काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यालयमा हाजिर हुन जान लागेका प्रमुख प्रशासकीय अधिकृतको गाडीमा महानगर प्रहरीले ‘ह्वील लक’ गरिदिएको छ ।
मेयर बालेन साहका स्वकीय सचिव भुपदेव साहको निर्देशनमा नगर प्रहरीले प्रशासकीय अधिकृतको गाडीमा ह्विललक गरेको महानगर गेटमा रहेका एक कर्मचारीले बताए ।
प्रशासकीय अधिकृत गुरागाईँलाई लिनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा जान लाग्दा गाडीमा लक गरिएको महानगर कर्मचारी युनियनका अध्यक्ष नरबहादुर साउदले बताए ।
प्रशासकीय अधिकृतलाई हाजिर गराउन महानगरका प्रवक्ता नवीन मानन्धरसहितका वडाध्यक्षहरू कार्यालय पुगेका छन् । महानगरलाई जनप्रतिनिधिले चलाउनुपर्नेमा नगर प्रहरीबाट चलाउन खोजिएको साउदले बताए ।
प्रशासकीय अधिकृत र कर्मचारीलाई छेक्ने महानगर प्रहरीमाथि कार्यपालिका बैठकबाट कारवाही गराउने चेतावनीसमेत कर्मचारीले दिएका छन् ।
यो पनि पढ्नुहोस्…
कामपाभित्र प्रशासकीय अधिकृतको कार्यकक्षको ताला फुटाउने प्रयास
उपमेयर सुनिता डंगोल प्रशासकीय अधिकृत गुरागाईँको स्वागतमा
कर्मचारीलाई आफ्नो ठाउँमा बसेर काम गर्न नगर प्रहरी प्रमुखको चेतावनी
उपमेयरको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृतसहितको बैठक
