडौं । अध्यागमन विभागको महानिर्देशकमा सहसचिव गोविन्द रिजाललाई सरुवा गरिएको छ । रिजाल यसअघि गृहमन्त्रालय जिम्मेवारीविहिन थिए । गृहमन्त्री रमेश लेखकले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयमा जगेडामा रहेका सहसचिव रिजाललाई अध्यागमन विभागको महानिर्देशकको जिम्मेवारी दिएका हुन् । विभागका यसअघिका महानिर्देशक कोषहरी निरौलाको सञ्चार मन्त्रालयमा सरुवा भएपछि रिक्त रहेको पदमा रिजालको सरुवा गरिएको हो । रिजाल यसअघि काठमाडौंको सिडिओ भइसकेका सिनियर सहसचिव हुन् । दैलेख स्थायी ठेगाना भएका रिजालले यसअघि जाजरकोट, सल्यान, रौतहट, कैलाली, दाङ र मकवानपुर जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका थिए ।

थप

काठमाडौं । चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) इन्द्रदेव यादव मन्त्रालयमा तानिएका छन् । उनलाई फिर्ता बोलाएर प्रकाश पौडेललाई चितवनमा काज सरुवा गरिएको हो । पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउको विरोधमा चितवनको भरतपुरमा रास्वपाका कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको शवको प्रतिक बनाएर नारायणीमा दाहसंस्कार गरेका थिए । सो विरोधलाई प्रजिअ यादव र प्रहरी प्रमुखले रोक्न नसकेको गृह मन्त्रालयको विश्लेषण छ ।

थप

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरले संगठनको छवि उच्च राख्दै नागरिकको सेवामा तल्लीन हुन निर्देशन दिएका छन् । प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमबाट प्रहरी कर्मचारीहरूलाई सम्बोधन गर्दै आईजीपी कुँवरले यस्तो निर्देशन दिएका हुन् । आईजीपी कुँवरले प्रहरी संगठनको छविलाई उच्च राख्दै व्यावसायिक एवं निष्ठावान भई नागरिकको सेवामा तल्लीन हुन सबै प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए । प्रहरी महानिरीक्षक कुँवरले आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन आग्रह गरे । आ-आफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनको निम्ति आवश्यक सुरक्षा योजना निर्माणका साथै सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी कार्यसम्पादन गर्नुपर्नेमा उनले जोड दिए । प्रहरी…

थप

काठमाडौं । बैतडीमा १७ वर्षीया किशोरी बेपत्ता प्रकरण झनझन रहस्यमय बन्दै गएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका–२ स्थित महाकाली प्रहरी चौकीका निमित्त इन्चार्ज प्रहरी हवल्दार कृष्णराज जोशी किशोरी बेपत्ता पारेको आरोपमा प्रहरी हिरासतमा छन्। हवल्दार जोशीलाई निलम्बन गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए। किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा प्रहरी हवल्दारमाथि मानिस बेपत्ता पार्न नहुने कसुरमा अनुसन्धान भइरहेको उनले बताए। गत असोज २५ गते बिहान प्रहरी हवल्दारलाई भेटेपछि ती किशोरी बेपत्ता भएको किशोरीका आफन्तले आरोप लगाउँदै आएका छन्। हवल्दार जोशीको मोबाइल फोनमा किशोरीसँग अँगालो हालेका तस्बिरसमेत भेटिएको प्रहरीले जनाएको छ। किशोरी बेपत्ता…

थप

काठमाडौं । झापाको दमकमा जग्गा सम्बन्धी विवादमा दुई पक्षबिच झडप हुँदा एक जनाको मृत्यु भएको छ । दमक-३ मा घडेरीको निहुँमा झडप भएको हो । झडपमा परी दमक-९ का ३७ वर्षीय देशु भनिने यमु निरौलाको मृत्यु भएको दमक प्रहरीले जनाएको छ । गम्भीर घाइते निरौलालाई उपचारका लागि आम्दा अस्पताल ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको दमक प्रहरीका इन्स्पेक्टर रामभक्त भट्टराईले बताए । मङ्गलवार दिउँसो ४ बजे जग्गासम्बन्धी विवाद भएको उनले जानकारी दिए । घटना सम्बन्धमा अनुसन्धान भइरहेको उनको भनाई छ । जग्गा सम्बन्धी विवादमा ग्याङ फाइट नै भएको दमक ३ का वडाध्यक्ष नवीन बरालले बताए ।

