Author: Scoop Khabar

काठमाडौं । विभागीय अनुसन्धानको दायरामा परेका झापा र सुनसरीका प्रमुखसहित सशस्त्र प्रहरी बल (एपीएफ) का ३३ जना प्रहरी उपरीक्षक (एसपी) को एकैपटक सरुवा गरिएको छ। सशस्त्र प्रहरी मुख्यालयले संगठनभित्र अनुशासन, कार्यसम्पादन र सीमा सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित सरुवा सूची सार्वजनिक गरेको हो। मुख्यालयका अनुसार महानिरीक्षकको साउन २१ गतेको निर्णयअनुसार सशस्त्र प्रहरी नियमावली, २०७२ बमोजिम सरुवा गरिएको हो। सरुवा आगामी भदौ १ गतेदेखि लागू हुनेछ। झापाका एसपीमाथि के आरोप? झापास्थित नम्बर–२ हेडक्वार्टरका तत्कालीन प्रमुख एसपी अम्बिकाप्रसाद जोशीमाथि सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणमा कमजोरी, घुमुवा परिचालनमार्फत अवैध असुली तथा संगठनभित्र अनुशासनसम्बन्धी विषयमा अनुसन्धान सुरु भएपछि उनलाई मुख्यालय तानिएको स्रोतको दाबी…

थप

काठमाडौं। ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा फरार रहेका तथा इन्टरपोलको रेड नोटिस जारी भएका एक प्रतिवादीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुँ जिल्लाको साविक भिरकोट–६, हाल ऋषिङ गाउँपालिका–४ निवासी अम्मर सिंह नेपाली रहेका छन्। उनी कर्तव्य ज्यान मुद्दामा वारदातपछि फरार रहेका थिए। नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागअन्तर्गतको इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयले सन् २०२४ जुन ६ मा उनीविरुद्ध रेड नोटिस जारी गरेको थियो। त्यसयता उनी अन्तर्राष्ट्रिय स्तरमा खोजीको सूचीमा रहेका थिए। रेड नोटिस जारी भएपछि साउदी अरेबियाबाट Air Arabia को उडान नम्बर G9 530 मार्फत नेपाल फर्किने जानकारी प्राप्त भएपछि प्रहरीले आवश्यक समन्वय गरेको थियो।…

थप

राजेन्द्र बाबू रेग्मी राष्ट्रको सुरक्षा केवल सेना, प्रहरी वा हतियारले मात्र सुनिश्चित गर्दैन- यसको पहिलो र सबैभन्दा बलियो आधार गुणस्तरीय सूचना हो। समयमै सही सूचना संकलन गर्ने, त्यसको गहिरो विश्लेषण गर्ने र सम्भावित जोखिमबारे राज्यलाई अग्रिम चेतावनी दिने दायित्व राष्ट्रिय अनुसन्धान विभाग (राअवि) को हो। जब यही संयन्त्र कमजोर बन्छ, राज्यको निर्णय क्षमता पनि स्वतः कमजोर हुन्छ। आज राअविको कार्यसम्पादनबारे अनेक प्रश्न उठिरहेका छन्। समस्या केवल सूचना संकलनको अभावमा सीमित छैन, प्राप्त सूचनालाई रणनीतिक रूपमा विश्लेषण गरी नीतिनिर्माण र निर्णय प्रक्रियामा उपयोगी बनाउन नसक्नु पनि उत्तिकै गम्भीर चुनौती बनेको छ। परिणाममुखी अनुसन्धानभन्दा प्रक्रियामुखी कार्यशैली हाबी हुँदा विभागको प्रभावकारिता क्रमशः खुम्चिँदै…

