Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । पहिरोले अवरुद्ध पृथ्वी राजमार्गस्थित नागढुङ्गा सडकखण्ड संचालनमा आएको छ । अवरुद्ध सडक १२:३० बजे दिउँसोदेखि दुवैतर्फी खुलेको प्रहरीले जनाएको छ । सोमबार बिहान ११:१५ बजेको समयमा चन्द्रागिरी नगरपालिका-२ भुतघरस्थित मुल सडकखण्डको बाटोमा सुख्खा पहिरो गई बाटो एकतर्फी बन्द भएको थियो । लगत्तै प्रहरी प्रभाग नागढुङगाका प्रमुख एवम् प्रहरी निरीक्षक (इन्स्पेक्टर) हिक्मत बहादुर थापाको कमाण्डमा ७ जनाको टोली गइ बाटोमा खसेको ढुङ्गा र माटो हटाइ सडक संचालनमा ल्याएको हो ।
काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आन्दोलन र संगठन निर्माणलाई संगसंगै लैजाने पार्टीको नीति रहेकाले तदअनुरुपको कार्ययोजना बनाइ क्रियाशील हुन पार्टीको विभागीय प्रमुखहरुलाई निर्देशन दिएका छन् । अध्यक्ष लिङ्देनले आज पार्टी अन्तर्गतका विभिन्न केन्द्रीय विभागका प्रमुखहरुसंगको बैठकमा विभागीय गतिविधि, पार्टीको योजना, विभागले गर्नुपर्ने कामहरु लगायतका विविध विषयमा छलफल गरेका हुन् । त्यसअवसरमा उनले विभिन्न विभागका गतिविधि र भावी योजनाबारे ब्रिफिङ्ग समेत लिएका छन् । बैठकमा अध्यक्ष लिङ्देनले ठूला र पुराना दलहरुप्रति जनताको विश्वास खस्कदै गएको र नयॅा भनिनेहरु पनि दिशाविहीन भइरहेको अवस्थामा राप्रपा जनभावना अनुरुपको भरोसायोग्य शक्ति बन्नसक्ने दृष्टान्त प्रस्तुत गरेका थिए । ‘राप्रपा आन्दोलनमा छ, पार्टीका हरेक गतिविधिहरु आन्दोलन…
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) लाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न लगाउने व्यवस्था गर्न सांसदहरूले प्रस्ताव गरेका छन् । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदहरूले आईजीपीको पद अझै ‘गरिमायोग्य’ बनाउन कार्यकारी प्रमुखबाट दर्ज्यानी चिन्ह लगाउने व्यवस्थासहितको कानुन बनाउन प्रस्ताव गरेका हुन् । सोमबार सुशासन समितिमा प्रहरी विधेयकमाथिको छलफलमा सहभागी पूर्व आईजीपी समेत रहेका सांसद ध्रुवबहादुर प्रधानले भने, ‘पिपिङ सेरेमोनीमा मुलुकको कार्यकारी प्रमुखले आईजीपीलाई फुली लगाउँदा शाेभनीय देखिन्छ ।’ अहिले मन्त्रिपरिषद्ले आईजीपी नियुक्त गरे पनि गृह मन्त्रालयका सचिवले फुली लगाउने व्यवस्था छ । एकीकृत समाजवादीका सांसद भानुभक्त ढकालले पनि आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिन्ह लगाउने व्यवस्था गर्नुपर्ने बताए । उनले भने, ‘आईजीपी नेपाल…
काठमाडौं । गायिका एलिना चौहानले सामाजिक सञ्जालमा आफूविरुद्ध अमर्यादित कमेन्ट गर्ने चारजनामाथि साइबर ब्युरोमा निवेदन दिएकी छन् । उनले फेसबुक र अन्य प्लेटफर्ममा आपत्तिजनक टिप्पणी गर्नेविरुद्ध कानुनी कारबाही मागेकी छन् । एलिनाले सामाजिक सञ्जालमा अभद्र व्यवहार गर्नेहरूको प्रोफाइल सार्वजनिक गर्दै अभियान पनि चलाइरहेकी छन् । उनले माफी माग्नेहरूलाई माफी दिएकी भए पनि सुधार नआएकोलाई कानुनको सहारा लिने बताइन् । यस अभियानमा अन्य कलाकार र प्रधानमन्त्री केपी शर्मा ओलीले समेत समर्थन गरेका छन् । एलिना र समीक्षाले मानसिक दबाब र तनावका कारण १० दिन ब्रेक लिएर यो अभियान सुरु गरेको जानकारी दिइन् ।
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकका विषयमा थप समय माग गरेका छन् । विद्यालय शिक्षा विधेयक पारित गर्ने विषयमा मन्त्री पन्तले सोमबार अर्थात आज नै गर्न नहुने बताउँदै थप समय माग गरेका हुन्। ‘महासंघसँग छलफल भएको थियो। छलफलका क्रममा समितिमा भएको सहमतिको विषय जानकारी गरायौ। उहाँहरू सहमत हुनुभएन त्यसैले आजको बैठक स्थगित गरौँ,’ मन्त्री पन्तले भने ।
