काठमाडौं । रास्वपाबाट हटाइएका संस्थापक महामन्त्री मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेको पार्टी सदस्यता स्वतः समाप्त भएको दाबी गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत ढकालले सहकारी ठगी प्रकरणमा पक्राउ परेसँगै लामिछानेको पार्टी सदस्यता बाँकी नरहेको दाबी गरेका हुन् ।
‘विधानतः रवि दाइ राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्यबाट पनि स्वतस् निलम्बित भएका छन्,’ उनले उल्लेख गरे । रास्वपाको विधान अनुसार भ्रष्टाचार र नैतिक पतनको अभियोगमा सजाय पाएकालाई सदस्यता अयोग्य हुन्छ। यस्तो योग्यता कायम नरहेमा सदस्यता स्वतः समाप्त हुने उल्लेख छ ।
शुक्रबार उच्च अदालत तुलसीपुरले लामिछानेलाई सहकारी ठगीको कसुरमा थुनामा पठाउने आदेश दिएपछि काठमाडौंको बूढानीलकण्ठबाट प्रहरीले पक्राउ गरेर भैरहवा लगेको छ ।
