वीरगंज कृष्ण यादव। पर्साको सखुवा प्रसौनी गाउँपालिकाका लेखा प्रमुख सुमन साहले खाना, खाजा, चिया, पानी लगायतमा झण्डै ४५ लाख रुपैयाँ खर्च देखाई अनियमितता गरेको पाईएको छ ।
सखुवा प्रसौनी गाउँपालिकामै घर भएका लेखा प्रमुख सुमन साहले प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा खाना, खाजा, चिया, पानी लगायतमा झण्डै ४५ लाख रुपैयाँ खर्च देखाई अनियमितता गरेको पाईएको हो ।
लेखा प्रमुख साहले प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा आर्थिक वर्ष २०७९÷८० मा खाना, खाजा चिया, पानी लगायत विभिन्न कार्यक्रम भनेर विविध तर्फ बिलमा ४४ लाख ९८ हजार रुपैयाँ खर्च देखाई विकासे बजेटको लाखौं रुपैयाँ भ्रष्टाचार गरेको स्थानीयको आरोप छ । जुन अरोपलाई महालेखाले समेत पुष्टि गरेको देखिन्छ ।
स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यताको आधारमा विविध खर्च गर्नु पर्ने व्यवस्था छ । साथै आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३९ मा सरकारी रकम खर्च गर्दा त्यस्तो खर्च पुष्टि हुने बिल भर्पाई प्रमाण र कागजात संलग्न हुनु पर्ने व्यवस्था छ । तर गाउँपालिकाका बिल र कामगज मिलाउन चतुर मानिने लेखा प्रमुख सुमन साहले खाना, खाजा चिया, पानी लगायतको विभिन्न कार्यक्रम शिर्षकमा बिलमा मात्रै ४४ लाख ९८ हजार खर्च देखाई लाखौं रुपैयाँ भ्रष्टाचार गरेको स्थानीय अनुप यादवको अरोप छ । विविध खर्च गर्दा खर्चको बिल भरपाई पेश भए तापनि कतिपय खर्चका बिल भरपाई साथ सो कामसंग सम्बन्धीत निर्णय सहितका खर्च पुष्टि हुने प्रमाण संलग्न गर्ने गरेको नदेखिएको मलेपको प्रतिवेदनमा उल्लेख छ । यसले समेत चतुर लेखा प्रमुख साह सहितको संयुक्त मिलेमतोमा खाजा, खाना चिया, पानी लगायतको शिर्षकमा बिलमा मात्र खर्च देखाई लाखौं रुपैयाँ भ्रष्टाचार भएको स्थानीयको आरोप पुष्टि हुने देखिन्छ । विविध खर्चको स्पष्ट उदेश्य र खर्चको यथार्थता प्रमाणित हुने प्रमाण समेत खर्च साथ राखेर खर्च नगरेकोले विविध खर्चको नाममा लेखा प्रमुख सुमन साहलगाएतले कागजी मिलान गरि बिलमा मात्र खर्च देखाई लाखौं रुपैयाँ घोटाला गरेको देखिन्छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
सखुवा प्रसौनीका कर्मचारीले कमिसन हात पार्न बिलमा खर्च देखाई खाना, खाजामै सकाए ४५ लाख
Facebook Comments Box