थप

काठमाडौं । नेपाल सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत घोषणा गरेको तलब वृद्धिसँगै नेपाल प्रहरी कर्मचारीहरूको नयाँ तलबमान लागू भएको छ। नयाँ तलबमानअनुसार प्रहरीका सबै तहका कर्मचारीको आधारभूत तलबमा वृद्धि गरिएको हो। सार्वजनिक भएको नयाँ तलबमानअनुसार प्रहरी महानिरीक्षक (आईजीपी)को मासिक तलब ८४ हजार ५७६ रुपैयाँ पुगेको छ। १० प्रतिशत प्रोत्साहन भत्ता जोड्दा आईजीपीको तलब ९२ हजार ५०५ हुन पुग्छ। त्यस्तै अतिरिक्त महानिरीक्षक (एआईजी)ले पनि ८४ हजार ५७६ रुपैयाँसँगै प्रोत्साहन भत्ता जोड्दा ९२ हजार ५०५ हुन पुग्छ । प्रहरी नायब महानिरीक्षक (डीआईजी)ले ७३ हजार ७५० रुपैयाँ मासिक तलब पाउने भएका छन्। प्रोत्साहन भत्तासँगै ८० हजार ४५५ रुपैयाँ पाउनेछन्। यसैगरी प्रहरी वरिष्ठ…

थप

अछाम । जिल्ला प्रहरी कार्यालय अछामको प्रमुखका रूपमा प्रहरी नायब उपरीक्षक (डीएसपी) पविन्द्र बमले बुधबारदेखि औपचारिक रूपमा जिम्मेवारी सम्हालेका छन्। प्रहरी प्रधान कार्यालयको निर्णयअनुसार काज सरुवामा अछाम आएका डीएसपी बमले पदभार ग्रहण गरेसँगै जिल्ला प्रहरी कार्यालयको समग्र अवस्थाबारे जानकारी लिँदै विभिन्न शाखाको निरीक्षण गरेका छन्। निरीक्षणपछि उनले कार्यालयमा कार्यरत प्रहरी कर्मचारीलाई नागरिकमैत्री सेवा प्रवाह, शान्ति सुरक्षा सुदृढीकरण, अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउने, व्यावसायिक अनुशासन कायम राख्ने र सेवाग्राहीसँग मर्यादित व्यवहार गर्न निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयले साउन १५ गते डीएसपी बमलाई अछामको जिम्मेवारी दिँदै काज सरुवा गरेको थियो। यसअघि अछामका प्रहरी प्रमुख रहेका डीएसपी ओमप्रकाश खनालको जिल्ला प्रहरी…

थप

काठमाडौं । इप्रका सिम्रौनगढ बाराको प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) किसुन्देव साह अर्थात केडीले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई नै चुनौती दिँदै तस्करीलाई संरक्षण गरेको पाइएको छ। इन्स्पेक्टर साहले झण्डै ९ महिनाअघि सिम्रौनगढको इन्चार्ज सम्हालेका थिए। मधेस प्रदेश बाहिर अर्थात इलाका प्रहरी कार्यालय डकाहा सिन्धुली दरबन्दी भएका प्रहरी हवल्दार सुजित पटेललाई घुमुवा राखेर इन्स्पेक्टर साहले तस्करी धमाधम खुलाएर आईजीपी कार्कीलाई नै चुनौती दिएका हुन्। जबकी ७ वर्षदेखि सिम्रौनगढमा बसेर हवल्दार घुमुवाले आर्थिक आतंक नै मच्चाएको बताइन्छ। आईजीपी कार्कीको निर्देशन लत्याउँदै इन्स्पेक्टर साहले घुमुवा पटेललाई आफूसँगै राखेर पैसा उठाउन सक्रिय राखेको आरोप पनि छ। जबकी आईजीपी कार्कीले जसको दरबन्दी जहाँ छ, त्यहाँ…

