वीरगन्ज ।सशस्त्र प्रहरी बल पर्साले ठुलो परिमाणमा प्रतिबन्धित लागूऔषध ट्याबलेट पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साले ठुलो परिमाणमा प्रतिबन्धित लागूऔषध पक्राउ गरेको हो।
सशस्त्र प्रहरी बल १३ नम्बर गणका सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र सिंहको कमाण्डमा खटिएको टोलीले भकुवा नाकाबाट अवैधरुपले भित्राएको प्रतिबन्धित लागूऔषध Tramol-50 mg (Tramadol Hydrochloride) ८१४९० ट्याब्लेटस् पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ।
उक्त लागुऔषध बरामद गरि आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको प्रहरी नायब उपरीक्षक सिंहले बताउनुभयो।
Facebook Comments Box
