Author: Scoop Khabar

कास्की । रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी सहायक हवलदार दीपेन्द्र विष्टको शव पहिचान भएको छ । पाल्पाको तानसेन नगरपालिका–१० घर भएका ३४ वर्षीय विष्ट इलाका प्रहरी कार्यालय टिमुरे, रसुवामा कार्यरत थिए । बाढीपछि बेपत्ता भएका उनको शव गोरखामा फेला परेको थियो । शव व्यवस्थापनका लागि पोखरा महानगरपालिका–१० रामघाटस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको थियो । शनिबार मृतक विष्टका दाजु दीपकबहादुर विष्टले शवको सनाखत गरेका हुन् । पहिचानपछि शव अन्त्येष्टिका लागि परिवारले घर लगेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार रसुवा बाढीपछि विभिन्न जिल्लामा फेला परेका १०२ शव पोखरा ल्याइएको छ । शनिबार साँझसम्म ५०…

थप

काठमाडौं । नेपाल प्रहरीका पूर्व संगठन प्रमुख मञ्चले चीनतर्फको तिब्बत क्षेत्रमा गएको हिमपहिरो तथा प्राकृतिक विपत्तिका कारण नेपाल–चीन सीमा क्षेत्र र तटीय क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ। मञ्चका संयोजक तथा पूर्व प्रहरी महानिरीक्षक मोतिलाल बोहोराले विज्ञप्ति जारी गर्दै विपत्तिमा परी ज्यान गुमाएका नेपाली तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्। बाढीपहिरोका कारण अझै ठूलो संख्यामा नेपाली तथा विदेशी नागरिक बेपत्ता रहेको र उद्धार कार्यमा चुनौती थपिएको भन्दै मञ्चले बेपत्ता भएकाहरूको खोजी, उद्धार तथा राहत वितरणलाई थप प्रभावकारी बनाउन सम्बन्धित सबै पक्षसँग माग गरेको छ। सीमावर्ती क्षेत्रमा रहेका अस्थायी तालहरू फुट्ने र…

थप

काठमाडौं । चीनसँगको सीमावर्ती क्षेत्र तिब्बततर्फबाट बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेर बेपत्ता भएका प्रहरी कर्मचारीको नामावली नेपाल प्रहरीले सार्वजनिक गरेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार २७ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन्। उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहे पनि हालसम्म अवस्था पत्ता लाग्न सकेको छैन। बाढीमा परेका मध्ये प्रहरी चौकी बेत्रावतीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रामकाजी पौडेलको शव भने फेला परेको छ। शवको सनाखत भएपछि उनका आफन्तले बुझिसकेका छन्। बेपत्ता हुने प्रहरी कर्मचारीहरूमा प्रहरी जवानदेखि प्रहरी सहायक निरीक्षक (सई) दर्जासम्मका कर्मचारी रहेका छन्। नेपाल प्रहरीले बेपत्ता प्रहरीको खोजीका लागि उद्धार तथा सुरक्षा टोली…

थप

काठमाडौं । देश बाढीपहिरोको चपेटामा परिरहेका बेला विपद् प्रभावितका लागि सहयोग जुटाउने क्रम तीव्र छ। सरकारको राहत कोषमा विभिन्न क्षेत्रबाट आर्थिक सहयोग पुगिरहेको छ भने बैंक तथा वित्तीय संस्थाहरूले पनि आ–आफ्नो तर्फबाट सहयोग गरिरहेका छन्। यही क्रममा मुक्तिनाथ विकास बैंकले गरेको राहत सहयोग भने रकमका कारणभन्दा पनि एउटा तस्बिरका कारण विवादमा तानिएको छ। सरकारलाई राहत रकम हस्तान्तरण गर्ने क्रममा बैंकका पूर्वअध्यक्ष भरतराज ढकाल अर्थमन्त्रीसँगै देखिएपछि उनको उपस्थितिलाई लिएर प्रश्न उठेको हो। ढकाल अहिले मुक्तिनाथ विकास बैंकको कुनै पनि जिम्मेवारीमा छैनन्। उनी बैंकका सञ्चालकसमेत होइनन्। तर, बैंकको तर्फबाट सरकारलाई सहयोग हस्तान्तरण गर्ने कार्यक्रममा उनी अर्थमन्त्रीसँगै फोटोमा देखिएपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया…

थप

काठमाडौं । रसुवाको भोटेकोसी बाढीपछि परिवार तथा आफन्तको सम्पर्कमा नरहेका इलाका प्रहरी कार्यालय कालिकास्थान, रसुवाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रमेश राय यादव सम्पर्कमा आएका छन्। यादवले शुक्रबार राति सामाजिक सञ्जालमार्फत आफू सकुशल रहेको जानकारी दिएका हुन्। उनले आफू अहिले बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा खटिरहेको बताएका छन्। रसुवामा विगत दुई दिनदेखि नेटवर्कमा समस्या रहेकाले नियमित सम्पर्क हुन नसकेको उनले स्पष्ट पारेका छन्। नेटवर्क अस्थिर हुनुका साथै उद्धार कार्यमा निरन्तर खटिनुपरेकाले फोन तथा म्यासेजको जवाफ दिनसमेत नसकेको उनको भनाइ छ। ‘फोन रिसिभ गर्नसमेत समय पर्याप्त नभएर यहाँहरूको कल, म्यासेजको रेस्पोन्स गर्न पाएको छैन, त्यसप्रति क्षमाप्रार्थी छु,’ यादवले सामाजिक सञ्जालमा लेखेका…

