काठमाडौं । ट्राफिक प्रहरी प्रभाग नागडढुंगाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) जितेन्द्र साहले एकजना प्रहरी जवानलाई कुटेका छन् । बुधवार सडकमै इन्स्पेक्टर साहले जवानलाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
भिडिओ सार्वजनिक भएपछि त्यसबारे बुझ्ने काम भइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । नागढुंगामा कार्यरत इन्स्पेक्टर र जुनियर प्रहरीको बिचमा विवाद भएको हो ।
कुटाई खाने जवान प्रहरी प्रभाग नागढुंगामा कार्यरत हुन् । ट्राफिक प्रहरी निरीक्षक साह ट्राफिक प्रहरी प्रभाग नागढुंगाका प्रमुख हुन् ।
जवानले ट्रक चालकसँग रकम लिएको भेटेपछि आफूले कुटेको उनले आफ्नो कमाण्डमा जानकारी गराएका छन् ।
Facebook Comments Box
