Author: Scoop Khabar

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि देव खनाल १५ लाख रुपैयाँमा चितवन राइनोजमा अनुबन्ध भएका छन् । नेपाली अन्डर-१९ टोलीको पूर्व कप्तान समेत रहिसकेका खनालले पहिलो सिजन कर्णाली याक्सबाट खेलेका थिए । यसपटक उनलाई अनुबन्ध गर्न चितवन राइनोज र लुम्बिनी लाइन्सबिच प्रतिस्पर्धामा उत्रिएका थिए । दुवै टोलीको बोली १५ लाखसम्म पुगेपछि गोलाबाट देवलाई चितवनले पाएको हो ।

थप

काठमाडौं । कैलालीको धनगढीस्थित कारागारमा भइरहेको असहज परिस्थितीलाई लिएर गृहमन्त्री रमेश लेखकले शनिबार सुरक्षा निकायका प्रमुखहरुलाई छलफलका लागि बोलाएका छन् । कैदीबन्दीबिच झडपपछि उत्पन्न परिस्थितीका विषयमा छलफल गर्न मन्त्री लेखकले शनिबार बेलुकी ४ बजे गृह मन्त्रालयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई बोलाएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । छलफलमा गृहसचिब गोकर्णमणि दुवाडी, सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख सहसचिव आनन्द काफ्ले लगायत सहभागी हुनेछन् । कैदीबन्दीबिच गएराति एकआपसमा झडप हुँदा एक जनाको मृत्यु र ४७ जना घाइते भएका छन् । स्थानीय प्रशासनका अनुसार झडपमा घाइते भएकाहरुको धनगढीमै उपचार भइरहेको छ ।

थप

काठमाडौं । बेलायतको ग्रेटर म्यानचेस्टर प्रहरीले पाकिस्तानका राष्ट्रिय टोलीका ब्याट्सम्यान हैदर अलीलाई पक्राउ गरेको छ । एक महिलाले दिएको उजुरीका आधारमा पक्राउ परेका उनलाई अनुसन्धान जारी रहँदासम्म बेलायत छोड्न नपाउने शर्तमा जमानत दिइएको छ । प्रहरीका अनुसार हैदर अलीविरुद्धको मुद्दा पाकिस्तान ‘शाहिन्स’को हालैको इंग्ल्यान्ड भ्रमणका क्रममा भएको घटनासँग सम्बन्धित छ । अनुसन्धान सकिएपछि मात्र कानुनी निष्कर्ष आउने जनाइएको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले बिहीबार राति विज्ञप्ति जारी गर्दै हैदर अलीलाई तत्काल प्रभावबाट निलम्बन गर्ने घोषणा गरेको छ । पीसीबीले बेलायतको कानुनी प्रक्रियाप्रति सम्मान जनाउँदै उनलाई कानुनी सहयोग प्रदान गरिरहेको जनाएको छ । हैदर अलीले सन् २०२० मा पाकिस्तान…

थप

कैलाली । जिल्ला कारागार कैलालीमा झडप हुँदा एक कैदीबन्दीको मृत्यु भएको छ । एक महिनादेखि निरन्तर झडप हुँदै आएको कारागारभित्र शुक्रबार राति फेरि भडप भएको हो । बिहीबार रातिदेखि नै कारागारमा कैदीबन्दीबीच कुटाकुट भइरहेको थियो । कुटपिट हुँदा घाइते भएका धनगढी ४ का भरत चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । त्यस्तै झडपमा परी दर्जनौँ कैदीबन्दी घाइते भएका छन् । घाइते कैदीबन्दीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्याइएको छ । घटनाबारे छानबिन भइरहेको छ । घटनापछि कारागारभित्रको अवस्था तनावग्रस्त बनेको थियो । कारागारको ए र बी ब्लकमा रहेका कैदीबन्दीबीच कुटाकुट भएको बताइएको छ । विगत केही समयदेखि…

थप

जनकपुर । धनुषामा चोरीको आरोपमा पक्राउ परेका एक युवक प्रहरी हिरासतमै झुण्डिएको अवस्थामा भेटिएका छन् । धनुषाको कमला नगरपालिका–८ सोनापाडा निवासी अन्दाजी २२ वर्षीय सुभाष कुमार यादवलाई बिहीबार राति चोरीको आरोपमा इलाका प्रहरी कार्यालय यदुकुहाले पक्राउ गरेको थियो । शुक्रबार साँझ उनी हिरासतको कोठामै आफ्नै कपडा प्रयोग गरी झुण्डिएको अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी नरहरी रेग्मीका अनुसार प्रहरीको निगरानीमा रहेका यादवलाई समयमै देखेर बाहिर निकालिएको र तत्काल उपचारका लागि जनकपुरस्थित रामजानकी अस्पताल पुर्‍याइएको हो । हाल उनको आईसीयूमा राखेर उपचार भइरहेको र स्वास्थ्य अवस्था स्थिर रहेको रेग्मीले जानकारी दिए । ईलाका प्रहरी…

