Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । नेपाल पत्रकार महासंघले बाँकेका प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई कारबाही गर्न माग गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले सञ्चारकर्मीलाई ‘दलाल’ भनेकोप्रति महासंघले आपत्ति जनाउँदै कारबाहीको माग गरेको हो । समाचारका लागि फोन गर्दा पत्रकारलाई दलाल भन्दै गालीगलौज गरेको घटनामा चासो व्यक्त गर्दै महासंघले विज्ञप्तिमार्फत सिडिओ जोशीमाथि छानविन गर्न र दोषी भए कानुनी दायरामा ल्याउन माग गरेको हो । उक्त घटनाप्रति ध्यानाकर्षण भएको बताउँदै विज्ञप्तिमा उक्त कार्य अत्यन्त निन्दनीय, गैरजिम्मेवार र प्रेस स्वतन्त्रताविरोधी भएको उल्लेख छ । महासंघका अनुसार मिसन टुडे दैनिकका पत्रकार शुभाकर विश्वकर्माले नागरिकताबाट वञ्चित एक पीडितको विषयमा जानकारी लिनका लागि सिडिओ जोशीलाई फोन…
कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेश समितिले बालगिरी कुँवरलाई पार्टी सदस्यताबाट निष्कासन गरेको छ । अछाम साफेवगर–४ का कुँवर एमाले सुदूरपश्चिम प्रदेश लेखा कमिटी सदस्य थिए । एमालेबाट निष्कासित डा. भीम रावलको अभियानलाई साथ दिएको भन्दै उनलाई एमालेले निष्काशन गरेको हो । पार्टीको जिम्मेवार पदमा रहेर पार्टी विरोधी गतिविधिमा संलग्न रहेको उनीमाथि आरोप लगाइएको छ । ‘कुवँरलाई कमिटी सदस्य तथा पार्टी सदस्यताबाट समेत निष्कासन गरिएको’ एमाले प्रदेश सचिव रणबहादुर चन्दद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘उक्त पदमा रही विधानको धारा ८० को उपधारा १ र २ आकर्षित हुने अनुशासन उल्लङ्घन गरि पार्टीको विरुद्धमा लागी भ्रम पूर्ण समाचारहरू सम्प्रेषण गर्नुभएको ठहर…
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवम् प्रतिनिधि सभाका सांसद धवल शमशेर राणा हाजिर जमानीमा रिहा भएका छन् । उनलाई आइतबार बेलुकी रिहा गरिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार राणालाई उपचारका लागि सरकारी वकिल कार्यालयको सहमतिमा हाजिर जमानीमा परिवारको जिम्मा लगाइएको छ । राप्रपाका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले पनि आफ्नो सामाजिक सन्जालमार्फत् राणा रिहा भएको जानकारी दिएका छन् । चैत १५ गते दुर्गा प्रसाईंको आह्वानमा तीनकुनेमा भएको प्रदर्शन भड्काएको आरोपमा राणालाई प्रहरीले पक्राउ गरेको थियो ।
काठमाडौं । आइतबार प्रहरी जवानको लिखित परीक्षामा सहभागी ६ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं नयाँबानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा अर्कैको नाममा परीक्षा दिएको आरोपमा शनिबार उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरूमा दोलखाका मोहन सुनुवार, कालिकोटका गोपाल शाही, सुर्खेतका मनोज शर्मा, दैलेखका आकाश खड्का, सुर्खेतका उमेश शर्मा र जुम्लाका मीन रावल छन् । पक्राउ परेकामध्ये एकजना नेकपा एमाले निकट अनेरास्ववियुबाट स्ववियु चुनाव जितेका व्यक्ति रहेको खुलेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गोपाल शाही काठमाडौँको अमृत साइन्स (अस्कल) क्याम्पसका निर्वाचित स्ववियु सचिव हुन् । उनी गत चैत १० गते भएको स्ववियु निर्वाचनमा…
काठमाडौं । प्रहरी निरीक्षक खुल्ला प्रतियोगिताको अन्तिम नतिजा प्रकाशित भएको छ । रिक्त रहेको प्रहरी निरीक्षक (जनपद) पदमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयबाट २०८१ भदौ २८ गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिई अन्तरवार्ता लगायतका परीक्षामा सहभागी भएका उम्मेदवारहरुको अन्तिम नतिजा प्रकाशित गरिएको छ । साथै अन्तिम नतिजामा उत्तीर्ण भई नियुक्तिका लगि सिफारिस भएका मुख्य उम्मेदवारहरुले आवश्यक कागजात सहित २०७८ बैशाख १४ गते प्रहरी प्रधान कार्यालय मावनश्रोत एवं प्रशासन विभाग, कर्मचारी प्रशासन शाखा, नक्सालमा सम्पर्क राख्न समेत सूचित गरिएको छ । अन्तिम नतिजामा उत्तीर्ण भएका ९४ जनाको नामावली सार्वजनिक गरिएको छ । हेर्नुस् को को उत्तीर्ण…
