Author: Scoop Khabar

काठमाडौं । दिपक थापा हालका प्रहरी महानिरीक्षक हुन् । दिपकको अर्थ हो प्रकाश वा उज्यालो । त्यसैले अहिले प्रहरीभित्र एउटा ‘उज्यालो समय’ उदय भएको दाबी गर्नेहरू पनि कमी छैनन् । उनले नेपाल प्रहरी संगठनको नेतृत्व सम्हालेपछि आलोचना वा समर्थन जे देखिए पनि आन्तरिक परिवर्तनका लागि संगठनभित्र भने ‘उज्यालो समय’का रूपमा भने चर्चा पाउन थालेको हो । महानिरीक्षक थापाले करिब ८० हजार फौज रहेको नेपाल प्रहरी संगठनको नेतृत्व सम्हालेको आज ३७ दिन पूरा भएको छ । सरकारले थापालाई ४ चैत २०८१ मा नियुक्त गरेको हो । नेतृत्वमा थापा आएपछि प्रहरी संगठनभित्रको समस्याहरुलाई के गर्लान् भनेर लेखाजोखा हुन थालेको छ । प्रहरी…

थप

काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रप्रकाश उर्फ सीपी गौतम वैशाख २ गते अनिवार्य अवकाशमा गए । ३ वैशाख ०५२ मा नेपाली सेनामा भर्ना भएका गौतम सशस्त्र प्रहरी नियमावलीमा तोकिएको ३० वर्षे सेवा अवधिपूरा गरी उनी अनिवार्य अवकाशमा गएका हुन् । सशस्त्र प्रहरी बल गठन भएपछि ०५८ मा उनी सशस्त्रमा स्थानान्तरण भएर आएका थिए । सीमा सुरक्षा विभागको प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका उनी अवकाशमा गइसकेपछि अब सशस्त्रमा एक एआईजीको दरबन्दी रिक्त छ । एआईजीको एक पद रिक्त हुनासाथ नायब महानिरीक्षक (डिआईजी)हरूबीच वढुवाको रस्साकस्सी सुरु भएको छ । कारण-यो पदमा पुग्ने अधिकृतले सशस्त्र प्रहरी बलको आगामी नेतृत्व सम्हाल्ने प्रबल…

थप

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वदेश फर्किएपछि नयाँ गठबन्धन बनाउने विषयमा छलफल गर्ने तयारी गरेको छ । बिहीबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवा फर्किएपछि संवाद सुरु गर्ने ब्रिफिङ गरेको एक नेताले जानकारी दिए । ‘यो सरकार उल्टो–उल्टो काम गरेर संविधानको खारेज गर्ने दिशामा जान खोजेको देखिन्छ । संविधानको रक्षार्थ शेरबहादुर देउवाजी फर्किएपछि संवाद सुरु हुन्छ । सरकारबारे पनि कुरा हुन्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै ती नेताले भने । देउवा स्वास्थ उपचारका लागि वैशाख ७ गते स–परिवार थाइल्यान्ड गएका छन् । यसअघि सिंगापुरमा उपचार गराएका देउवा…

थप

काठमाडौं । नेकपा एमाले नेता महेश बस्नेतले ऊर्जा राज्यमन्त्रीबाट बर्खास्त गरिएका पूर्णबहादुर तामाङमाथि गम्भीर आरोप लगाएका छन् । तामाङले राष्ट्रबैंकको गभर्नर नियुक्तिका लागि २० करोडको डिल गरेको प्रमाण फेला परेको उनको दाबी छ । फेसबुकमा स्टाटस लेख्दै बस्नेताले विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङसँग मिलेर अर्बौँको ठेक्कामा मिलेमतो र अनियमितता गरेको आरोप पनि बस्नेतले लगाएका छन् । बस्नेतको स्ट्याटसठेकेदार कान्छाराम उर्फ पूर्णबहादुर- जसको नाममा २० भन्दा बढी योजना कालोसूचीमा छ । सारा ठेक्का सेटिङमा पार्छ र काम चोरेर अलपत्र गर्छ । ऊर्जा राज्यमन्त्री भएको आडमा कुलमान जोगाएको नाटक गर्दै कुलमानसँग मिलेर अर्बौँको ठेक्कापट्टामा मिलोमतो र अनियमितता गर्छ । अझै खतरनाक कुरा…

थप

काठमाडौं । प्रहरी प्रधान कार्यालयले १२१ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक दिपक थापाको निर्णयानुसार यही वैशाखको तलबभत्ता खानेगरी सम्बन्धित कार्यालयमा सरुवा हुन निर्देशन गरिएको छ । सरुवा सूचीअनुसार काठमाडौंका वृत्तहरू कालिमाटी, बानेश्वर, थानकोट, बालाजु र कीर्तिपुरका ईन्चार्ज फेरिएको छ । प्रहरी वृत्त कालिमाटीमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत डिएसपी मधु थापालाई लगिएको छ । बानेश्वरमा जिल्ला प्रहरी परिसर काठमाडौंको मुद्दा शाखाका डिएसपी हरि खतिवडा, थानकोटामा प्रहरी मुख्यालयको यूएन शाखामा कार्यरत डिएसपी एलिजा गिरी बालाजुमा मानव बेचबिखन ब्यूरोमा कार्यरत डिएसपी ज्ञानबहादुर विष्टलाई लगिएको छ । त्यस्तै, प्रहरी वृत्त कीर्तिपुरमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत डिएसपी…