थप

सुजन पन्त काठमाडौं । नेपाल प्रहरीमा ३२ औं प्रहरी महानिरीक्षक (आईजीपी) को चर्चा सुरु भएको छ । आईजीपी दिपक थापा अवकाशमा जाने दिन नजिकिएसँगै भावी आईजीपीको चर्चा सुरु भएको हो । विद्यमान प्रहरी नियमावलीअनुसार अबको २५ दिनपछि अर्थात भदौ १८ गते आईजीपी थापा ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जाँदैछन् । त्यसपछि नेपाल प्रहरीले नयाँ नेतृत्व पाउनेछ । यस्तो अवस्थामा ३२ औं आईजीपी बन्ने दौडमा नेपाल प्रहरीका ५ अधिकृत मुख्य प्रतिस्पर्धामा छन् । जसमा एआईजीहरु चन्द्रकुवेर खापुङ, दानबहादुर कार्की, राजन अधिकारी, मनोज केसी र सिद्धिविक्रम शाह प्रतिस्पर्धामा रहेका छन् । सिआईबी प्रमुख समेत रहेका एआईजी खापुङ पहिलो नम्बरमा छन् ।…

थप

वीरगन्ज २३श्रावण सशस्त्र प्रहरी बल नेपाल पर्साले ठुलो परिमाणमा प्रतिबन्धित कुखुराको चल्ला सहित एक युवकलाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण पर्साबाट खटिएको सशस्त्र प्रहरीको टोलीले पर्सा धोविनि गाँउपालिका-१ घोडदौड पिपरा स्थित भारतबाट अबैध रुपमा BR 22 AG 6284 नम्बरको मोटरसाइकलमा लोड रहेको प्रतिबन्धित २१ कार्टुन कुखुराको चल्ला र मोटरसाइकल सहित एक युवकलाई नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरी बल पर्साले पक्राउ गरेको कुखुराको चल्ला २१ कार्टुन २१०० गोटा प्रतिबन्धित ब्रोईलर कुखुराको चल्ला र मोटरसाईकलको मूल्य गरि रु.२,०५,०००।-बराबरको पक्राउ गरेको सशस्त्र प्रहरी बल १३ गण हेक्वाका प्रबक्ता एवम सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्ण सिंह पुजाराले बताए। पक्राउ…

थप

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी अमेरिकाको आगामी कार्यकाल (२०२५–२०२७) का लागि महासचिव पदमा अनुप खनालले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । युवा उपाध्यक्षको हैसियतमा सफल कार्यकाल पूरा गरिसकेका खनालले दीर्घकालीन छात्रवृत्ति कार्यक्रम, खेलकुद प्रवर्द्धन, विद्यार्थी सहयोग, तथा अन्तर्राष्ट्रिय पहुँच विस्तारजस्ता क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका छन् । उनले ‘कार्यमा विश्वास, मात्र शब्दमा होइन’ भन्ने मूल मन्त्रका साथ नेतृत्व गर्दै आएका छन् । ‘म फेरि एकपटक झनै बढी प्रतिबद्धता र उद्देश्यका साथ सम्पूर्ण एनआरएनए एनसीसी अमेरिका समुदायको सेवा गर्न तयार छु,’ खनालले आफ्नो उम्मेदवारी घोषणा गर्दै भने । उनले सबैलाई सशक्त, एकीकृत र अग्रगामी सोच बोकेको एनआरएनए समुदाय निर्माणमा साथ…

थप

काठमाडौं । सर्वोच्च अदालत र उच्च अदालत तुलसीपुरले दिएको आदेशलाई चुनौति दिँदै कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई थुना मुक्त गर्न रास्वपाले जिल्ला अदालत रुपन्देहीलाई प्रभावमा पार्न थालेको छ । सहकारी ठगी र संगठित अपराधका कसुरमा पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेका लामिछानेले विगो रकम बराबरको धरौटी बुझाएर थुनामुक्त गर्न माग गर्दै साउन १९ गते जिल्ला अदालत रुपन्देहीमा निवेदन दिएका छन् । सर्वोच्च अदालत र उच्च अदालतले पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेशलाई चुनौति दिँदै लामिछानेले निवेदन दिनु र जिल्ला अदालतले उनको निवेदन दर्ता गर्नु दुवै गैरकानूनीमात्र नभएर शंकास्पद पनि रहेको कानूनका जानकारहरुले बताएका छन् । जिल्ला अदालतलाई प्रभावमा…

थप

काठमाडौं । सप्तरीको राजगढ गाउँपालिका– २ मा प्रहरीले चलाएको गोली लागेर लालु यादवको मृत्यु भएपछि गोली चलाउने प्रहरी इन्स्पेक्टरको जिम्मेवारी खोसिएको छ । मधेश प्रदेश प्रहरी कार्यालयका डिआइजी उमा चतुर्वेदीका अनुसार इन्स्पेक्टर वीरेन्द्रकुमार यादवलाई तत्कालका लागि जिम्मेवारीबाट मुक्त गरिएको छ । उनले छानबिन समितिका लागि तयारी थालिएको र इन्स्पेक्टर यादवलाई जिम्मेवारीबाट हटाएर प्रदेश प्रहरी कार्यालय फिर्ता बोलाएको जानकारी दिए । लालु यादव, स्थानीय विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत हुन् । मंगलबार राति भारततर्फ मदिरा तस्करी भइरहेको सूचनाको आधारमा पुगेको प्रहरी टोलीले गोली चलाउँदा उनको मृत्यु भएको थियो । घटनापछि मृतक परिवार र स्थानीयवासी आक्रोशित बनेका थिए । बुधबार दिनभर प्रदर्शन गर्दै…

थप