काठमाठौं । महानायक राजेश हमालले भ्रष्टाचारविरुद्धको प्रदर्शनमा राज्यको कठोर दमनप्रति गहिरो चिन्ता र असन्तुष्टि व्यक्त गरेका छन् । उनले नेपाली नागरिक भएकोमा आफूले यति ठूलो लज्जा कहिल्यै महसुस नगरेको बताए ।
राजनीतिक मुद्दामा सामान्यतः मौन रहने हमालले सोमबारको घटनापछि सामाजिक सञ्जालमा लेखे’ ‘राष्ट्रको रूपमा हामीले हाम्रा युवाहरूलाई उज्ज्वल भविष्य दिन नसकेर मात्र होइन, उनीहरूको वर्तमान पनि खोसिरहेका छौँ । म अहिले विदेश यात्रामा छु, र नेपाली भएकोमा यति गहिरो लज्जा मैले कहिल्यै महसुस गरेको थिइनँ। आजको दिन नेपालको इतिहासमा अत्यन्त दुखद र पीडादायी दिनका रूपमा अङ्कित भएको छ ।’
Facebook Comments Box
