Author: Scoop Khabar

ताप्लेजुङ । जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) इन्द्र भुजेलको आकस्मिक निधन भएको छ। प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमका अनुसार आज बिहान करिब ६ बजे ड्युटीका लागि निस्कने क्रममा भुजेल अचानक बेहोस भएर ढलेका थिए। उनलाई तत्कालै जिल्ला अस्पताल ताप्लेजुङ लगिएको भए पनि उपचारकै क्रममा ज्यान गएको हो। ४५ वर्षीय भुजेललाई हृदयघात भएको हुन सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ। उनकाे स्थायी घर झापाको धुलाबारी हो।

थप

काठमाडौं । कुवेतमा वैदेशिक रोजगारीमा रहेका धनकुटा महालक्ष्मी नगरपालिका–१ कटहरेका ४३ वर्षीय डम्बर मगर विषाक्त मदिरा सेवनका कारण १० दिनअघि मृत्यु भएको थियो। पतिको मुत्युको खबर सुनेलगत्तै बेहोस भएकी उनकी पत्नी विद्याको पनि तीन दिनपछि मृत्यु भएको थियो । श्रीमान श्रीमती दुवैको मृत्यु भएपछि उनीहरुको तीन छोरी (१७, १६ र २ वर्षीया) विचल्लीमा परेका छन्। कमाउने सदस्य गुमेपछि परिवार आर्थिक संकटमा परेको छ। जेठी र माइली छोरी हाल कक्षा १२ र ११ मा अध्ययनरत छन् भने कान्छी मात्र दुई वर्षकी छिन्। हाल छोरीहरुको पालनपोषण र पढाइका लागि स्थानीयस्तरमा सहयोग संकलन थालिएको छ। डम्बरको शव भने अझै कुवेतमै छ।

थप

काठमाडौं । नेपाल प्रहरीको सर्वोच्च पद, महानिरीक्षक (आईजीपी) मा चन्द्रकुवेर खापुङ नियुक्त भएका छन् । सरकारको निर्णयअनुसार उनले ३२औँ आईजीपीका रूपमा भदौ १९ देखि नेतृत्व सम्हाल्ने भएका हुन्। हालका महानिरीक्षक दिपक थापा भदौ १८ मा अनिवार्य अवकाशमा जाँदै छन् । उनीसँगै ३ जना एआईजीहरु सुदिप गिरी, टेक बहादुर तामाङ र कृष्णहरि शर्मा पोखरेल पनि अवकाशमा जानेछन् । जन्मभूमिबाट सुरुवात तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका खापुङको जन्मभूमि हो । यही पहाडी गाउँमा बाल्यकाल बिताउँदै अध्ययन गरेका खापुङले २०५२ साल कात्तिक २७ गते प्रहरी सेवामा इन्स्पेक्टरका रूपमा प्रवेश गरे । पहाडको गाउँमा हुर्किएका उनले मेहनत, अनुशासन र लगनशीलताका आधारमा संगठनभित्र क्रमशः जिम्मेवारी बढाउँदै नेपाल…

थप

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख एवंम् प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुवेर खापुङ प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले खापुङलाई वरियताका आधारमा प्रहरीको आईजीपीमा नियुक्त गरेको हो । तर, ३० वर्षे सेवाअवधिका कारण खापुङको कार्यकाल ७३ दिनको मात्रै हुनेछ । उनले २६ कात्तिक राति १२ बजेबाट अवकाश पाउनेछन् । खापुङले प्रहरी नायब महानिरीक्षक (डीआईजी) हुँदा कोशी प्रदेशको कमान्ड सम्हालेका थिए । त्यसअघि एसएसपी रहँदा उनले निकै चुनौतीपूर्ण मानिने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मेवारी सम्हालेका थिए । खापुङ प्रहरी संगठनमा इमान्दार प्रहरी अधिकृतको रूपमा चिनिन्छन् । उनी अहिलेसम्म कुनै ठूलो विवादमा परेका छैनन् ।…

थप

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । शनिबार चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले सो जानकारी गराउन संसदमा सम्बोधन गर्ने भएका हुन् । चीन भ्रमणबाट फर्किएपछि प्रधानमन्त्री ओली भारत भ्रमणमा जानेछन् । त्यसबारे पनि उनले सांसदमा जानकारी दिने अनुमान छ । साथै, सीमा विवाद र पछिल्लो राजनीतिक अवस्थाबारे पनि प्रधानमन्त्री ओलीले सम्बोधनमा समेट्ने बताइएको छ । बिहीबार सिंहदरबारमा बसेको प्रमुख सचेतकहरूसँगको छलफलमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको सम्बोधनबारे जानकारी गराएका थिए । प्रधानमन्त्रीको सम्बोधनको क्रममा रास्वपाले अवरोध नगर्ने जनाएको छ । भिजिट भिसा दुरुपयोग प्रकरणको विषयलाई लिएर लामो समयदेखि संसद बहिस्कार गर्दै आएको रास्वपाले…

