Author: Scoop Khabar

काठमाडौं । परोपकारस्थित पुलमुनी एक जना पुरूषको हत्या भएको छ । काभ्रेको भुम्लु गाउँपालिका-१० का ४२ वर्षीय माइला भन्ने विक्रम तामाङको हत्या भएको प्रहरीले जनाएको छ । वैशाख १६ गते बिहान साढे ११ बजेतिर धारिलो हतियार प्रहारबाट घाइते अवस्थामा फेला परेका तामाङलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर काठमाडौं लगिएकोमा उनको साढे १२ बजे मृत्यु भएको थियो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीका अनुसार विक्रमको हत्या आरोपमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी-७ घर भई डल्लु बस्ने ३२ वर्षीय आशिष श्रेष्ठलाई नियन्त्रणमा लिइएको छ । प्रहरीले घटनामा प्रयोग भएका कपडा, चक्कु र एउटा मोबाइल बरामद गरेको छ । श्रेष्ठमाथि ज्यान सम्बन्धी…

थप

काठमाडौं । मोरङको विराटनगरस्थित एक होटलमा नेपाल प्रहरीका तीनजना बहालवाला प्रहरी निरीक्षक (इन्सपेक्टर)बिच कुटाकुट भएको घटना सार्वजनिक भएको छ । प्रहरी संगठनभित्रैबाट घटनालाई दबाउन खोजेपनि सार्वजनिक भएको हो । प्राप्त जानकारी अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय विराटनगरका प्रमुख इन्स्पेक्टर राजन लम्साल, जिल्ला प्रहरी कार्यालय मोरङका सरोज खनाल र इलाका प्रहरी कार्यालय रङ्गेलीका सन्तोष खड्काबिच कुटाकुट भएको हो । तर, घटना एक साताअघिको हो । उनीहरु तीनैजना खानपानको लागि भनेर साँझपख एक होटलमा पुग्छन् । खानपिनको क्रममा मदिरा सेवनपछि आपसी भनाभन हुँदै झगडा भएपछि हात हालाहालको स्थिति बनेको प्रत्यक्षदर्शीले बताएका छन् । सुरुमा इन्स्पेक्टर लम्सालले खनाल र खड्कामाथि हातपात गरेको बुझिएको…

थप

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले श्वेत पत्र सार्वजनिक गरेको छ । शुक्रबार पत्रकारसम्मेलनको आयोजना गर्दै निर्देशक हितेन्द्रदेव शाक्यले श्वेत पत्र सार्वजनिक गरेका हुन् । श्वेत पत्र सार्वजनिक गर्दै उनले हालसम्म प्राधिकरण हाल ५ अर्ब २६ करोड नोक्सानीमा रहेको उल्लेख गरे । उनले आयकर ऐनको प्रावधान अनुसार थप ह्रासकट्टीको दाबीसहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानी मै रहेको जानकारी गराएका हुन् । उनले भने, ‘आ.व. २०८०/०८१ सम्म प्राधिकरणको कुल संचित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको छ भने चालु आ.व.को फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड भएको छ । तर आयकर ऐनको प्रावधान अनुसार…

थप

मनाङ । गृहमन्त्री रमेश लेखकले विपद् प्रतिकार्य एवं उद्दारका क्षेत्रमा सशस्त्र प्रहरी बल देश तथा विदेशका मानिसको विश्वास र भरोसा गर्ने संस्थाका रुपमा विकास हुदै गएको बताएका छन् । शुक्रबार मनाङमा आयोजित सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्दार तालिम शिक्षालयबाट प्रशिक्षित प्रशिक्षार्थीको दीक्षान्त समारोहमा बोल्दै गृहमन्त्री लेखकले हरेक स्थानमा हुने विपद् जोखिमको उद्दार र सिमा सुरक्षाका कारण सशस्त्र प्रहरी अब्बल बन्दै गएको बताए । ‘सीमा सुरक्षा, अपराध नियन्त्रणका साथै मानिस आक्रान्त भएको अवस्थामा सशस्त्र प्रहरीको योगदान सह्रानीय छ । यही योगदानले सशस्त्र प्रहरी देश तथा विश्वका मानिसको भरोसायोग्य बनेको छ । यसलाई थप उत्कृष्ट बनाउन लागिपरेका छौं,’ गृहमन्त्री लेखक भने,…

थप

काठमाडौं । सिरहामा मोटरसाइकलले छोएको निहुँमा विवाद हुँदा एक युवकमाथि खुकुरी प्रहार भएको छ । सिरहाको लहान नगरपालिका-३ दंग्राहा टोलका २७ वर्षीय देवकुमार महतोमाथि खुकुरी प्रहार भएको हो । महतोमाथि खुकुरी प्रहार हुँदा टाउको, घाँटी र ढाडमा चोट लागेको छ । उनी अहिले लहानस्थित प्रादेशिक अस्पतालमा उपचाररत छन् । अस्पतालले उनको अवस्था सामान्य रहेको जनाएको छ । सिरहा प्रहरी प्रवक्ता डीएसपी विरेन्द्रकुमार पासवानका अनुसार, घटनामा संलग्न रहेका ६२ वर्षीय जिवछ महतो, उनकी ६० वर्षीया श्रीमती सीतादेवी महतो र २१ वर्षीय छोरा मनिष महतोलाई नियन्त्रणमा लिइएको छ । खुकुरी प्रहार गरेका मुख्य अभियुक्त, जिवछका १९ वर्षीय छोरा मुकेश महतो भने फरार…