थप

धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिका–१ स्थित बौनिया बजारमा बिहीबार साँझ दुई समूहबीच भएको झडपमा एक जना घाइते भएका छन् भने प्रहरीले सात जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार बर्दगोरिया–२ झगडपुरका कृष्ण सेरेला र बौनियाका १७ वर्षीय विवेक विकको समूहबीच साँझ करिब ५ः३० बजे विवाद भएपछि झडप भएको हो। झडपमा विवेक विक घाइते भएका छन्। उनको घाँटीमा चोट लागेको छ। हाल उनको बर्दगोरिया अस्पताल प्रालि, बौनियामा उपचार भइरहेको प्रहरीले जनाएको छ। चिकित्सकका अनुसार उनको अवस्था सामान्य छ। घटनापछि प्रहरीले दीपेश मलाल, विजय कार्की, विपिन रावल, भरत सुनार, प्रवेश भण्डारी, विशाल रावल र दीपेन्द्र बमलाई पक्राउ गरेको छ। उनीहरूविरुद्ध थप अनुसन्धान भइरहेको…

थप

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदलाई लक्षित गर्दै कडा टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले गरिब, सुकुम्बासी र विपन्न नागरिकलाई पीडा दिनेहरू अहिले सामान्य प्रश्नको सामना गर्न नसकी भावुक बनेको आरोप लगाएका हुन् । बस्नेतको टिप्पणी पत्रकार टिकाराम यात्रीसँगको अन्तर्वार्तामा रास्वपा सांसद राजुनाथ पाण्डे सेनासँग भएको विवादबारे सोधिएको प्रश्नका क्रममा भावुक बनेको घटनापछि आएको हो । बस्नेतले लेखेका छन्, ‘हजारौँ गरिब र सुकुम्बासीलाई घरबारविहीन बनाएर उनीहरूका आँखाबाट बलिन्द्र आँसु झार्न बाध्य पार्नेहरू आफूलाई कठोर र शक्तिशाली शासकका रूपमा प्रस्तुत गर्थे। तर आज आफूमाथि सामान्य प्रश्न उठ्नेबित्तिकै भकानिएर आँसु झार्दै भावुकताको…

थप

काठमाडौं । नेपाली कांग्रेसका नेता अभिषेक गिरी पाँच लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका छन्। विराटनगर महानगरपालिका–८ मधुमाराका ४८ वर्षीय गिरीविरुद्ध निर्माण व्यवसायी सुवास श्रेष्ठले विभिन्न प्रभाव प्रयोग गरी ठेक्का मिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले उनलाई गत असार २३ गते मोरङबाट पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा गिरीले श्रेष्ठबाट २१ करोड ३२ लाख ७६ हजार ५ रुपैयाँ ठगी गरेको निष्कर्ष निकाल्दै सीआईबीले उक्त रकम पीडितलाई भराइदिनुपर्ने मागसहित मुद्दा चलाउन राय दिएको थियो। सोही रायका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले साउन १५ गते काठमाडौं जिल्ला अदालतमा…

थप

काठमाडौं । नेपाली कांग्रेसको प्रवासमा रहेको शुभेच्छुक संस्था नेपाली जनसम्पर्क समिति अमेरिकाको तेस्रो महाधिवेशन अगष्ट १४, १५ र १६ गते अमेरिकाको भर्जिनिया राज्यमा हुँदैछ। महाधिवेशनको मिति नजिकिँदै जाँदा संस्थाभित्र युवा नेतृत्व स्थापित गर्ने उद्देश्यसहित अमेरिकाभरका नेपाली युवाहरू एकताबद्ध हुन थालेका छन्। ‘हामी जोडियौं, हामी जोडिँदै जानेछौं’ भन्ने नारासहित सुरु गरिएको अभियानले छोटो समयमै अमेरिकाका विभिन्न राज्यमा रहेका कांग्रेससमर्थक युवाहरूको उल्लेखनीय साथ पाएको अभियन्ताहरूले बताएका छन्। अभियानको मूल उद्देश्य संस्थाको नेतृत्वमा नयाँ पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्नु, संगठनलाई थप पारदर्शी र जवाफदेही बनाउनु तथा युवालाई केवल प्रयोग गर्ने होइन, नेतृत्व गर्ने अवसर दिलाउनु रहेको जनाइएको छ। यस अभियानको औपचारिक शुभारम्भसँगै अमेरिकाका विभिन्न…

थप