Author: Scoop Khabar

काठमाडौं । नेपाल प्रहरीमा ३० वर्षे सेवाअवधी हटाउन अवकाशको मुखमा पुगेका प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापा र उनका ब्याचका प्रहरी अतिरिक्त महानिरीक्षकहरु सक्रिय देखिएका छन् । उनीहरुको सक्रियतालाई गृहसचिव गोकर्णमणी दुवाडीले पनि साथ दिएका छन् । आईजीपी थापा विद्यमान प्रहरी नियमावली बमोजिम यहि भदौ १८ गते अवकाशमा जाँदैछन । तर, आईजीपी नियुक्त भएदेखि नै आफ्नो सेवाअवधी लम्ब्याउन ज्यान फालेर लागेका थापा अवकाश मिति नजिकिएसँगै जुनसुकै हालतमा पनि ३० वर्षे सेवाअवधी हटाउने अभियानमा लागेका हुन् । यसका लागि उनी जुनसुकै मूल्य चुकाउन समेत पछि नहट्ने भन्दै राजनैतिक लबिङमा लागेको देखिन्छ । अहिलेकै अवस्थामा ३० वर्षे सेवाअवधी कानून बनाएर लागु गर्न सम्भव…

थप

काठमाडौँ । रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका मूख्य आरोपी लक्ष्मण पासवानको उपचारका क्रममा मृत्यु भएको छ । बुधबार उनले आत्मदाह प्रयास गरेका थिए । उनले रुबीको हत्या आफूले गरेको स्वीकार गरेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराका अनुसार पासवानको कीर्तिपुरको बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

थप

सुजन पन्त प्रहरी महानिरीक्षक दिपक थापाको कार्यकाल सकियो । सकियो के भन्नु पदावधी थपको चर्चा सुरु भयो । ५ महिनाअघि प्रहरी महानिरीक्षक बन्न कसरत । अब दाल चामलको जोहो गरेर प्रहरी महानिरीक्षक नामको पदावधी थपेर खिचडी बनाउने कसरत । तर हिजोआज जसरी दाल र बिचौलियाहरूले आआफ्नो भाउ बढाको बढायै छन्, त्यस्तै छ प्रहरी महानिरीक्षकको पनि । को कता के हुने हो, कता मोडिने, को को तोडिने हो, थाहा छैन । त्यसै कहाँ खिचडी पाक्छ र ? त्यसैले खिचडी सजिलै र छिट्टै पाक्ला भन्ने कुरामा सन्देह छ । यसले मलाई वीरबलको खिचडीको सम्झना दिलाइरहेको छ । जनता चाहिँ खिचडी पाक्ला, केही…

थप

कृष्ण बहादुर तामाङ नेपालको सडकमा बर्सेनि सयौँ नागरिकको ज्यान लिने दुर्घटनाहरूको पीडा, अस्पतालको शैयामा अकालमै श्वास तोडिरहेका घाइतेहरूको करुण क्रन्दन र गाउँ–सहरका अनाथ भएका बालबालिकाको आँधी बेहोर्ने पीडित परिवारहरूको करुण कथा—यी सबै दृश्य हाम्रो सामु कहिल्यै अन्त्य नहुने दैनिकी बनेको छ । तर, यस्तो भयावह परिस्थितिमा पनि केही प्रहरी अधिकृतहरू छन्, जसले आफ्नो कार्यक्षमता, प्रतिबद्धता र परिणामले राष्ट्रलाई आशाको उज्यालो देखाएका छन् । तीमध्ये प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिमला कुमारी कठायत एउटा प्रखर नाम हो, जसलाई कुनै पनि जिल्लाको ट्राफिक प्रहरी इन्चार्ज बनाउनु अब विकल्प होइन—राष्ट्रको बाध्यता हो । २०४६ साल वैशाख २४ गते सुदूरपश्चिम प्रदेशको डडेल्धुराको अजयमेरु गाउँपालिका–१ मा जन्मिएकी…

थप

काठमाडौं । तराईको विभिन्न जिल्लामा सशस्त्र प्रहरी बल नेपालका घुमुवाहरुले आर्थिक आतंक मच्चाएका छन् । मधेस प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सप्तरी र सिरहा जिल्लाको विभिन्न नाकाहरुमा सादा पोसाकमा खटि व्यापारीहरुसँग भेटी रकम असुल्दै आएको सूचना प्राप्त भएको छ । सशस्त्र प्रहरी बल मधेश प्रदेश बाहिनी र सशस्त्र प्रहरी बल हेडक्वार्टरको नाममा सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी हवल्दार रोशन मिश्रा, राजीव यादव, रविकान्त मिश्रा र प्रहरी सहायक हवल्दार गगन देव साहले विभिन्न नाकाहरुमा सादा पोशाकमा खटि तस्करी गराउन बापत लाखौं रुपैयाँ असुल्दै आएका छन् । सशस्त्र प्रहरी बल नेपालका प्रमुख एवम महानिरीक्षक (आईजीपी) राजु आर्यलले पद सम्हाल्नासाथ ३…