थप

काठमाडौं । मुम्बईको कोठीमा महिला बेचबिखन गरेको आरोप लागेका एक व्यक्ति पक्राउ परेका छन् । ३० वर्षदेखि फरार ती व्यक्ति हुन् सिन्धुपाल्चोक पाँचपोखरी थङपाल गाउँपालिका-७ खोङ्गेका ५७ वर्षीय चमारे भनिने चमार तामाङ । मानव बेचबिखन तथा ओसारपसार ब्युरोको टोलीले तामाङलाई बिहीबार उनकै घरबाट पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले बताए । उनले २०४४ साल पुस १९ गते काठमाडौंबाट दिल्ली हुँदै मुम्बई पुर्‍याएर एक महिलालाई बिक्री गरेको उजुरी प्रहरीमा थियो । मुम्बईमा रिता तामाङ गरेकी नेपाली महिलाले सञ्चालन गरेको कोठी नम्बर ७ मा पुर्‍याएर तामाङले ८० हजार रुपैयाँमा महिलालाई बिक्री गरेको प्रवक्ता कुँवरले बताए । कुँवरका अनुसार ती महिला चाबहिलस्थित…

थप

काठमाडौं । भारतको ओडिसा सरकारले कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा नेपाली छात्रा मृत भेटिएको घटनामा दुःख व्यक्त गरेको छ । बीटेक पहिलो वर्षमा अध्ययनरत नेपाली छात्रा प्रिसा साह आफ्नै होस्टलको कोठामा मृत भेटिएको घटनाको जाँच गर्न पनि आदेश दिएको छ । बिहीबार राति मृत भेटिएकी साहको घटनाको प्रहरीले घटनाको अनुसन्धान थालेको छ । करिब १५ सय नेपाली विद्यार्थी अध्ययन गर्ने यो शिक्षालयमा यस्तो घटना भएपछि नेपाली विद्यार्थीहरूलाई थप चिन्ता थपिएको छ ।

थप

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा जाने कुनै रुचि नभएको स्पष्ट पारेका छन् । १३६ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यथास्थितिवादी पार्टीहरूसँग मिलेर सरकारमा जाने कुनै रुचि नभएको बताउँदै आफूहरू जनताहरूसँग ठिक रहेको बताए । उनले सञ्चारमाध्यममा आउने विभिन्न समाचारहरूबाट अलमलमा नपर्न नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरे । आफूहरू फेरि एकचोटी नयाँ आर्थिक क्रान्तिद्वारा मुलुकमा देखिएका तमाम समस्याहरूको समाधान गर्न अग्रसर भएको जिकिर गरे । अध्यक्ष प्रचण्डले फेरि एकचोटी नयाँ आन्दोलन र नयाँ अभियानलाई सफल बनाएर संविधानको समीक्षा, संविधान संशोधनसहित अहिले भोगिरहेका…

थप

काठमाडौं । प्रहरीले इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार व्यक्तिलाई पक्राउ गरेको छ । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी दोलखाको गौरीशंकर गाउँपालिका–५ सुरी डाँडा टोल ठेगाना भएका बागसिं भन्ने रबिन तामाङ बिहीबार पक्राउ परेका हुन् । साउदी अरबबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमन हुने क्रममा एनसीबी काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनलाई विमानस्थलबाट पक्राउ गरेको हो । जबरजस्ती करणी मुद्दामा फरार रहेका उनलाई अन्तरराष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नका लागि जिल्ला प्रहरी कार्यालय दोलखाबाट अनुरोध भएपश्चात एनसीबी काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३ अगस्ट २१ मा उनीविरूद्ध रेड नोटिस जारी भएको थियो । उनलाई आवश्यक अनुसन्धान एवम्…

थप

काठमाडौं । आज बिहीबार बिहान मन्त्रिपरिषद्‌को बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान १० बजे सिंहदरबारमा बस्नेगरि मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । प्रधानमन्त्री ओलीको सचिवालयले दिएको जानकारीअनुसार आजै ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजाको पनि सपथ हुँदैछ । सरकारको सिफारिसमा गएको बुधबार राष्ट्रपति रामचन्द्र पौडेले गर्बुजालाई राज्यमन्त्री नियुक्त गरेका थिए । गर्बुजा म्याग्दीबाट निर्वाचित कांग्रेस सांसद हुन् । प्रधानमन्त्री ओलीले तत्कालीन ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङलाई वैशाख १० गते बर्खास्त गरेका थिए ।

थप