काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस गर्न बनाइएको समितिमा डा. पोषराज पाण्डेलाई नियुक्त गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त स्थानमा अर्थशास्त्री पाण्डेलाई नियुक्त गरेको हो ।
यसअघि गठित समितिमा अर्थविद्का रुपमा सदस्य नियुक्त भएका विश्व पौडेलले राजीनामा दिएपछि उक्त स्थान रिक्त थियो ।
गभर्नरका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पौडेलको नाम अघि सारेको चर्चा भएलगत्तै उनले सिफारिस समितिबाट राजीनामा दिएका थिए ।
महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि गत चैत २५ देखि गभर्नर नियुक्त हुन सकेको छैन ।
Facebook Comments Box