थप

काठमाडौं । गत आइतबार सुटकेसभित्र मृत भेटिएकी रौतहट माधव नारायण नगरपालिका-६ माधोपुरकी ३० वर्षीया रुबी देवी साहको मृत्यु प्रकरणका अभियुक्तले आत्मदाहको प्रयास गरेका छन् । आरोपी लक्ष्मण पासवान रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरबाट पश्चिमतर्फको बगैंचा हुँदै बिसुनपुरवा–मानपुर जाने बाटोमा जलेर घाइते भएको अवस्थामा फेला परेका हुन् । अभियुक्त पासवानले आफ्नै घरमा आत्मदाहको प्रयास गरेको रौतहटका प्रहरी उपरीक्षक (एसपी) नेत्रमणी गिरिले जानकारी दिए । उनका अनुसार डिएसपी राजु कार्कीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ । प्रहरीका अनुसार उनको ३० प्रतिशत भाग जलेको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएर अस्पताल पुर्‍याएको छ र घटनाबारे अनुसन्धान जारी राखेको छ । प्रहरीका अनुसार रुबी…

थप

काठमाडौं । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–६ का २८ वर्षीय सुरेन्द्रबहादुर शाहीको हत्या प्रकरणमा संलग्न तीनै जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । जिल्ला अदालत दैलेखका न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासले मंगलबार आरोपीहरूलाई थुनामा राखेर मुद्दाको अनुसन्धान अघि बढाउन आदेश दिएको हो । अदालतका अनुसार मृतक शाहीकी प्रेमिका महाबु गाउँपालिका–५ काँशिकाँधकी २७ वर्षीया गंगा बन, उनका ६३ वर्षीय बुबा नैने बन र ५६ वर्षीया आमा भक्कु बनलाई थुनामा पठाइएको हो । यसअघि जिल्ला प्रहरी कार्यालय दैलेखले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । त्यसपछि आइतबार सरकारी वकिल कार्यालयले ‘कर्तव्य ज्यान’ मुद्दा दर्ता गरेको हो । उक्त बहसपश्चात अदालतले तीनै जना आरोपितलाई पुर्पक्षका…

थप

काठमाडौं । दोलखामा मोटरसाइकल दुर्घटना हुँदा गौरीशंकर बहुमुखी क्याम्पसका स्ववियु सभापतिसहित दुई जनाको मृत्यु भएको छ । गएराति भीमेश्वर नगरपालिका–६ स्थित रमितेडाँडामा मोटरसाइकल दुर्घटना हुँदा स्ववियु सभापति शिरिष बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । राति ९ बजेतिर दुर्घटना भएको थियो । उपचारको क्रममा उनको च्छो रोल्पा अस्पताल चरिकोटमा मृत्यु भएको हो । २४ वर्षीय बस्नेत बस्नेत भीमेश्वर नगरपालिका वडा नम्बर–५ माटीका स्थानीय हुन् । उनले चलाएको बा.५३ प ८८९९ नम्बरको मोटरसाइकलमा सवार बैतेश्वर गाउँपालिका–३ मिर्गे घर भएका २६ वर्षीय श्याम बहादुर खत्री ‘सुजन’को पनि मृत्यु भएको छ । काठमाडौंबाट चरिकोट जाँदै गरेका बस्नेतले चलाएको मोटरसाइकल लामोसाँघु…

थप

काठमाडौं । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवालमाथि आर्थिक अनियमिततासहित गम्भीर आरोप लागेपछि छानबिन गर्न एकैपटक ५ वटा समिति गठन गरिएको छ । प्रदेश प्रहरी स्रोतका अनुसार एसपी सिलवालविरुद्ध ३५ वटा लिखित उजुरी दर्ता भएका छन् । जसमध्ये ५ वटा गम्भीर प्रकृतिको रहेको बताइन्छ । आर्थिक अनियमितता, चालकहरूसँग अवैध असुली, मापसे नियन्त्रण प्रक्रियामा मनपरी, चोरीका सवारीसाधन गैरकानुनी प्रयोग र मालसामानसम्बन्धी लेनदेनमा अनियमितता रहेको बताइन्छ । हरेक विषयलाई छुट्टै अध्ययन गर्न एसएसपी स्तरका अधिकृतको नेतृत्वमा दुईवटा र एसपीको नेतृत्वमा ३ वटा समिति गठन भएको छ । एसएसपी कमल थापाको नेतृत्वमा आर्थिक अनियमितता…

थप

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले माइतीघर मण्डलामा पुगेर उखु किसानहरूको आन्दोलनलाई समर्थन गरेका छन् । सरकारले निर्धारण गरेको अनुदान रकम उपलब्ध नगराएको भन्दै उखु किसानहरुले आइतबारदेखि निरन्तर प्रदर्शन गरिराखेका छन् । सरकारले किसानलाई दिँदै आएको अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँबाट आधा घटाएर ३५ रुपैयाँमा झार्ने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयपश्चात उखु किसानहरु उखु नै बोकेर आन्दोलनमा होमिएका हुन् । तराईका विभिन्न जिल्लाहरु बारा, पर्सा, महोत्तरी, सर्लाही, रौतहट, नवलपरासीलगातका जिल्लाबाट किसानहरु सहभागी छन् । आन्दोलनलाई सम्बोधन गर्दै भट्टराईले सरकारले उखु किसानहरुलाई ब्ल्याकमेलिङ गरेको बताए । उनले भने, ‘मिल मालिकहरु र सरकारका मान्छेहरुले…

थप