काठमाडौं । नेपालका किक बक्सर अविरल घिमिरे, जसलाई ‘हिमालयन चितुवा’को नामले पनि चिनिन्छ । आइतबार जापानको ओसाका शहरमा आयोजना भएको ‘के वन क्रस १७५’ प्रतियोगितामा जापानी च्याम्पियन ओडा जिन्कुलाई पराजित गर्दै ऐतिहासिक जित हात पारेका छन् ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै अविरलले जापानी प्रतिद्वन्द्वीलाई पराजित गर्दै नेपाली खेलकुद क्षेत्रमा आफ्नो नाम थप उज्यालो पारेका छन् । थाइल्याण्डको फुकेटस्थित टाइगर मोथाई क्लबमा करिब डेढ महिना आफ्नै खर्चमा बन्द प्रशिक्षण लिएका अविरलको तयारीले सफलता पाएका हुन् ।
पूर्वअन्तर्राष्ट्रिय किक बक्सर तथा फुलकन्ट्याक कराते खेलाडी देव घिमिरेका अनुसार अविरलले ‘के वन क्रस १७५’ प्रतियोगितामा जापानी च्याम्पियन जिन्कुलाई पराजित गर्दै ऐतिहासिक जित हात पारेका हुन् । देव अविरलका आफ्नो बुबा हुन् ।
अविरलले यसअघि ‘के वान वल्र्ड म्याक्स २०२५’ प्रतियोगितामा जापानको टोकियोमा जापानी बक्सर यसुहितो सिरासुलाई दुई राउन्डमै पराजित गर्दै उपाधि जितेका थिए ।
जापानमा निरन्तर सफलता हात पार्दै अविरल घिमिरेले नेपाली खेलकुदमा आफ्नो पहिचानलाई अझ मजबुत बनाएका छन् ।