थप

काठमाडौं । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–१ मेवाखास्थित मेची राजमार्गबाट अवैध मदिरा बोकेको सवारीसाधनसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार बेलुका प्रहरी चौकी मेवाखाबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा इलामको फिक्कलबाट ताप्लेजुङतर्फ जाँदै गरेको मे १ च ४२१४ नम्बरको पिकअप गाडीमा अवैधरुपमा बोकेको ५० काटुन सिक्किमे मदिरा बरामद गरेको हो । बरामद भएको अवैध मदिरा, मदिरा ओसारपसारमा संलग्न झापा बुद्धशान्ति गाउँपालिका– ३ का महेन्द्र बर्देवा, सवारीसाधन र चालक बुद्धशान्ति–३ का सनम राईलाई आवश्यक कारबाहीको लागि पशुपतिनगर भन्सार कार्यालय इलाममा बुझाइएको छ ।

थप

पोखरा । पोखरामा प्रहरी प्रधान कार्यालयले सञ्चालन गर्न लागेको पेट्रोल पम्पको निर्माण कार्य रोक्न उच्च अदालत पोखराले अन्तरिम आदेश जारी गरेको छ। पोखरा महानगर–७ पार्दीस्थित प्रहरीले पेट्रोल पम्प बनाउन थालेपछि स्थानीय अभियन्ता अदालत गुहार्न पुगेका थिए। नागरिक समाज पोखराका अगुवा रामबहादुर पौडेलसहित गोकुल कार्की, दुर्गाकुमारी काकीए र शोभाकुमारी कार्कीले पेट्रोल पम्प निर्माणको कार्य रोक्न उच्च अदालत पोखरामा रिट दर्ता गरेका थिए। रिटमा विभिन्न सरकारी कार्यालय रहेको सो क्षेत्रमा प्रज्वलनशील पेट्रोलियम पदार्थको डिपो राखेर बिक्री वितरण गर्दा भवितव्य आउन सक्ने औँल्याएका थिए। गत असोज ८ गते उच्च अदालत पोखरामा दर्ता भएको रिटमा नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, नेपाल प्रहरी प्रधान कार्यालय,…

थप

काठमाडौं । नेपाल प्रहरीमा प्रहरी जवानदेखि प्रहरी नायब महानिरीक्षक (डीआईजी) सम्म बढुवाको लागि बाटो खुलेको छ । गृह मन्त्रालयले गत शुक्रबार जनपथ र प्राविधिक समूहका १,१ डीआईजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस गरेसँगै अन्यको लागि समेत बाटो खुलेको हो । माथिल्लो प्रहरी अधिकृतमा पद रिक्त भएको महिनौं दिनपछि एआईजी सिफारिस गरिएको हो । जनपदतर्फका किरण राना एआईजीमा बढुवा सिफारिस भएसँगै प्रहरीमा चारवटा डीआईजी पद रिक्त छ । रिक्त डीआईजीको लागि तीन टोली प्रतिस्पर्धामा छन् । २०५१, २०५२ र २०५३ को टोली डीआईजी बन्न मरिहत्ते गरेका छन् । तर, प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)हरु सिद्धिविक्रम शाह, सुशिलसिंह राठौर, उमा चतुर्वेदी…

थप

पोखरा । लमजुङ जिल्लाबाट प्रत्यक्ष निर्वाचित तीनै जना सांसद मन्त्री बनेका छन् । एउटा मात्र संघीय निर्वाचन क्षेत्र रहेको लमजुङबाट संघमा प्रत्यक्ष निर्वाचित पृथ्वीसुब्बा गुरुङ र प्रदेश सभातर्फ निर्वाचित डा. टकराज गुरुङ र भेषबहादुर पौडेल प्रदेशमा मन्त्री बन्न सफल भएका हुन् । लमजुङबाट निर्वाचित संघमा पृथ्वीसुब्बा र प्रदेशमा डा. टकराज मन्त्रीमात्रै होइन, सरकारको प्रवक्तासमेत छन् । नेकपा माओवादीका महासचिवसमेत रहेका प्रतिनिधि सभा उम्मेदवार देव गुरुङलाई हराउँदै विजयी भएका एमाले उपमहासचिव पृथ्वीसुब्बा केपी ओली प्रधानमन्त्री भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्त भएका थिए । गण्डकी प्रदेशको स्थापना कालका मुख्यमन्त्री हुँदै संघको टिकट पाएर सांसद बनेका पृथ्वीसुब्बालाई ओली सूचना मन्त्री बनाउँदै…

थप

काठमाडौं । प्रहरीले कैलालीबाट ६ जना जुवाडेलाई पक्राउ गरेको छ । जिल्लाको घोडाघोडी नगरपालिका-४ माघी गाउँ स्थित कृष्णबहादुर साउदले सञ्चालन गरेको पसलमा जुवातास खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । पसल सञ्चालक सोही ठाउँ बस्ने ४८ वर्षीय साउदसहित ६ जना पक्राउ परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद ३१ हजार ५ सय र १ गड्डी ताससहित पक्राउ गरेको जनाएको छ।

थप