थप

नुवाकोट । भदौ १० गते बिहान करिब १० बजेको थियो। नुवाकोटको देवीघाट बजारमा स्थानीयहरू खाना खाँदै थिए। कोही खाना पकाउँदै थिए भने कोही खाना खाने तयारीमा। त्यही बेला देवीघाट प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) अरुणकुमार बैठाको सञ्चार सेटमा आपत्कालीन सूचना आयो- भोटेकोसीमा ठूलो बाढी आएको छ, तटीय क्षेत्रका बासिन्दालाई तत्काल माइकिङमार्फत जानकारी गराउनू। जिल्ला प्रहरी कार्यालय नुवाकोटको सञ्चार शाखाबाट आएको आदेशलगत्तै असई बैठाले मोटरसाइकल चालक बोलाए र माइकिङ गर्दै देवीघाटका तल्लो तथा माथिल्लो बजारतर्फ दौडिए। उनको चेतावनीपछि स्थानीयहरू धमाधम सुरक्षित स्थानतर्फ लाग्न थाले। कतिपयले खाना खाँदै गरेको गाँससमेत छाडे भने कतिले पस्किएको खाना त्यत्तिकै छाडेर घरबाट निस्किए। बैठा…

थप

झापा । पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार साँझ झापा पुगेका छन्। बुद्ध एयरको विमानबाट भद्रपुर विमानस्थलमा अवतरण गरेका शाह छोरी प्रेरणा राज्यलक्ष्मी देवी सिंहसहित दमकतर्फ लागेका हुन्। भद्रपुरबाट उनी दमकस्थित हिमालय–महालक्ष्मी चिया बगान परिसरमा रहेको मिनी दरबार पुगेका छन्। पूर्वराजा शाह झापा आउँदा यही स्थानलाई बसाइको मुख्य थलो बनाउँदै आएका छन्। यसपटक उनको बसाइ भदौ १६ गतेसम्म रहने बताइएको छ। शाहको स्वागतका लागि नेपाल विद्वत् परिषद्का केन्द्रीय अध्यक्ष जीतबहादुर अर्जेल, उपाध्यक्ष बल्लवप्रसाद दाहाल, अर्जुनधाराकी सुभद्रा देवी ‘सोना’ गेलाल, विराटनगरका सन्दिप घिमिरेलगायत करिब १५ जना भद्रपुर विमानस्थल पुगेका थिए। भ्रमणको विस्तृत कार्यक्रम भने सार्वजनिक गरिएको छैन। प्रारम्भिक विवरणअनुसार भ्रमण निजी प्रकृतिको रहेको…

थप

काठमाडौं । सरकारले वरिष्ठ सहसचिव इन्दु घिमिरेलाई सचिवमा बढुवा गर्दै रक्षा मन्त्रालयको सचिवमा पदस्थापन गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बढुवा सिफारिस समितिबाट पहिलो नम्बरमा सिफारिस भएकी घिमिरेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। सचिवमा बढुवा हुनुअघि उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत थिइन्। यसैगरी, रक्षा सचिव केदारनाथ शर्मालाई गृह मन्त्रालयको सचिवमा सरुवा गरिएको छ। शर्मालाई गृहमा सरुवा गरेपछि रिक्त भएको रक्षा सचिवमा नवनियुक्त सचिव घिमिरेलाई पदस्थापन गरिएको हो। सचिवमा बढुवा भएलगत्तै पहिलो पदस्थापनमै रक्षा मन्त्रालयको जिम्मेवारी पाउने अवसर घिमिरेले पाएकी छन्।

थप

काठमाडौं । सरकारले गृह सचिवको जिम्मेवारी केदारनाथ शर्मालाई दिएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई गृह सचिवमा सरुवा गर्ने निर्णय गरेको हो। यसअघि रक्षा मन्त्रालयका सचिव रहेका शर्मा २०८२ मंसिरमा रक्षा मन्त्रालयको जिम्मेवारीमा पुगेका थिए। अब उनलाई गृह मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको हो। हाल गृह सचिव रहेका राजकुमार श्रेष्ठ भदौ १५ गतेदेखि अनिवार्य अवकाशमा जाने भएपछि सरकारले नयाँ गृह सचिवका रूपमा शर्मालाई जिम्मेवारी दिने निर्णय गरेको हो। शर्माले अब गृह प्रशासन, सुरक्षा व्यवस्थापन तथा मन्त्रालयअन्तर्गतका महत्वपूर्ण जिम्मेवारी सम्हाल्नेछन्।

थप

रौतहट । मधेश प्रदेश सरकारले एउटै कार्यालयमा लामो समयदेखि कार्यरत लेखा समूहका कर्मचारीहरूको सरुवा गरेको छ। प्रदेश सरकारको अर्थ मन्त्रालयले लेखा अधिकृत र लेखापाल गरी ७६ जना कर्मचारीको सरुवा गरेको हो। मन्त्रालयका अनुसार दुई वर्षभन्दा बढी समयदेखि एउटै कार्यालयमा कार्यरत कर्मचारीलाई सरुवामा समेटिएको छ। लामो समय एउटै कार्यालयमा रहँदा उत्पन्न हुन सक्ने एकाधिकार तथा प्रशासनिक बेथिति नियन्त्रण गर्ने उद्देश्यले सरुवा गरिएको मन्त्रालयले जनाएको छ। मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले प्रदेशको वित्तीय प्रशासनलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले सरुवा प्रक्रिया अघि बढाइएको बताएका छन्। मन्त्रालयले एउटै कार्यालयमा लामो समयसम्म कर्मचारी बस्ने प्रवृत्तिले वित्तीय सुशासनमा चुनौती सिर्जना गर्नसक्ने भन्दै प्रशासनिक…

थप