Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
झुक्याएर जंगलमा पुर्याइयो, त्यसपछि घाँटीमा पासो लगाएर रुखमा बाँधी कुटपिट गरेर मारियो
काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा कोरियामा रहेका श्रीमान् प्रेम बहादुर बुढाथोकीकै योजनामा हत्या गरिएकी ३४ वर्षीया चुनुकुमारी दाहाल बुढाथोकीको हत्यामा संलग्न ६ जनालाई बिहीबार प्रहरीले इलाका प्रहरी कार्यालय धरानमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । सार्वजनिक गरिएका चुनकुमारीका श्रीमान् बुढाथोकीलाई नेपाल प्रहरीले कोरियाबाट वैशाख ३ गते नेपाल झिकाई अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट पक्राउ गरेको थियो । उनलाई बिहीबार नै विराटनगरबाट सुनसरी जिल्ला अदालतमा म्याद थप गरी सार्वजनिक गरिएको हो । हत्यामा संलग्न योजनाकारका भाइ ढकेन्द्र बुढाथोकी, बुहारी सृष्टि बुढाथोकी, कान्छा ज्वाइँ योगेन्द्र गौतम, कान्छी बहिनी डेनु गौतम, सहयोगी केशवराज दाहाललाई प्रहरी सार्वजनिक गरेको छ । हत्यामा संलग्न फुपूका छोरा भारतीय…
वीरगन्ज ५ चैत। जिल्ला प्रहरी कार्यालय पर्साले १ महिनामा विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५५ जना प्रतिबादीहरुलाई पक्राउ गरेको हो। पर्सा प्रहरीले एक महिनाको अवधिमा फैसला कार्यान्वयनको लागि विभिन्न मुद्दामा फरार रहेका ५५ जना प्रतिबादीहरुलाई पक्राउ गरेको छ। पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक गौतम मिश्रले फैसला कार्यान्वयन प्रभावकारी बनाउको लागि संचालन गरिएको विशेष अभियान अन्तर्गत विभिन्न मुद्दामा जरिवाना भएका फरार अभियुक्त ५५ जना पक्राउ गरेको बताए। मिश्रले मातहतका प्रहरी ईकाईबाट खटिएको कैद असुल तथा फैसला कार्यान्वयन विशेष टोलीले चैत१ गते देखि ३१ गते सम्म उनीहरुलाई पक्राउ गरि पर्सा जिल्ला अदालतमा बुझाएर आदलतको अनुसार कार्यबाही गरिएको बताए।
काठमाडौं । भरतपुर महानगरकी मेयर एवम् नेकपा (माओवादी केन्द्र) की प्रभावशाली नेतृ रेनु दाहालले अहिलेको कांग्रेस–एमाले सरकार असफल भएको दाबी गरेकी छिन् । शनिबार राति प्राइम टिभीबाट प्रसारण हुने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमको लागि पत्रकार ऋषि धमलाको कुराकानीमा उनले यस्तो दाबी गरेकी हुन् । उनले सरकारले डेलिभरी दिन नसकेको र जनता आक्रोशित बन्नुको पनि सरकार नै प्रमुख कारण भएको तर्क गरिन् । उनले सरकार लामो समय नजाने दाबी गरिन् । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने उनको भनाई छ । अहिले आफ्नो बुवा प्रचण्ड प्रधानमन्त्री बन्ने दौडमा नरहेको पनि उनको स्पष्टोक्ति थियो । पछिल्लो समय माओवादीप्रति जनतामा क्रेज देखिएको पनि…
