Author: Scoop Khabar

काठमाडौं । नेपालका किक बक्सर अविरल घिमिरे, जसलाई ‘हिमालयन चितुवा’को नामले पनि चिनिन्छ । आइतबार जापानको ओसाका शहरमा आयोजना भएको ‘के वन क्रस १७५’ प्रतियोगितामा जापानी च्याम्पियन ओडा जिन्कुलाई पराजित गर्दै ऐतिहासिक जित हात पारेका छन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै अविरलले जापानी प्रतिद्वन्द्वीलाई पराजित गर्दै नेपाली खेलकुद क्षेत्रमा आफ्नो नाम थप उज्यालो पारेका छन् । थाइल्याण्डको फुकेटस्थित टाइगर मोथाई क्लबमा करिब डेढ महिना आफ्नै खर्चमा बन्द प्रशिक्षण लिएका अविरलको तयारीले सफलता पाएका हुन् । पूर्वअन्तर्राष्ट्रिय किक बक्सर तथा फुलकन्ट्याक कराते खेलाडी देव घिमिरेका अनुसार अविरलले ‘के वन क्रस १७५’ प्रतियोगितामा जापानी च्याम्पियन जिन्कुलाई पराजित गर्दै ऐतिहासिक जित हात पारेका हुन्…

थप

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारी चढ्ने गरेको सरकारी गाडी दुर्घटनामा परेको छ । उक्त गाडी उदयपुरको जंगल क्षेत्रमा दुर्घटनामा परेको हो । घटनामा गम्भीर मानवीय क्षति नभए पनि गाडीमा ठूलो क्षति भएको स्रोतले जनाएको छ । प्राप्त जानकारीअनुसार एआईजी अधिकारीको बा.एए ७४७३ नम्बरको टोयोटा फर्च्युनर गाडी दुर्घटनामा परेको हो । यद्यपि, दुर्घटनाबारे प्रहरी निकायबाट कुनै औपचारिक जानकारी दिइएको छैन । गाडीमा कति जना सवार थिए ? दुर्घटनाको कारण के थियो ? भन्नेबारे यकिन विवरण सार्वजनिक गरिएको छैन । उच्च प्रहरी अधिकारीको व्यक्तिगत यात्राका कारण जानकारी नदिइएको हुनसक्ने अनुमान छ । एआईजी अधिकारी अपराध अनुसन्धान विभागको प्रमुख समेत…

थप

काठमाडौं । सिरहा प्रहरीले लागूऔषध खैरो हिरोइन कारोबार गर्ने दाजुबहिनीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लहान नगरपालिका-२२ बस्ने अन्दाजी ३२ वर्षका दिनेश कुमार यादव र उनकी बहिनी अन्दाजी वर्ष २६ की किरण कुमारी यादव रहेकी छन् । पक्राउ परेका उनीहरुलाई सिरहा प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । पक्राउ परेका उनीहरुको साथबाट २०८.९० ग्राम खैरो हेरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवंम् प्रहरी नायब उपरीक्षक (डिएसपी) विरेन्द्र कुमार पासवानले जानकारी दिए । त्यस्तै ५४ लाख ६५ हजार ७३५ रुपैयाँ नेपाली, ३५ हजार ७८० रुपैयाँ भारु, ६ थान मोबाइल र डिजिटल तराजुसमेत बरामद भएको डिएसपी…

थप

काठमाडौं । मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियानका क्रममा दैलेख पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्थानीयले काँक्रो उपहार दिएका छन् । दैलेख सदरमुकाम जाँदै गर्दा चामुण्डा बिन्द्रासैनी नगरपालिका–६ जम्बुकाँधमा स्थानीय किसान नगेन्द्र खड्काले प्रचण्ड नेतृत्वको अभियान टोलीलाई काँक्रोले स्वागत गरेका हुन् । गलामा माला लगाएका प्रचण्डले काँक्रो ग्रहण गर्दै खुसी व्यक्त गरे । खेती–किसानीमार्फत जीवन निर्वाह गर्दै आएका खड्काले पनि देशको पूर्वप्रधानमन्त्रीलाई आफ्नै मिहिनेतले उब्जाएको काँक्रो उपहार दिन पाउँदा खुसी लागेको बताए । माओवादी केन्द्र निकट किसान संगठमा आवद्ध उनले डोकोमा काक्रो बोकेका थिए । अभियान टोली अहिले भैरवी गाउँपालिकाको जलजले पुगेको छ । त्यहाँ प्रचण्डसहितका नेताले पेट्रोलियम…

थप

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले जेठ १५ गते हाइ अलर्ट (उच्च सतर्क) रहन सुरक्षा निकायलाई निर्देशन दिएका छन् । आज बिहान नेपाल पुलिस क्लबमा उपत्यकाका प्रहरी कार्यालय प्रमुखलाई निर्देशन दिँदै आईजीपी थापाले राजनीति व्यवस्था र संविधानविरोधी तत्व सल्बलाएको भन्दै गणतन्त्र दिवसका दिन राजावादीले गर्ने भनेको प्रदर्शनलाई लिएर ‘हाई अलर्ट’ रहन निर्देशन दिएका हुन् । राजनीति व्यवस्था र संविधानविरोधी तत्व सल्बलाएको भन्दै यसलाई अत्यन्तै गम्भीरतापूर्वक लिन मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिँदै आईजीपी थापाले भने–‘कानूनको कार्यान्वयन, जनताको जीउधनको सुरक्षा र जनजीवनलाई सहज बनाउने कामलाई महत्त्व दिनु ।’ हाल देखिएका सुरक्षा चुनौतिलाई अवसरको रूपमा बदल्नुपर्ने चर्चा गर्दै आईजीपी थापाले सबै प्रहरी…