थप

सुनसरी । इनरुवा नगरपालिका–६ का वडाध्यक्ष सुमन थापाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । थापाविरुद्ध शरीर अंगभंगसम्बन्धी फौजदारी मुद्दा दर्ता भएपछि जिल्ला अदालत सुनसरीले प्रहरीले पक्राउ पुर्जी जारी गर्न अनुमति दिएको हो । सरकारी पदमा रहेका जो कोही विरुद्ध अदालतमा फौजदारी मुद्दा दर्ता भएमा पद स्वतः निलम्बन हुने कानुनी व्यवस्था भए पनि वडाध्यक्ष थापाले मुद्दा दर्ता र पक्राउ पुर्जी जारी भएपछि समेत वडाको दैनिक कामकाज संचालन गरेका थिए । उनले नागरिकता लिन आउने नागरिकका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीमा सिफारिससमेत पठाएका थिए । तर उनी ८ गतेसम्म कार्यालयको कामकाज गरेपछि ९ गतेदेखि वडा सदस्य कृष्णकुमार श्रेष्ठलाई कार्यवाहक तोकेर फरार…

थप

सुजन पन्त नेपाल प्रहरी मुलुकको सुरक्षा र कानूनी संरचनाको संवेदनशील स्तम्भ हो । यसलाई बलियो, निष्पक्ष र पेशागत बनाउनु राज्यको प्राथमिक जिम्मेवारी हो । तर पछिल्ला दिनमा प्रहरी महानिरीक्षक (आईजीपी) को पदावधि लम्ब्याउन नियमावलीमा व्यक्तिगत स्वार्थअनुसार हस्तक्षेप गर्ने प्रयासले सुशासनमाथि प्रश्न उठाएको छ । कानुन र नियम झुक्याएर केवल एक–दुई व्यक्तिको सुविधा सुनिश्चित गर्नु सुशासनको उल्लंघन हो । यस्तो अभ्यासले संगठनभित्र असन्तोष, मनोबल गिरावट र पेशागत क्षमतामा धक्का पुर्‍याउँछ । प्रहरीलाई बलियो बनाउने सट्टा, सरकार आफैं संगठनमाथि राजनीतिक दबाब बढाउने स्थिति सिर्जना गर्दैछ । सही र दिगो उपाय यही हो कि प्रहरी नियमावलीको सुधार मात्र संसदबाट पारित कानुनको माध्यमबाट हुनुपर्छ…

थप

काठमाडौं । कैलालीमा साथीको जन्मदिन मनाउन गएका चार किशोरको खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी रणबहादुर चन्दका अनुसार घटना बिहीबार दिउँसो भएको हो । गोदावरी नगरपालिका–९, सहरी झोलुंगे पुल नजिक नुहाउन पसेका धनगढी उपमहानगरपालिका–४ का १७ वर्षीय सक्षम जोशी, १६ वर्षीय जेव भण्डारी, १७ वर्षीय जाबेज भण्डारी र १५ वर्षीय प्रतीक चौधरी दिउँसो १२ बजे सम्पर्कविहिन भएका थिए । ‘७ जना साथीहरूको समूह जन्मदिन मनाउन गएको थियो । खोलामा नुहाउने क्रममा उनीहरूले हात समातेर तर्न खोज्दा गहिरो भागमा फसेछन्’ डीएसपी चन्दले भने, ‘हात छुटेपछि अन्य तीन जना सकुशल बाहिर आएका छन् ।’ स्थानीयवासी,…

थप

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले सेनाभित्र आर्थिक अनियमितता गरेको भन्दै केही उच्च अधिकारीमाथि कारबाही अघि बढाएका छन् । ठेकेदारसँग मिलेमतो गरी बजेट दुरुपयोग गरेको आरोपमा प्रधानसेनापति सिग्देलले चार जना जर्नेल र दुई जना कर्नेललाई छानबिनको दायरामा ल्याएका हुन् । उपरथी प्रकाश देउजा, डिजिएमएस डा. अरुण शर्मा, सहायकरथी भुवन कुँवर, सहायकरथी भरत भण्डारी, महासेनानी दीपक भण्डारी र प्रमुख सेनानी सुजन प्रधानमाथि छानबिन सुरु भएको छ । तीमध्ये कुँवर र प्रधानलाई जिम्मेवारीबाट समेत हटाइसकिएको छ । डा. कुँवरलाई सैनिक अस्पतालको प्रमुख थिए । हाल उनलाई सैनिक सचिवकोमा तानेर अतिरिक्त समूहमा राखिएको छ । सेनाको अस्पतालमा करिब १५ करोड रुपैयाँ बराबरको…

थप

काठमाडौं । प्रधानमन्त्री मातहत रहने राष्ट्रिय अनुसन्धान विभागले ९० जना जनशक्ति माग गरेको छ । विभागले शुक्रवार सूचना जारी गरेर नेपाल विशेष सेवाको अनुसन्धान अधिकृत र अनुसन्धान सहायक पदका लागि दरखास्त आह्वान गरेको हो । सूचनाअनुसार अनुसन्धान अधिकृत ४० जना र अनुसन्धान सहायक ५० जना माग भएको छ । तोकिएको योग्यता पूरा भएका उम्मेदवारले असोज १२ गते भित्र र त्यसपछि दोब्बर दस्तुर तिरेर असोज १९ गतेभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । हेर्नुहोस् विस्तृत सूचना

थप