काठमाडौं । आजदेखि काठमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईं आफ्नो नियमित जिम्मेवारीमा फर्किएका छन् । कर्मचारी र जनप्रतिनिधिहरुको सहयोगमा उनी आज कार्यालय फर्किएर जिम्मेवारी सम्हालेका हुन् ।
काठमाडौं महानगरका शिक्षक कर्मचारीले अब त तलब पाउँछन् होला है ? भन्दै पत्रकारले सोधेको प्रश्नमा गुरागाईँले भने पाउनुपर्ने हो । प्रमुख प्रशासकीय अधिकृत गुरागाई ३ महिना १४ दिनपछि कार्यालय फर्किएका हुन् ।
महानगर प्रमुख बालेन साहले प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइदिएका थिए । सो ताला फुटाएर कर्मचारीले उनलाई कार्यकक्षमा प्रवेश गराएका हुन् ।
यो पनि पढ्नुहोस्…
कामपाभित्र प्रशासकीय अधिकृतको कार्यकक्षको ताला फुटाउने प्रयास
उपमेयर सुनिता डंगोल प्रशासकीय अधिकृत गुरागाईँको स्वागतमा
कर्मचारीलाई आफ्नो ठाउँमा बसेर काम गर्न नगर प्रहरी प्रमुखको चेतावनी
उपमेयरको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृतसहितको बैठक
बालेनका स्वकीय सचिवको निर्देशनमा प्रशासकीय अधिकृतको गाडीमा ‘ह्वील लक’
