Author: Scoop Khabar

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गरेका छन् । बिहीबार एक कार्यक्रमबीच आईजीपी कुँवरले भवनको उद्घाटन गरेका हुन् । साथै उनले उक्त भवन तथा कार्यालय कक्षहरुको निरीक्षण समेत गरे । प्रहरी महानिरीक्षक कुँवरले भवन निर्माण कार्यमा सहयोग पुर्यारउने व्यक्तिहरुलाई प्रशंसापत्र समेत प्रदान गरे । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरलले नवनिर्मित भवन आधुनिक तथा प्रविधियुक्त भएको चर्चा गर्दै भवन निर्माणमा प्रत्यक्ष एवं अप्रत्यक्ष योगदान पुर्या उने व्यक्तिहरूप्रति आभार प्रकट गरे । भवन निर्माणसँगै प्रहरीको कार्य सम्पादनमा पनि स्तर वृद्धि हुनुपर्नेमा उनले जोड दिए । नवनिर्मित कार्यालय भवनमा कार्यरत रहने प्रहरी…

थप

चितवन । जिल्ला प्रहरी कार्यालय, चितवनको प्रमुखको कमाण्ड प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले सम्हालेका छन् । बिहिवार कार्यालयमा हाजिर भएर एसपी गौतमले चितवन प्रहरी कार्यालयको जिम्मेवारी सम्हालेका हुन् । बुधबार प्रहरी प्रधान कार्यालयले २ एसपीको काज सरुवा गर्दै गौतमलाई चितवन प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी तोकेको थियो । देशको केन्द्र भागमा रहेको चितवनलाई सुरक्षाको दृष्टिकोणबाट संवेदनशिल मानिन्छ । विभिन्न स्थानमा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका गौतम संगठनमा इमान्दार प्रहरी अधिकृतको रुपमा चिनिन्छन् । उनलाई प्रहरी नायब उपरीक्षक (डिएसपी) भेषराज रिजालले स्वागत गरेका थिए । कमाण्ड सम्हाल्दै एसपी गौतमले जिल्लामा हुने हरेक अपराधीक कार्यमा कसैको दवाव र प्रभावमा नरही शुन्य शहनशीलतामा काम गर्ने…

थप

काठमाडौँ । काठमाडौँको कलंकीस्थित गण्डकी गेस्ट हाउसमा २९ वर्षीया युवती मृत अवस्थामा भेटिएकी छन् । काठमाडौँ महानगरपालिका–२१ जैसीदेवल घर भएकी कञ्चन गौतम गेस्ट हाउसको कोठा नम्बर–२०३ मा मृत फेला परेकी हुन् । मृतकले क्युटिपिम आर–३०० नामको ७० ट्याब्लेट औषधी सेवन गरेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए । उनले भने, ‘प्रारम्भिक अनुसन्धानबाट औषधीको ओभरडोजबाट मृत्यु भएको देखिन्छ, हामी थप अनुसन्धान गर्दैछौँ ।’ असोज ५ मा साँझ उनी सो गेस्ट हाउसमा बस्न गएकी हुन् । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

थप

काठमाडौं । झापामा रात्रीबसले इलेक्ट्रिक साइकललाई ठक्कर दिँदा हजुरबुबा र नातीनीको मृत्यु भएको छ । उनीहरुको मृत्युपछि झापाको केर्खा बजार तनावपूर्ण बनेको छ । त्यहाँको स्थिति नियन्त्रण बाहिर रहेको छ । आक्रोशित भीडले प्रहरी बिटमा आगजनी गर्नुका साथै केर्खा प्रहरी चौकीमा निरन्तर ढुंगामुढा गरिरहेका छन् । करिब हजार बढीको सङ्ख्यामा रहेका स्थानीयले रतुवा माई वृक्षारोपण आयोजना अगाडि रहेको प्रहरी बिटमा आगजनी गरेका हुन् । सडकमा टायर बालेर उनीहरूले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेर विरोध प्रदर्शन गरिरहेका छन् । असुरक्षित महसुस गरिरहेका सुरक्षाकर्मीहरू केर्खा प्रहरी चौकीभित्र रहेका छन् । भीडले चौकीमाथि आक्रमण गर्न प्रयास गरिरहेको छ । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले अशु…

थप

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले विपद् प्रतिकार्य कुनै एउटा संस्था वा व्यक्तिको प्रयासले मात्र सम्भव नभई सरोकारवाला निकायहरु सबैको सक्रिय सहभागिता तथा सम्बन्धित सबैको योगदान भएमा मात्र सफलता प्राप्त हुने बताएका छन् । बुधबार सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा स्वास्थ्यकर्मीहरुलाई लक्षित गरी संचालन गरिएको तालिम समापनमा महानिरीक्षक अर्यालले यस्तो बताएका हुन् । आईजीपी अर्यालले विपद्को समयमा सशस्त्र प्रहरी बल नेपालले राज्यको उपस्थितिलाई सुनिश्चित गर्दै जनताको भरोसाको केन्द्रमा आफूलाई उभ्याउन सफल भएको बताए । उनले विपद् प्रतिकार्य तथा उद्धारमा खटिएका सशस्त्र प्रहरी कर्मचारीहरुले भुकम्प, बाढीपहिरो, सवारी दुर्घटना लगायतका विपद् जोखिममा परेका हजारौँ नागरिकहरुको जीवन…

