Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । जिल्ला प्रहरी कार्यालय डोल्पाको नेतृत्वमा पुनः प्रहरी नायव उपरीक्षक (डिएसपी) डा. हेमबहादुर केसीलाई खटाइएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालले उनलाई पुनः डोल्पा फर्काउने निर्णय गरेको हो । यसअघि, मुद्दा फाँटमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) शैलेन्द्रकुमार रसाइलीसँगको विवादपछि डा. केसी प्रहरी प्रधान कार्यालय काठमाडौं तानिएका थिए । ९ दिनको कार्यकालमै उनले सई रसाइलीमाथि हातपात गरेको आरोप लागेको थियो । छानबिनका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयबाट खटिएको नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीको टोलीले प्रतिवेदन बुझाइसकेको छ । गएको वैशाख १० गते डा. केसीको डोल्पा सरुवा गरिएको थियो । उनी १५ गते मात्र कार्यभार सम्हाल्न डोल्पा पुगेका थिए, तर…
काठमाडौं । नेपालका पूर्वप्रशिक्षक पुबुदु दासानायके पुनः अमेरिकाको प्रशिक्षक बनेका छन् । अमेरिकी क्रिकेटले ५४ वर्षे दासानायकेलाई पुनः भित्र्याउन पाउँदा निकै खुसी लागेको बुधबार जनाएको छ । दासानायके यसअघि २०१६ देखि २०१९ सम्म पनि अमेरिकाको पुरुष क्रिकेट टोलीका प्रशिक्षक थिए । सोक्रममा अमेरिकाले विश्व क्रिकेट लिग डिभिजन ४ देखि एकदिवसीय अन्तर्राष्ट्रियसम्मको यात्रा तय गरेको थियो । श्रीलंकाबाट ११ टेस्ट खेलेका क्यानेडियन नागरिक दासानायके योसँग तीन फरक देशमा २–२ पटक प्रशिक्षक बनेका छन् । उनकै प्रशिक्षकमा क्यानडाले २०११ को एकदिवसीय विश्वकप खेलेको थियो । त्यसपछि उनी नेपाल आएका थिए । दासानायकेकै कार्यकालमा डिभिजन ४ मा रहेको नेपालले डिभिजन २ हुँदै एकदिवसीय विश्वकप छनोटसम्म खेलेको थियो भने २०१४ मा…
काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस गर्न बनाइएको समितिमा डा. पोषराज पाण्डेलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त स्थानमा अर्थशास्त्री पाण्डेलाई नियुक्त गरेको हो । यसअघि गठित समितिमा अर्थविद्का रुपमा सदस्य नियुक्त भएका विश्व पौडेलले राजीनामा दिएपछि उक्त स्थान रिक्त थियो । गभर्नरका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पौडेलको नाम अघि सारेको चर्चा भएलगत्तै उनले सिफारिस समितिबाट राजीनामा दिएका थिए । महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि गत चैत २५ देखि गभर्नर नियुक्त हुन सकेको छैन ।
काठमाडौं । गायक प्रताप दास र गायिका दुर्गा खरेलको स्वरमा रहेको नयाँ गीत ‘ओइ नक्कले’ सार्वजनिक गरिएको छ । सुमन पण्डित ‘वैरागी’को शब्द, अर्जुन पोखरेलको संगीतमा रहेको गीतले त्रिकोणात्मक प्रेमकथा भन्छ । गीतको भिडियोमा सुशान्त कार्की, प्रियंका कार्की र कविता नेपालीको अभिनय देख्न सकिन्छ। दुई युवती र एक युवकबिचको प्रेम, मनोभावना र द्वन्द्वलाई भिडियोमा चित्रण गरिएको छ। माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा उत्सव दाहालको छायाङ्कन र कोरियोग्राफी सञ्जय विश्वकर्मा छ ‘द डिभाइन म्युजिक’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । https://www.youtube.com/embed/FBAWPc46eBU?si=zDAsKR-XwkHKYGCh
काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगीमा मुछिएकी नेपाली कांग्रेसकी सांसद माया राईलाई अदालतले १० लाख धरौटीमा रिहा गरेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले बुधबार राईलाई धरौटीमा छाड्न आदेश दिएको छ । आदेशलगत्तै १० लाख धरौटीको प्रक्रिया पूरा गरी राई घर फर्किएको काठमाडौं जिल्ला अदालतका श्रेष्तेदार तीर्थराज भट्टराईले बताए । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको तत्कालीन सहसचिव रहेकी राईले सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेकी थिइन् । बुधबार बयान र थुनछेक बहस भएपछि उनलाई धरौटीमा छाड्न आदेश भएको छ । सांसद राई सञ्चालक समितिमा रहेको अवधिमा करीब साढे २ करोड रुपैयाँ अपचलन भएको आरोप छ ।
काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) टेक बहादुर तामाङले लागुऔषध रोकथाम तथा नियन्त्रणको लागि सबै सरोकारवाला निकायहरूको समन्वय तथा सहकार्य आवश्यक रहेको बताएका छन् । लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत तारकेश्वर नगरपालिका र सामुदायिक प्रहरी सेवा केन्द्र बोहोराटार बालाजुको आयोजनामा तारकेश्वर नगरपालिकाको सभाहलमा बुधबार भएको सचेतनामूलक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले देशैभरी समस्याको रूपमा देखिएको लागुऔषध दुर्व्यसनले शान्ति सुरक्षामा असर गर्नुका साथै विभिन्न आपराधिक क्रियाकलापहरू समेत वृद्धि भएको बताए । उपत्यका प्रहरी कार्यालयद्वारा लागुऔषध विरूद्धको महाअभियान कार्यक्रम गत फागुन १७ गते गृहमन्त्री रमेश लेखकले नेपाल पुलिस क्लब भृकुटीमण्डपमा एक समारोहबीच शुभारम्भ गरेका थिए…
एजेन्सी । आतंकवादी नेताका रुपमा चिनिएका हाफिज सईदका भतिजा तथा भारतमा धेरै आतंकवादी हमलाहरूमा संलग्न फैजल नदीम उर्फ अबु कटाल मारिएका छन् । भारतीय मिडीया रिपोर्टका अनुसार यो आक्रमण पाकिस्तानको पञ्जाबको झेलम जिल्लाको मंगला बाइपासमा भएको थियो । केही अज्ञात व्यक्तिहरूले अचानक उनको कारमा गोली चलाएर भागे । जानकारी पाएपछि स्थानीय प्रहरी घटनास्थलमा पुग्दा उनीहरूले फैजल नदीमलाई कारबाट बाहिर निकाले र उनी रगतमा लतपतिएका अवस्थामा थिए । डाक्टरहरूले उनलाई मृत घोषित गरे । नदीम २०२३ मा जम्मू कश्मीरको राजौरीमा भएको आक्रमण गर्ने लश्कर-ए-तैयबा आतंककारीहरूको पछाडिको मास्टरमाइन्ड मध्ये एक थिए । दुई दिनसम्म चलेका आक्रमणहरूमा ७ जनाको मृत्यु हुनुका साथै धेरै…
काठमाडौँ । काठमाडौंको नागढुंगामा प्रहरी जवानमाथि कुटपिट गर्ने ट्राफिक प्रहरीका निरीक्षक (इन्स्पेक्टर) जितेन्द्र साह कारबाहीमा परेका छन् । बुधवार सार्वजनिक ठाउँ सडकमै इन्स्पेक्टर साहले जवानलाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । सहायक जवानमाथि कुटपिट गर्ने इन्स्पेक्टर साहको जिम्मेवारी खोसिएको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालले जानकारी दिए । साहमाथि छानबिन सुरु भएको उनले बताए । साहलाई उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ बोलाइएको र अनुसन्धानपश्चात् थप कारबाही प्रक्रिया अघि बढाइने खनालले बताए । घटना बुधबार दिउँसोको हो । कुटाई खाने जवान प्रहरी प्रभाग नागढुंगामा कार्यरत थिए भने प्रहरी निरीक्षक साह ट्राफिक प्रहरी प्रभाग नागढुंगाका प्रमुख…
काठमाडौं । ट्राफिक प्रहरी प्रभाग नागडढुंगाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) जितेन्द्र साहले एकजना प्रहरी जवानलाई कुटेका छन् । बुधवार सडकमै इन्स्पेक्टर साहले जवानलाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडिओ सार्वजनिक भएपछि त्यसबारे बुझ्ने काम भइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । नागढुंगामा कार्यरत इन्स्पेक्टर र जुनियर प्रहरीको बिचमा विवाद भएको हो । कुटाई खाने जवान प्रहरी प्रभाग नागढुंगामा कार्यरत हुन् । ट्राफिक प्रहरी निरीक्षक साह ट्राफिक प्रहरी प्रभाग नागढुंगाका प्रमुख हुन् । जवानले ट्रक चालकसँग रकम लिएको भेटेपछि आफूले कुटेको उनले आफ्नो कमाण्डमा जानकारी गराएका छन् ।
काठमाडौं । काठमाडौं महानगरपालिका-२४ स्थित मखन गल्लीको एक घरमा बुधबार बिहान आगलागी हुँदा एक वृद्धाको मृत्यु भएको छ । खाना पकाउने ग्यास लिक भएर आगो फैलिएको बताइएको छ । मखन टोलस्थित दयाराम श्रेष्ठको घरको तेस्रो तल्लाबाट आगलागी सुरू भएको थियो । आगलागी थाहा भएको पाएर अरु भागेपनि चौथो तलामा बस्दै आएकी ८० वर्षीया वृद्धा भने घरबाहिर निस्कन सकिनन् । आगो निभाउने क्रममा काभ्रे घर भएकी ८० वर्षीया विष्णु अधिकारी मृत फेला परेको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरीका अनुसार ती वृद्धा नाङ्लोमा सामान राखेर बेच्ने काम गर्दै आएको खुलेको छ । मृतक वृद्धाले गत चैतमा मात्र श्रीमान गुमाएकी थिइन् ।…