काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारी चढ्ने गरेको सरकारी गाडी दुर्घटनामा परेको छ । उक्त गाडी उदयपुरको जंगल क्षेत्रमा दुर्घटनामा परेको हो ।
घटनामा गम्भीर मानवीय क्षति नभए पनि गाडीमा ठूलो क्षति भएको स्रोतले जनाएको छ । प्राप्त जानकारीअनुसार एआईजी अधिकारीको बा.एए ७४७३ नम्बरको टोयोटा फर्च्युनर गाडी दुर्घटनामा परेको हो ।
यद्यपि, दुर्घटनाबारे प्रहरी निकायबाट कुनै औपचारिक जानकारी दिइएको छैन ।
गाडीमा कति जना सवार थिए ? दुर्घटनाको कारण के थियो ? भन्नेबारे यकिन विवरण सार्वजनिक गरिएको छैन । उच्च प्रहरी अधिकारीको व्यक्तिगत यात्राका कारण जानकारी नदिइएको हुनसक्ने अनुमान छ ।
एआईजी अधिकारी अपराध अनुसन्धान विभागको प्रमुख समेत हुन् ।
यसअघि स्रोतको विश्वास गर्दै एआइजी अधिकारी सवार गाडी दुर्घटनामा परेको भनी खबर सम्प्रेषण भएको र उक्त गाडीमा एआइजी अधिकारी सवार नरहेकाले समाचार सच्चाइएको छ । सम्पादक:-
