काठमाडौं । आइसिसी यू-१९ विश्वकप एसिया छनोटमा नेपाल र अफगानिस्तानबीचको खेल रद्द भएको छ। खेल रद्द हुँदा नेपाल विश्वकप खेल्नबाट वञ्चित भएको छ ।
मुलपानी मैदानमा छनोट प्रतियोगिताको अन्तिम खेल शनिबार बिहान साढे ९ बजे हुने तय थियो । तर, आज विहानैदेखि भएको वर्षाका कारण मैदानमा असर पुगेको थियो ।
करिब ५ घण्टासम्म मैदान सुकाउने काम गरिएको भएपनि मैदानको केही भाग निकै खराब अवस्थामा रहेकाले अम्पायरले ३ पटकको निरीक्षणपछि खेल नखेलाउने निर्णय गरे ।
समूह चरणमा दुवै टोलीले समान ३-३ खेल जितेका थिए । अफगानिस्तान नेट रनरेटमा अगाडि रहेकाले आजको खेलमा अंक बाँडिदा समान ७(७ अंक भएपनि नेट रनरेटकै कारण अफगानिस्तान अगाडि बढ्यो ।
Facebook Comments Box