काठमाडौं । गायिका सुस्मिता स्याङतानको आवाजमा ‘कुलमानलाई फालेर’ बोलको गीत सार्वजनिक गरिएको छ । नेपाललाई लोडसेडिङको अँध्यारोबाट उज्यालोतर्फ डोहो¥याउने व्यक्तित्व कुलमान घिसिङको सम्मानमा तयार गरिएको नयाँ गीत सुस्मिता स्याङतान युटुब च्यानलमार्फत बजारमा ल्याएको हो । यो देशभक्तिपूर्ण गीतले हाल सामाजिक सञ्जालमा व्यापक चर्चा बटुल्दैछ । गीतले कुलमान घिसिङलाई सच्चा राष्ट्रसेवकका रूपमा प्रस्तुत गर्दै उनको इमानदार नेतृत्वप्रतिको सम्मान व्यक्त गरेको छ । साथै, यस गीतमा राजनीतिक प्रभावका कारण इमान्दार व्यक्तिहरूको असमय विदाइप्रति गम्भीर प्रश्न उठाइएको छ ।गीतमा सशक्त स्वर दिएकी गायिका सुस्मिता स्याङतानको प्रस्तुति सबैको मन छोएको छ भने गीत, संगीत तथा सिर्जना विवेक लोप्चनले गरेका हुन् । संगीत संयोजन कुनसाङ…
काठमाडौं । सरकारले नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको पुरै टोली परिवर्तन गरेको छ । सशस्त्र प्रहरी बलका इन्स्पेक्टर सुरज बस्नेत नेतृत्वको टोली हटाइएको स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार एकजना सिपाहीबाहेक करिब २५ जनाको टोलीलाई हलचोक फिर्ता गरेर नयाँ टोली पठाइएको हो । सशस्त्र प्रहरी स्रोतका अनुसार, त्यहाँ अर्थात् देउवाको सुरक्षामा अर्का इन्स्पेक्टरको कमाण्डमा नयाँ टोली परिचालन गरिएको छ । यसअघि कमान्डर मात्रै फेरिन्थे । तर, पहिलोपटक तलैसम्मको सेट फेरिएको हो । एकजनाले गल्ती गरे उसलाई जिम्मेवार बनाउनुपर्नेमा बूढानीलकण्ठले सशस्त्रको सेटै फेरेको हो । सशस्त्रले यो कदमलाई नियमित वा आकस्मिक केही भनेको छैन । विशेषगरी भीभीआईपीको सुरक्षार्थ…
काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेकपा एमाले र नेपाली कांग्रेसबीच सत्ता साझेदारीमा कुनै पनि समस्या नभएको बताएका छन् । सत्ता साझेदार दलबीच समस्या नभएकाले सरकार पनि नढल्ने उनले बताए । नेपाली कांग्रेसका पदाधिकारीले नै सरकारको कामकारबाहीका विषयमा प्रश्न उठाइरहेका बेला कांग्रेस नेता समेत रहेका मन्त्री लेखकले सो सरकार नढल्ने बताएका हुन् । आज पोखरामा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री लेखकले भने, ‘दुई पार्टीका बीचमा कुनै समस्या छैन ।’ कतिपयले सरकार ढल्छ भनिदिँदा ढल्दैन भनेर प्रष्टीकरण दिनुपरिरहेको उनले बताए । ‘साथीहरुले सरकार ढल्छ–ढल्छ भनिदिनुहुन्छ अनि ढल्दैन है भनेर हामीले भनिरहनु परेको छ,’ मन्त्री लेखकले भने, ‘कुनै समस्या छैन ।’ प्रमुख प्रतिपक्षी दल…
काठमाडौं । आइसिसी यू-१९ विश्वकप एसिया छनोटमा नेपाल र अफगानिस्तानबीचको खेल रद्द भएको छ। खेल रद्द हुँदा नेपाल विश्वकप खेल्नबाट वञ्चित भएको छ । मुलपानी मैदानमा छनोट प्रतियोगिताको अन्तिम खेल शनिबार बिहान साढे ९ बजे हुने तय थियो । तर, आज विहानैदेखि भएको वर्षाका कारण मैदानमा असर पुगेको थियो । करिब ५ घण्टासम्म मैदान सुकाउने काम गरिएको भएपनि मैदानको केही भाग निकै खराब अवस्थामा रहेकाले अम्पायरले ३ पटकको निरीक्षणपछि खेल नखेलाउने निर्णय गरे । समूह चरणमा दुवै टोलीले समान ३-३ खेल जितेका थिए । अफगानिस्तान नेट रनरेटमा अगाडि रहेकाले आजको खेलमा अंक बाँडिदा समान ७(७ अंक भएपनि नेट रनरेटकै कारण…
