Author: Scoop Khabar

काठमाडौँ । नेपाल प्रहरीका नायब महानिरीक्षक (डिआइजी) सिद्वी विक्रम साह प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)का लागि बढुवा सिफारिस भएका छन् । मंगलबार बसेको बढुवा सिफारिस समितिको बैठकले साहलाई एआईजी बढुवाका लागि सिफारिस गरेको हो । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लालमणि आचार्य यहि १० जेठमा सेवाअवधिका कारण अनिवार्य अवकाशमा जाने भएपछि साहलाई एआईजीमा बढुवा गर्न बाटो खुलेको हो ।  

थप

वीरगन्ज ।सशस्त्र प्रहरी बल पर्साले ठुलो परिमाणमा प्रतिबन्धित लागूऔषध ट्याबलेट पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साले ठुलो परिमाणमा प्रतिबन्धित लागूऔषध पक्राउ गरेको हो। सशस्त्र प्रहरी बल १३ नम्बर गणका सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र सिंहको कमाण्डमा खटिएको टोलीले भकुवा नाकाबाट अवैधरुपले भित्राएको प्रतिबन्धित लागूऔषध Tramol-50 mg (Tramadol Hydrochloride) ८१४९० ट्याब्लेटस् पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ। उक्त लागुऔषध बरामद गरि आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको प्रहरी नायब उपरीक्षक सिंहले बताउनुभयो।

थप

बारा । नेपाल प्रहरीका नायव निरीक्षक अर्जुन बाबु खतिवडा बैशाख महिनाको  उत्कृष्ट अनुसन्धानकर्ता घोषित भएका छन् । जिल्ला प्रहरी कार्यालय बाराले उनलाई वैशाख महिनाको उत्कृष्ट अनुसन्धानकर्ता घोषित गरेको हो । जिल्ला प्रहरी कार्यालय बाराको प्रमुख एवम प्रहरी उपरीक्षक संतोष तामाङले उनलाई उत्कृष्ट प्रहरीको रूपमा पुरस्कृत गरेका छन् । खतिवडालाई सो प्रमाणपत्र जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले प्रदान गरेका हुन्।इलाका प्रहरी कार्यालय परवानीपुर बारा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय बारामा खतिवडा कार्यरत रहेका छन्। खतिवडाले अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा रही निरन्तर रुपमा लगनशील भई व्यवसायिकता प्रदर्शन गर्दै आएको प्रमाणपत्रमा उल्लेख छ। उनले बैशाख २० गते…

थप

काठमाडौं । गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मूल समारोह समिति गठन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकमा गृह मन्त्रालयबाट प्रस्तुत समारोह समिति गठन र दिवसको कार्यक्रमसम्बन्धी प्रस्तावहरू छलफलसहित पारित भएको छ । मूल समारोह समितिमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्रीहरू, काठमाडौं महानगरपालिकामा प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरू, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, काठमाडौँ उपत्यकाका नगरपालिकाका प्रमुखहरू सदस्य र गृह मन्त्रालयका सचिव सदस्यसचिव रहेका छन् । प्रधानमन्त्री ओलीले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले सबै कार्यक्रम बहिस्कार नै…

थप

जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदीले नागरिकको सुरक्षानै पहिलो प्राथमिकामा राखेर काम गर्न निर्देशन दिएका छन् । उनले जस्तोसुकै विषम परिस्थितिमा पनि नागरिकको सुरक्षामा कुनै कमी नगर्न निर्देशन दिएका छन् । प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेपछि जिल्लाको निरीक्षणमा निक्लिएका डीआईजी चतुर्वेदीले जिल्ला प्रहरी कार्यालय पर्साको अनुगमन तथा निरीक्षणपछि जिल्लाका सम्पूर्ण यूनिट प्रमुखहरुलाई उक्त निर्देशन दिएका हुन् । उनले प्रहरी संगठनले अंगिकार गरेका नीति, कार्ययोजना तथा प्राथमिकताहरुलाई दृढताका साथ कार्यान्वयन गरि नतिजामुलक प्रहरी सेवा प्रवाह गर्न गराउन उनले निर्देशन दिएका छन् । साथै डीआइजी चतुर्वेदीले थुनुवाहरु फरार भएको घटना स्मरण गर्दै हिरासतको अवस्था थुनुवाहरुको सुरक्षा लाई बिशेष प्राथमिकतामा राख्न…

थप

काठमाडौँ । प्रहरी सहायक निरीक्षक (असई) कुञ्जाङ छोपेल शेर्पाले सगरमाथा हिमालको सफलतापूर्वक आरोहण गरेकी छन् । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भन्दै प्रहरी महानिरीक्षक दिपक थापा तथा प्रहरीले परिवारले उनलाई बधाई दिएको छ । उनी नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोमा कार्यरत छिन् । चैत २५ गते हेडक्वार्टरमा आयोजित एक कार्यक्रमबीच आईजीपी थापाले शेर्पालाई लैंगिक हिंसाविरूद्धको नारा अंकित ब्यानर हस्तान्तरण गरेर बिदाइ गरेका थिए । त्यस्तै, उनले ११ वैशाखमा लोबुचे हिमालको समेत सफल आरोहण गरिसकेकी छन् । हिमाल चढ्ने काम साहसिक क्षेत्रमा पर्छ ।