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य दीपक बहादुर सिंहले राष्ट्र र जनताको लागि आफूहरु गोली थाप्न पनि तयार रहेको बताएका छन् । राप्रपा संसदीय दलको कार्यालय परिसरबाट पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिँदा सँगै रहेका नेता सिंह उम्किएर आन्दोलन स्थलमा पुगेका थिए । उनले राप्रपा शान्ति, सनातन हिन्दु राष्ट्र र राजासहितको प्रजातन्त्र चाहेको बताए । ‘हामीले जनताको आवाज बोलिरहेका छौं । यिनीहरुले जतिसुकै धरपकड गरोस्, हामी डक्नेवाला छैनौं । राप्रपाका लागि सबैभन्दा पहिला राष्ट्र हुन्छ, त्यो पछि जनता हुन्छ । राष्ट्र र जनताको लागि जेल जान त परै…
काठमाडौं । काठमाडौंको बबरमहल क्षेत्रमा प्रदर्शनमा सहभागी हुन लागेका चारजना नेतालाई संसदीय दलबाट बाहिर निस्किन प्रहरीले रोक लगाएको आरोप नेताहरूले लगाएका छन् । संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीसहितका ४ नेतालाई सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा रोकिएको हो ।
काठमाडौं । सरकारले गत ४ चैत २०८१ मा दिपक थापालाई प्रहरी संगठनको सर्वोच्च पद अर्थात् प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो । त्यसयता ७९ हजार ५४१ फौजको कमाण्डर बनेका छन् उनै थापा । चाकडी गर्नेलाई भन्दा राम्रो काम गर्नेलाई प्यार गर्ने स्वभावका थापा महानिरीक्षक नियुक्त भएपछि सबैभन्दा धेरै खुसी तल्लो दर्जाका प्रहरी कर्मचारीहरु भए । यसअघि संगठन प्रमुख जो नियुक्त भएपनि चासो नराख्ने तल्लो दर्जाका प्रहरीहरुले यसपटक भने थापा नियुक्त भएपछि सामाजिक सञ्जालतिर थुप्रैले बधाई दिएको पाइयो । प्रहरी प्रमुख हनुभन्दा अघि उनले तल्लो दर्जाका प्रहरीहरुको समस्या सहज तरिकाले सुनेर समाधानको उपाय खोजिदिन्थे । प्रहरी प्रमुख भएपछि त झनै थापाले वर्षौंदेखि…
समाजमा शान्ति सुरक्षा कायम गर्न प्रहरी एक्लैको प्रयास सम्भव हुन्न : प्रहरी महानिरीक्षक थापा
कास्की । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापाले समाजमा शान्ति सुरक्षा कायम गर्न तथा अपराध नियन्त्रण गर्न प्रहरी एक्लैको प्रयास सम्भव नहुने बताएका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा केन्द्र कास्कीले शनिबार पोखरामा आयोजना गरेको कार्यक्रममा उनले प्रहरी र स्थानीय समुदाय, सङ्घसंस्था, आमा समूह, विभिन्न क्लब, विद्यालय तथा स्थानीय तहको समन्वय र सहकार्यबाट अपराध रोकथाम गर्न सकिने धारणा राखे । विभिन्न सचेतनामूलक कार्यक्रम गरी जनचेतना अभिवृद्धि गर्ने कार्यमासमेत सामुदायिक सेवा केन्द्रको योगदान भएको खण्डमा समाजमा शान्ति कायम गर्न सघाउ पुग्ने उनले बताए । प्रहरी महानिरीक्षक थापाले भने, ‘समाजमा घट्ने जुनसुकै घटनाको जानकारी तुरुन्त…
काठमाडौं । आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै काठमाडौंमा निषेधाज्ञा तोड्ने भएको छ । राप्रपाले गत साता भएको केन्द्रीय कार्य सम्पादन समितिको बैठकको निर्णय अनुसार काठमाडौंमा निषेधित क्षेत्र तोड्ने भएको हो । गत चैत १५ गते भएको प्रदर्शनमा हिंसात्मक भएपछि सरकारले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणालगायतलाई पक्राउ गरेको तथा उनीहरूको रिहाइको मागसहित राप्रपाले काठमाडौंमा निषेधित क्षेत्र तोड्न लागेको हो । राप्रपाले राजतन्त्र पुनः स्थापनाको माग राखेर चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा पनि गरेको छ । तर, गृह मन्त्रालयले समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन सबैमा अनुरोध…