काठमाडौँ । प्रहरी सहायक निरीक्षक (असई) कुञ्जाङ छोपेल शेर्पाले सगरमाथा हिमालको सफलतापूर्वक आरोहण गरेकी छन् ।
विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भन्दै प्रहरी महानिरीक्षक दिपक थापा तथा प्रहरीले परिवारले उनलाई बधाई दिएको छ ।
उनी नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोमा कार्यरत छिन् ।
चैत २५ गते हेडक्वार्टरमा आयोजित एक कार्यक्रमबीच आईजीपी थापाले शेर्पालाई लैंगिक हिंसाविरूद्धको नारा अंकित ब्यानर हस्तान्तरण गरेर बिदाइ गरेका थिए ।
त्यस्तै, उनले ११ वैशाखमा लोबुचे हिमालको समेत सफल आरोहण गरिसकेकी छन् ।
हिमाल चढ्ने काम साहसिक क्षेत्रमा पर्छ ।
Facebook Comments Box