थप

काठमाडौं । नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डिआईजी) मा बढुवा ढिलाईले अस्वस्थ्य प्रतिस्पर्धा बढेको छ । २०८२ वैशाख १६ गते छ जना डिआईजी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएसँगै १० डिआईजी पद रिक्त छ । डिआईजीको दरबन्दी रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय २ महिनादेखि प्रमुखविहिन भएको लामो समयसँग बित्तिसक्दा पनि बढुवा प्रक्रिया बढेको छैन । सरकारले बढुवामा ढिलाइ गर्दा प्रतिस्पर्धीहरु तिव्र दौडधुप र चलखेलमा लागेका छन् । १६ वैशाखमा सरकारले डिआईजीहरु चन्द्रकुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोज केसीलाई एआईजीमा बढुवा गरेको थियो । यो लगत्तै नेपाल प्रहरीमा रिक्त १० जना डिआईजीमा बढुवाको…

थप

काठमाडौं । बारामा जारी जितपुर-सिमरा व्यापार तथा सांस्कृतिक महोत्सव तोकिएको समयभन्दा ढिलासम्म सञ्चालन भएपछि प्रहरीले हस्तक्षेप गरेको छ । रातको समयमा शान्ति सुरक्षामा चुनौती हुने भन्दै प्रहरीले रातिको महोत्सव बन्द गराएको हो । प्रशासनले बिहान १० देखि साँझ ६ बजेसम्म अनुमति दिए पनि आयोजकले राति ९ बजेसम्म टिकट बेचेका थिए । आयोजकले अटेरी गरेर शनिबार रातिसम्म महोत्सव सञ्चालन गरेपछि डीएसपी शुभद्रा वाइबा आफैं स्टेचमा पुगेर महोत्सवको सांस्कृतिक कार्यक्रम रोकिदिइन् । भोजपुरी गायक सुनील पण्डित आफ्नो प्रस्तुति दिइरहेकै बेला डिएसपी वाइबाले स्टेजमा चढेर माइक नियन्त्रणमा लिइन् र माइकको लाइन पनि झिकिदिइन् । अनुमति पाएको समयभन्दा धेरै पछि (रातिमा) टिकट बिक्री भइरहेकोले…

थप

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनमा खुकुरी प्रहारबाट चारजना घाइते भएका छन् । लमजुङ बेँसीसहर नगरपालिका–८ स्थित प्रगतिटोल आमा समूह भवनमा आयोजित कार्यक्रममा शनिबार तरुण दलको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटनसत्रमा खुकुरी प्रहार भएको हो । घाइते हुनेमा बेँसीसहर नगरपालिका–९ का वडाध्यक्षसमेत रहेका तरुण दलका क्षेत्रीय सभापति खुसीजङ्ग गुरुङ, नेपाली कांग्रेस लमजुङका जिल्ला कार्यसमिति सदस्य किशोरजङ्ग बस्नेत, नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य सुदीप अधिकारी र नेपाल तरुण दलका सदस्य धन घले घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिए । घाइतेमध्ये खुसीजङ्ग र सुदीपलाई सियमी चितवन मेडिकल कलेज भरतपुर लगिएको छ…

थप

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकमा सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमाथि आपत्ति जनाएका छन् । प्रधानमन्त्री ओलीले छानीछानी कांग्रेसका नेताहरुलाई दुःख दिइरहेको भन्दै सांसदहरुले पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका हुन् । प्रधानमन्त्री ओलीको दमन रहेर सरकारमा बस्नु परेको भन्दै पूर्व ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ र शंकर भण्डारी बैठकमै भावुक भएका थिए । एक सांसदले बताएअनुसार सहकारी ठगी प्रकरणमा १८ दिन हिरासतमा बसेर काठमाडौं जिल्ला अदालतको आदेशपछि धरौटीमा छुटेकी सांसद माया राई भने बैठकमै डाको छाडेर रोएक थिईन् । सांसद राईले ओलीले अनावश्यक रुपमा आफूहरुलाई दुःख दिने नियत राखेको सुनाईन् । सांसद मञ्जु खाणसमेत बैठकमा वर्तमान सरकारमा कांग्रेस…

थप

काठमाडौं । प्रहरी प्रधान कार्यालयले रिक्त रहेको नायब महानिरीक्षक (डिआईजी) पदमा बढुवा सिफारिसको तयारी गरेपनि सकिरहेको छैन । राजनीतिक खिचातानीकारण बढुवा हुन नसकेकेको बताइएको छ । संगठन प्रमुखले आफूअनुकुल बढुवा गर्न पाएका छैनन् । सत्तासीन दलकै नेताहरूको दबाब आएपछि बढुवा सिफारिस गर्न नसकिएको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ । गतसाल २०८१ चैतदेखि नै प्रहरीमा डिआईजीको पद रिक्त भएपनि बढुवा रोकिएको थियो । हाल प्रहरी संगठनमा १० वटा डिआईजीको पद रिक्त छ । प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, कांग्रेस सभापति शेरबहादुर देउवा, उनकी पत्नी आरजु राणालगायत शीर्ष नेताहरुले आफ्नो गोजीबाट नाम निकाल्दै सिफारिस गर्न दबाब दिएपछि बढुवा प्रक्रिया लम्बिएको…

थप