काठमाडौं । जिल्ला प्रहरी कार्यालय डोल्पाको नेतृत्वमा पुनः प्रहरी नायव उपरीक्षक (डिएसपी) डा. हेमबहादुर केसीलाई खटाइएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालले उनलाई पुनः डोल्पा फर्काउने निर्णय गरेको हो ।
यसअघि, मुद्दा फाँटमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) शैलेन्द्रकुमार रसाइलीसँगको विवादपछि डा. केसी प्रहरी प्रधान कार्यालय काठमाडौं तानिएका थिए ।
९ दिनको कार्यकालमै उनले सई रसाइलीमाथि हातपात गरेको आरोप लागेको थियो । छानबिनका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयबाट खटिएको नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीको टोलीले प्रतिवेदन बुझाइसकेको छ ।
गएको वैशाख १० गते डा. केसीको डोल्पा सरुवा गरिएको थियो । उनी १५ गते मात्र कार्यभार सम्हाल्न डोल्पा पुगेका थिए, तर सात दिन नपुग्दै विवादमा मुछिएपछि १६ गते नै प्रधान कार्यालय बोलाइएको थियो ।
विवादास्पद डिएसपी भन्दै तानिएका केसीको पुनः फिर्तीले सुरक्षामाथि प्रश्न उठाएको छ ।