थप

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह उर्फ बालेनले नियुक्ति गरेका ३ वडा अध्यक्षले समितिमा नबस्ने निर्णय गर्दै मेयर साहलाई पत्र पठाएका छन् । उनीहरूले पठाएको पत्रमा विषयगत समितिको संयोजकमा रहन नसक्ने उल्लेख गरेका छन् । सुशासन समितिका संयोजक दलबहादुर कार्की, सूचना प्रविधि समितिका संयोजक वीरेन्द्र प्रजापति र सम्पदा तथा पर्यटन समितिका संयोजक विनोद राजभण्डारीले संयुक्त हस्ताक्षर गरी पत्र पठाएका हुन् । उनीहरुले पठाएको पत्रमा भनिएको छ– ‘तोकिएका जिम्मेवारीहरू कार्यपालिका बैठकबाट अनुमोदन नभएको अवस्था विद्यमान भएकाले उपयुक्त नदेखिएको हुँदा तत्तत् तोकिएको जिम्मेवारीमा नरहने व्यहोरा श्रीमान् प्रमुखज्यूसमक्ष संयुक्त रूपमा जानकारीका लागि अनुरोध गर्दछौं ।’ यसअघि काठमाडौं महानगरपालिकको २०७९ असार १० गते…

थप

काठमाडौं । दक्षिण कोरियाले १० जना नेपालीलाई निष्कासन गरेको छ । गैरकानुनी रूपमा बस्दै आएका उनीहरूलाई दक्षिण कोरियाको अध्यागमनले निष्कासन गरेको हो । निष्कासनमा पर्नेमा चार जना अध्यागमन कानुन उल्लंघन गर्नेहरू छन् । जसमा सम्बाहम्बे, गौतम, गुरुङ र थापा थरका एक-एक जना छन् । उनीहरूलाई गत मे १६ तारिखमा कोरियन एयरलायन्सको विमानबाट नेपाल फर्काइएको हो । त्यस्तै भिसा म्याद सकेर लुकीछिपी बस्ने ६ जनालाई पनि निष्कासन गरिएको छ । निष्कासनमा पर्नेमा थापा, तिवारी, पुन, अधिकारी र घर्ती क्षेत्री थरका एक(एक जना रहेका छन् । उनीहरूलाई १५ तारिखमा थाई यएरवेजको विमानबाट काठमाडौं फर्काइएको हो । वैशाखको अन्तिम साता पनि एकैपटक ९…

थप

गोरखा । दिपासा विक हरेक दिन बिहान हातमा लोटा लिएर घरमाथिको शौचालय पुग्छिन् । ३० वर्षीया उनीसँगै छरछिमेकका अन्य छोरी बुहारी पनि एकाबिहानै र कोही मध्यरातमा शौचालय धाउँछन् । बारपाक सुलिकोट गाउँपालिका–२ दलितबस्तीका महिला यसरी बिहान झिसमिसेमा र मध्यरातमा शौचालय धाउनुपर्ने कारण शौचालय अभावले हो । यहाँ २१ परिवारका लागि एउटमा मात्र शौचालय छ । ‘हामी अहिले सरकारी जग्गामा बस्दै आएका छौँ । आफ्नो हिसावले शौचालय बनाउन सक्दैनौँ । एक त ठाउँ नै छैन । अर्को कुरा, आफ्नो हिसाबले बनायो भने भोलि भत्काउनु पो पर्छ कि जस्तो लाग्छ,’ विकले भनिन् । बारपाकको पुछारमा रहेको दलितबस्ती हरेक हिसाबले पिछडिएको छ ।…

थप

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनलाई प्रोष्टेट क्यान्सर भएको पत्ता लागेको छ । ८२ वर्षीय बाइडेनलाई गत हप्ता मूत्र सम्बन्धी लक्षणहरूका लागि डाक्टरले जाँच गरेपछि शुक्रबार क्यान्सर भएको पत्ता लागेको हो । यो क्यान्सरलाई आक्रामक प्रकारको क्यान्सर मानिन्छ । जसको ग्लिसन स्कोर १० मध्ये ९ छ । क्यान्सर रिसर्च यूकेका अनुसार यसको अर्थ उनको रोग हाई–ग्रेडको श्रेणीमा पर्छ र क्यान्सर कोषहरू छिटो फैलन सक्छन् । पूर्वराष्ट्रपतिको कार्यालयले यो क्यान्सर हर्मोन–सेन्सिटिभ भएको बताएको छ । यो खबर प्रकाशित भएपछि दुवै राजनीतिक दलका नेताहरूले पूर्वराष्ट्रपतिलाई सान्त्वना दिएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक संजालमा पोष्ट गर्दै बाइडेनलाई प्रोष्टेट क्यान्सर भएको खबरले…

थप