काठमाडौं । सिमावर्ती क्षेत्रबाट हुने तस्करीको घटना कुनै नौलो विषय होइन ।सिमानाकाको मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरीको मिलोमतोमा व्यापक रुपमा तस्करी बढेको छ। विगत केही महिनादेखि बन्द रहेको तस्करी अहिले पर्साको भिस्वा नाकाबाट मौलाएको हो ।
सिमानाकामा २४ घण्टा सशस्त्र प्रहरीको ड्युटी हुँदाहुँदै पनि रातीको समयमा तस्करी भइरहेको छ । पर्साको पश्चिमी ग्रामिण भेगमा पर्ने यस नाकाबाट सशस्त्र प्रहरीकै मिलेमतोमा खुलेआम तस्करी भइरहेको हो ।
सशस्त्र प्रहरी बल बञ्जारी भिस्वाका विओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) नारायण कार्कीले जिम्मेवारी सम्हालेदेखि नै ठुलो आर्थिक चलखेलमा निर्वाध रुपमा तस्करी भइरहेको स्थानीयले समेत बताएका छन् ।
केही समय पहिला नेपालबाट तस्करीमार्फत भारतको सिकटा पुर्याइएको ठूलो मात्रामा चाइनिज लसुन बरामद भएपछि भिस्वा नाकामा तस्करी बन्द भएको थियो । तर सशस्त्र इन्स्पेक्टर कार्कीले आएको दिनदेखि नै भिस्वा नाकाबाट तस्करी खोलेका हुन् ।
उनले सानादेखि ठुला तस्कर समूहहरुलाई भेटेर तस्करी गर्नुस्, आफू खुलेर सघाउनै भन्दै तस्करीको लाइन चलाएको एक तस्कर बताउँछन् । भारतको सिकटाबाट लत्ताकपडा, हार्डवेयर, इलेक्ट्रोनिक, किराना पसलको सामानलगायतका सामग्रीहरू भिस्वा नाकाबाट नेपालतर्फ तस्करी भइरहेको पाइएको हो ।
त्यसैगरि नेपालबाट लिभर लिमिटेडका कस्मेटिक सामान र गोल्ड स्टार जुत्ता, चाइनिज फुजी स्याउलगायतका सामग्रीहरू भिस्वाबाट तस्करीमार्फत भारतको सिकटा बजारतर्फ तस्करी भइरहेको पाइएको हो ।
विगतको दिनदेखि बन्द रहेको तस्करीको संरक्षण सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म सबैठवाका प्रमुख र सशस्त्र प्रहरी बञ्जारीको प्रमुखको संरक्षणमा तस्करी भईरहँदा पनि माथिल्लो निकायको ध्यान जान आवश्यक छ