काठमाडौं । अवैधानिक रुपमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को बालुवाटारस्थित केन्द्रीय कार्यालय कब्जा गरेर बसेको बद्री केसी-हेमराज शर्मा समूहले संघका निर्वाचित राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूलाई फुटाउने प्रयास थालेको छ । यो समूहले एनसीसी बेल्जियमकी निर्वाचित अध्यक्ष सीता सापकोटालाई पत्र पठाउँदै उक्त एनसीसीको मान्यता फिर्ता लिएको दाबी गरेको छ । बद्री केसी र गौरी जोशीले असार १४, २०८२ मा पठाएको पत्रमा एनसीसी बेल्जियमले आइसीसीको निर्देशन पालना नगरेको, मेम्बरशिप इन्फर्मेशन सिस्टम (एमआईएस) मार्फत सदस्यता नबनाएको, सदस्यहरूको फेसियल भेरिफिकेशन नगरेको र जुलाई १ देखि ३१ भित्र राष्ट्रिय महाधिवेशन घोषणा नगरेको भन्दै मान्यता फिर्ता लिएको उल्लेख छ । पत्रमा जुलाई ३१ भित्र बेल्जियममा…
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमले अवैधानिक भइसकेको बद्री केसी र गौरीराज जोशीले पठाएको पत्रलाई खारेज गरिदिएको छ । एनआरएनए बेल्जियमकी अध्यक्ष सीता सापकोटाको अध्यक्षतामा आइतबार बसेको पूर्ण बैठकले निर्वाचित कार्यसमितिलाई भंग गर्ने भनिएको पत्रलाई अवैधानिक ठहर गर्दै खारेज गरिदिएको हो । बैठकले संस्थाकै केही व्यक्तिले समानान्तर गतिविधि गरेको भन्दै उनीहरुलाई २४ घण्टाभित्र स्पष्टिकरण दिन निर्देशन दिएको छ । स्पष्टिकरण नदिए बर्खास्त गरिने निर्णय पनि बैठकले गरेको अध्यक्ष सापकोटाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यसैगरी, एनसीसी बेल्जियमको साधरणसभा अगष्ट १७ र चुनाव अगष्ट २५, २०२५ मा गर्ने निर्णय भएको कार्यवाहक महासचिव राजेन्द्र कुमार कार्कीले जानकारी दिए । बैठकमा…
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराष्ट्रपतिको हैसियतमा पाएको सरकारी सेवा सुविधा फिर्ता गर्ने भएकी छन् । नेकपा (एमाले) का सक्रिय राजनीतिमा फर्किएको उद्घोष गरेसँगै उनले राज्यले उपलब्ध गराउँदै आएको सेवा सुविधा फिर्ता गर्न लागेकी हुन् । सक्रिय राजनीतिमा लागेर पूर्वराष्ट्रपतिको हैसियतले राज्यले दिएको सुविधा पनि लिँदा प्रश्न उठ्ने भएपछि उनले सेवा सुविधा फिर्ताका लागि गृह मन्त्रालयलाई पत्र लेख्ने तयारी गरेकी हुन् । पूर्वराष्ट्रपति भण्डारीले गत शनिबार एमालेको सदस्यता नवीकरण गरेर सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी थिईन् । उनी एमालेको सक्रिय राजनीतिमा फर्किएसँगै एमालेको असन्तुष्ट समूह निकै उत्साहित देखिएको छ । भण्डारीलाई उपलब्ध गराइदै आएको अन्य सेवा सुविधा फिर्ता भए पनि…
विपद्जन्य सूचना प्रवाहलाई प्रभावकारी बनाउने विषयमा कार्यवाहक प्रधानमन्त्री र सञ्चारमन्त्रीबीच छलफल
काठमाडौं । विपद्जन्य सूचना प्रवाह प्रणालीलाई प्रभावकारी बनाउने विषयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह र सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङबीच छलफल भएको छ । सहरी विकास मन्त्रालयमा आज भएको छलफलमा सूचना प्रवाहका लागि सञ्चार मन्त्रालयले गर्नसक्ने कामका बारेमा छलफल भएको हो । आइतबार कार्यवाहक प्रधानमन्त्री सिंहको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् जोखिमलाई ध्यान दिँदै मौसम पूर्वानुमानपछिको पूर्वसूचना प्रभावकारीरूपमा प्रभाह गर्ने निर्णय गरेको सहरी विकास मन्त्रालयले जनाएको छ । भारी वर्षा भएको समय र सो क्षेत्र वरपर सुरक्षित रहन स्थानीयवासीलाई एसएमएस पठाउने, स्थानीय एफएम र सामाजिक सञ्जालमार्फत मौसम बुलेटिन तथा सूचना प्रशारण गर्ने, मोबाइलमा ‘अर्ली…
काठमाडौं । नेपाल प्रहरीमा प्रहरी सहायक निरीक्षक (असई)को भर्ना बन्द गर्ने प्रस्ताव अघि बढेको छ । हाल संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलको क्रममा रहेको प्रहरी विधेयक उपर असईको पदपुर्ति पूर्णरुपमा बढुवाबाट गरेर प्रहरी नायब निरीक्षक (सई) पदमा भर्ना लिने व्यवस्था गर्न प्रस्ताव गरिएको छ । जवानमा भर्ना भएपछि वरिष्ठ हवल्दारभन्दा माथि जाने अवस्था नबनेको भन्दै संगठनभित्र निराशा उत्पन्न भएकाले असईको भर्ना बन्द गर्ने र सई पदमा भर्ना लिने प्रस्ताव गरिएको हो । यसो गर्दा तल्लो तहका प्रहरीको बढुवा पनि छिटो हुने र सईमा भर्ना भएकाहरु माथिल्लो तहसम्म पुग्नसक्ने भएकाले भर्नामा पनि आकर्षण बढ्ने सम्भावना छ । प्रस्तावमा यी…