काठमाडौं । मुख्यतया दुईवटा कसुरमा प्रहरीहरू बर्सेनि कारबाहीमा पर्ने गरेका छन् । प्रहरी कारबाहीमा पर्नुको मुख्य कारण सर्वसाधारणलाई दुःख दिने काम र आर्थिक अनियमितता हो । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो तीन वर्षमा ६ हजार २ सय ७१ जना प्रहरीलाई विभागीय कारबाही गरिएको छ । उनीहरुलाई प्रहरी नियमावली २०७१ नियम १०९ देखि ११३ सम्मका सजायहरूमा परेर नसिहत, गेड रोक्का, प्रतिकूल राय, ग्रेड घटुवा, पदोन्नति रोक्का, पद घटुवा, तल्लो टाइममा घटुवा र निलम्वन गरिएको हो । यस आर्थिक वर्षको चैतसम्म एक हजार ५ सय ३८ जना प्रहरी विभागीय कारबाहीमा परेको प्रहरी प्रधान कार्यालयको तथ्यांकमा छ । त्यस्तै आर्थिक वर्ष २०७८/०८९ मा…
प्रहरी कर्मचारीलाई कार्यक्षेत्रमा आफ्नो संयमता गुमाउने र नीति विपरित जान छुट छैन : प्रहरी महानिरीक्षक थापा
काठमाडौं । प्रहरी महानिरीक्षक (आइजीपी) दिपक थापाले व्यवसायीक कार्यदक्षताले भरिपूर्ण प्रहरी कर्मचारीहरुबाट मात्रै नेपाल प्रहरी संगठनको उद्देश्यले सार्थकता पाउने भएकाले अब हरेक प्रहरी कर्मचारीले आफूलाई समय सापेक्ष कार्य दक्षता एवं असल आचरणयुक्त बनाउनुपर्नेमा जोड दिएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको सभाहलमा प्रहरी कर्मचारीहरुलाई सम्बोधन गर्दै समयको परिवर्तनसंगै आम नागरिकको प्रहरीप्रतिको आस्था, विश्वास एवं अपेक्षा बढ्दै गईरहेको तथा जनता र प्रहरी सहयात्री भएकोले नागरिकप्रति उत्तरदायी भई सकरात्मक सोचका साथ जनतालाई केन्द्रविन्दुमा राखी थप जनमुखी प्रहरी सेवा सम्पादन गर्न निर्देशन दिए । संगठनको सुदृढीकरण र शुद्दिकरणमा आफुले जोड दिइरहेको बताउँदै प्रहरी महानिरीक्षक थापाले प्रहरी संगठन राज्यको कानून कार्यान्वयन गर्ने प्रमुख…
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया आफ्नो ६ वर्षको कार्यकाल सम्पन्न गरेर बिदाइ भएका छन्। शुक्रबार आफू पद सम्हालेको ६ वर्ष पुगेकै दिन उनी निर्वाचन आयोगबाट बिदा भएका हुन्। थपलिया २०७६ वैशाख ६ गते प्रमुख निर्वाचन आयुक्त पदमा नियुक्त भएका थिए। थपलियाको बिदाइमा आयोगको सभाहलमा विशेष कार्यक्रम गरिएको थियो। कार्यक्रममा आयोगका पदाधिकारी एवं कर्मचारीहरूको उपस्थिति थियो। थपलियालाई निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर र सगुनशमशेर जबराले पुष्पगुच्छा र मायाको चिनो उपहार प्रदान गरेका थिए। उनले बिदाइ कार्यक्रममा आफ्नो ६ वर्षको कार्यकालको अनुभवलाई लोकतन्त्रको सुदृढीकरण र निर्वाचन व्यवस्थापन सुधारका लागि सिर्जनात्मक चिन्तन र अनुभूतिको आत्मदर्शन गर्ने महत्वपूर्ण अवसरको रुपमा लिएको…