जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदीले नागरिकको सुरक्षानै पहिलो प्राथमिकामा राखेर काम गर्न निर्देशन दिएका छन् । उनले जस्तोसुकै विषम परिस्थितिमा पनि नागरिकको सुरक्षामा कुनै कमी नगर्न निर्देशन दिएका छन् ।
प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेपछि जिल्लाको निरीक्षणमा निक्लिएका डीआईजी चतुर्वेदीले जिल्ला प्रहरी कार्यालय पर्साको अनुगमन तथा निरीक्षणपछि जिल्लाका सम्पूर्ण यूनिट प्रमुखहरुलाई उक्त निर्देशन दिएका हुन् ।
उनले प्रहरी संगठनले अंगिकार गरेका नीति, कार्ययोजना तथा प्राथमिकताहरुलाई दृढताका साथ कार्यान्वयन गरि नतिजामुलक प्रहरी सेवा प्रवाह गर्न गराउन उनले निर्देशन दिएका छन् ।
साथै डीआइजी चतुर्वेदीले थुनुवाहरु फरार भएको घटना स्मरण गर्दै हिरासतको अवस्था थुनुवाहरुको सुरक्षा लाई बिशेष प्राथमिकतामा राख्न निर्देशन दिएका छन् ।