थप

काठमाडौं । ३ दिनदेखि सम्पर्कविहीन चितवनका शिक्षक ओमराज मैनाली मृत भेटिएका छन् । उनी देवघाटस्थित नदी जलमापन केन्द्र नजिकै आज साँझ ५ः४० बजे मृत भेटिएका हुन् । सम्पर्कबिहिनपछि उनको खोजी तीब्र पारिएको थियो । पछिल्लो समय उनी भरतपुर महानगरपालिका-२ स्थित न्यू होराइजन इङ्लिस स्कुलमा प्राचार्य थिए । न्यू होराइजनमा मैनालीले केही दिन मात्र काम गरेका हुन् । त्यसअघि मैनाली भरतपुरको अंकुरम एकेडेमीमा सहायक प्राचार्यको रुपमा कार्यरत थिए । उनी ८ वैशाख साँझ ७ः३० बजे घरबाट निस्किएका थिए । राती ८ः३० बजेदेखि उनको मोबाइल अफ भएको थियो भने मोटरसाइकल देवघाटको पुल छेउमा फेला परेको थियो । मोटरसाइकलका आधारमा प्रहरीले नारायणी किनार…

थप

काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाराले तीन महिनामा काम काजको प्रगति विवरण सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय बारामा प्रमुखको रुपमा प्रहरी उपरीक्षक सन्तोष तामाङ आएसँगै माघ १८ गतेदेखि यता उल्लेखनीय प्रगति गरेको छ । एसपी तामाङ आएको दिनदेखि सिमानाका हुने तस्करीमा कडाई गरि करिब ६ करोड ५ लाख १४ हजार ६५७ रुपैयाँ बराबरको पक्राउ गरि वीरगन्ज भन्सार कार्यालयमा बुझाएको बारा प्रहरीले जनाएको छ । बारा प्रहरीले ३ महिनाको अवधिमा ७६ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरि १७ लाख ९९ हजार आठ सय रुपैयाँ जरिवाना असूली गरेको बारा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक तामाङले बताए । एसपी तामाङको यस अवधिको…

थप

काठमाडौं । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा पाँचौं जित निकालेको छ । बुधबार भएको खेलमा सनराइजर्स हैदराबादलाई ७ विकेटले हराउँदै मुम्बई तेस्रो स्थानमा उक्लिएको छ । हैदराबादले दिएको १४४ रनको लक्ष्य मुम्बईले ४.२ ओभर बाँकी छँदै ३ विकेट मात्र गुमाएर भेटायो । रोहित शर्माले ७० रन बनाए भने सुर्यकुमार यादव ४० रनमा अविजित रहे । हैदराबादका जीशान अन्सारी, इशान मलिंगा र जयदेव उनादकटले १-१ विकेट हात पारे ।त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १४३ रन बनाएको थियो । हेनरिच क्लासेनले सर्वाधिक ७१ तथा अभिनव मनोहरले ४३ रन बनाए ।एक समय १३…

थप

वीरगन्ज ११ बैशाख।बारा प्रहरीले अवैध रुपले भित्राएको चादी  पथलैयाबाट नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी कार्यालय बाराको मातहत रहेको प्रहरी चौकी पथलैयाबाट प्रहरी सहायक निरीक्षक अमृत मैनालीको कमान्डमा सिमरा उप- महानगरपालिका वडा नम्बर १ स्थित पथलैया चौकमा खटिएको प्रहरी टोलीले बीरगन्जबाट दाङ तर्फ जाँदै गरेको बा.प्र ३२५६ नम्बरको यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्दा बसको क्याबिन भित्र सिट मुनि वेवारिसे अवस्थामा टेपले बेरी राखिएको कार्टुन शंकास्पद लागी खोली हेर्दा उक्त कार्टुन भित्र लुकाई छिपाई राखिएको चाँदी ६ किलो ( ४) रोल बरामद गरेको प्रहरी नायब उपरीक्षक एवम बिजयराज पन्डितले जानकारी दिए।पक्राउ परेका  चाँदी करिब १० लाख ८० हजार मूल्य बराबरको रहेको प्रबक्ता…

थप

काठमाडौं । प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्रहरी निरीक्षक पदमा पदोन्नति भएका ६१ जनामध्ये ६० जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)ले दर्ज्यानी पाएका छन् । प्रहरी महानिरीक्षक दीपक थापाले प्रहरी प्रधान कार्यालय नक्सालमा बुधबार आयोजित समारोहमा उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरे । दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । पदोन्नतिसँगै वृद्धि भएको पदीय दायित्व र मर्यादालाई आत्मसाथ गरी संगठनको श्रीवृद्धिका लागि उच्च मनोबल एवं सामूहिक भावनाका साथ कार्यसम्पादन गर्न उनले निर्देशन दिए । समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी निरीक्षक सुदीप थापाले संगठनको…

थप