थप

काठमाडौं । काठमाडौंको कोटेश्वरबाट लगेर ललितपुरको चाल्नाखेलमा बन्धक बनाइएकी महिलाको प्रहरीले सकुशल उद्दार गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, ललितपुरको संयुक्त टोलीले ती महिलालाई उद्दार गरेको हो । पीडित महिला गर्भवती समेत रहेकी छन् । वैदेशिक रोजगारीमा पठाइदिने भनेर लिएको १६ लाख रुपैयाँ फिर्ता नदिएको भन्दै उनलाई बन्धक बनाएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । उपत्यका प्रहरी कार्यालयका प्रहरी प्रमुख एआईजी किरण बज्राचार्यका अनुसार, लेनदेनको विषय जोडिएपछि दुवैलाई ल्याएर सोधपुछ गरिनेछ । उनीहरुलाई प्रहरी कार्यालय ल्याइदैँछ । महिलालाई बन्धक बनाइएको खबर आउनासाथ उपत्यका प्रहरी कार्यालयका एसएसपी सानुराम भट्टराईले खोजीको लागि प्रहरी परिचालन गरेका थिए । प्रहरीको…

थप

काठमाडौं । नेपाल प्रहरीभित्र अत्यन्त सज्जन र सरल अधिकृतको छवि बनाएका प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरलाई अनेकन विवादमा तान्ने प्रयास गरिएको छ । आईजीपी कुँवर आफैमा खराब मानिदैनन्, जुनकुरा उनीसँगै काम गरेका सहपाठीहरुले भन्दै आएका छन् । तर, बेलाबेला बद्नाम गराउने तरिकाले मिडियामा उनै कुँवरको नाम मुछ्ने गरिएको छ । अहिले चर्चामा छ, आईजीपी कुँवरलाई आफ्नो साख्खै दाजु बाबुराम कुँवरसँग नाम जोडेर विवादमा ल्याउने प्रयास । सहकारी ठगीमा रवि लामिछाने पक्राउ परेपछि आईजीपी कुँवरको नाम जोडेर विवादमा ल्याउने प्रयास गरिएको हो । प्रहरी महानिरीक्षक कुँवरका दाजु बाबुराम कुँवर राष्ट्रपतिका कानुनी सल्लाहकार हुन् । उनै बाबुराम कुँवर कुनैसमय रवि लामिछानेले सञ्चालन…

थप

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) प्रमुख दीपक थापाको नाम र तस्विर ट्रु कलरमा राखेर धम्की दिएको आरोपमा एक युवक पक्राउ परेका छन्। सीआईबीको टोलीले विराटनगरका ३० वर्षीय हेमकुमार खड्कालाई पक्राउ गरेको हो। उनले विभिन्न व्यक्ति र वित्तिय संस्थाहरुलाई धम्की दिएको सीआईबीले जनाएको छ। खड्का पक्राउ परेपछि सीआईबीका कर्मचारी, लोगोको दुरुपयोग गरी धाक धम्की दिनेबारे सूचना दिन पनि प्रहरीले आग्रह गरेको छ।

थप

काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी भावेश रिमाललाई केन्द्रमा तानिएको छ । उनको ठाउँमा एसपी गौतम मिश्रलाई जिम्मेवारी दिइएको छ । एसपी गौतम मानव बेचबिखन अनुसन्धान ब्युरोमा कार्यरत थिए । उनी प्रहरी संगठनमा इमान्दार प्रहरी अधिकृतको रुपमा चिनिन्छन । यसअघि उनले धादिङको समेत सफल कार्यकाल बिताएका थिए । चितवनमा रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गर्दै आएको प्रदर्शन नियन्त्रण गर्न नसकेको भन्दै उनलाई केन्द्रमा तानिएको प्रहरी प्रधान कार्यालय स्रोतले बताएको छ। रास्वपाका कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला बनाएर नारायणी नदीमा दाह संस्कार गरेका थिए।

थप

काठमाडौं । राष्ट्रपतिका कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता बाबुराम कुँवरले रवि लामिछानेको छानबिन सम्बन्धमा आफ्ना भाइ आईजीपी बसन्त कुँवरलाई जोडेर प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनले बुधबार एक विज्ञप्ति जारी गर्दै आफू कानुन व्यवसायी हुँदा गरेका कामका विषयमा अहिले प्रश्न उठाइएको भन्दै ध्यानाकर्षण भएको जनाएका हुन् । ‘एउटा कानुन व्यवसायीले कुनै पनि संस्था वा कम्पनीमा कानुनी सल्लाहकारका रुपमा भूमिका निर्वाह गर्ने, मुद्दा मामिलामा पक्ष विपक्षमा बहस पैरवी गर्ने संवैधानिक अधिकारी हो,’ उनले भनेका छन् । उनले आफू नेचर हब्स प्रा.लि.को एक वर्ष ६ महिना कानुनी सल्लाहकारका रुपमा कार्यरत रहेको साँचो भए पनि त्यस प्रकरणसँग जोडिएका विषयमा आफ्नो कुनै…

थप