Author: Scoop Khabar

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई अदालतले थुनामुक्त गर्न अस्वीकार गरेपछि उनकी पत्नी निकिता पौडेलले सामाजिक सञ्जालबाट प्रतिक्रिया जनाएकी छन् । आफू संविधानले दिएको हरेक अधिकारमा टेकेर लड्ने उनको भनाइ छ । निकिताले लेखेकी छन्, ‘म थाकेकी छैन, हारेकी छैन। संविधानले दिएको हरेक अधिकारमा टेकेर लड्छु। यो सरकार, उसले साँधेको प्रतिशोध र गरेको गरेको अन्यायविरुद्ध निरन्तर लड्छु। मेरो श्रीमानले न्याय नपाएसम्म लडिरहन्छु।’

थप

काठमाडौं । गृह मन्त्रालयको सचिवस्तरीय निर्णयबाट गत ५ साउनमा प्रहरी नायब उपरीक्षक (डिएसपी) बाट प्रहरी उपरीक्षक (एसपी) र प्रहरी निरीक्षक (इन्स्पेक्टर)बाट डिएसपीमा बढुवा भएकाहरुको अझै पदस्थापना हुन सकेको छैन । सचिवस्तरको निर्णयबाट डिएसपीबाट एसपी र इन्स्पेक्टरबाट डिएसपीमा बढुवा भएका अधिकृतलाई आईजीपी दिपक थापाले एक कार्यक्रमका बीच प्रहरी प्रधान कार्यालयमा साउन २१ गते दर्ज्यानी चिह्न लगाइदिएका थिए । तर, सोहीदिन एसपीबाट प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएर दर्ज्यानी चिन्ह लगाएका ११ जनाको पदस्थापना भइसकेको छ । तर, एसपी र डिएसपीको दर्ज्यानी चिह्न लगाएका उनीहरूको पदस्थापना ६ दिन पुग्दा पनि अझै हुनसकेको छैन । ‘एसपी र डिएपीको दर्ज्यानी चिह्न लगाएर पनि पदस्थापन…

थप

एजेन्सी । अमेरिकाको टेक्सस राज्यमा पुनः नेपाली समुदायलाई स्तब्ध बनाउने घटना भएको छ । डालास सहरको डडली स्ट्रिटस्थित एक घरमा भएको गोली काण्डमा एकै परिवारका तीन जनाको ज्यान गएको छ । स्थानीय समय अनुसार शनिबार बिहान २ः१० बजे ५३ वर्षीय ललित प्रधानले आफ्नी ३७ वर्षीया पत्नी रञ्जना श्रेष्ठ र तीन वर्षीय छोरा प्रनिश प्रधानलाई गोली हानी हत्या गरेका थिए । त्यसपछि उनले सोही पेस्तोल प्रयोग गरी आत्महत्या गरेको डालास प्रहरीले जनाएको छ । रञ्जना र प्रनिशको घटनास्थलमै मृत्यु भएको थियो भने ललितलाई अस्पताल पु¥याएपछि मृत घोषणा गरिएको हो । प्रहरीका अनुसार ललित लामो समयदेखि डिप्रेसनको औषधि सेवन गर्दै आएका थिए…

थप

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बसेको रुपन्देही कारागारको कोठामा वातानुकूलित एसी नरहेको र झ्याल प्लाइउडले टालेर बन्द गरिएको स्पष्ट पारेको छ । सोमबार कारागारको अनुगमनपछि मानवअधिकार आयोगका प्रतिनिधिहरूले कारागारभित्र आधारभूत सुविधाहरुको अभाव रहेको टिप्पणी गरेका हुन् । राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता लिली थापाले क्षमताभन्दा अत्यधिक संख्यामा कैदी बन्दी राखिएको, कारागारभित्र पर्याप्त शौचालय नरहेको र भएका शौचालयको अवस्था पनि राम्रो नभएको बताइन् । यस्तै रविलाई राखिएको ब्लकभित्र झ्याल टालिएकाले राम्ररी हावा पास हुने अवस्था नदेखिएको, कोठामा एउटा चाइनिज र अर्को पार्टी प्यालेसमा प्रयोग हुने ठूलो गरी दुई वटा पंखा रहेको जानकारी दिइन्…

थप

काठमाडौं । मकवानपुरको हेटौंडा–८, कमानेकी एक विवाहित युवतीले विवाहेत्तर सम्बन्धको बोझ थाम्न नसकेर विष सेवन गरी ज्यान दिएको घटना अहिले चर्चामा छ । हाडनातामा पर्ने प्रेमीले सम्बन्ध राखेर उल्टै भिडियो सार्वजनिक गर्ने धम्की दिँदै ब्ल्याकमेल गर्न थालेपछि उनले विष सेवन गरी मृत्युको बाटो रोजेकी हुन् । घटना साउन ९ गतेको हो । झारमार्ने विष सेवन गरेकी युवतीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई चितवनस्थित अस्पताल पुर्याइएको थियो । उनलाई भाई र उनै प्रेमीले अस्पताल पु¥याएका थिए । चिकित्सकले विषले शरीरको अधिकांश अंगमा असर गरिसकेको र उपचार सम्भव नभएको बताएपछि उनलाई हेटौंडास्थित चुरे हिल हस्पिटलमा स्थानान्तरण गरिएको थियो, जहाँ १३ दिनको उपचारपछि…

थप

सुजन पन्त काठमाडौं । न निजामती कर्मचारीजस्तो ट्रेड युनियन छ । न शिक्षण वा संस्थानमा सरकारी जागिर खानेजस्तो ‘पार्ट टाइम’ काम गर्न मिल्छ । कार्यालय समयको कुनै टुंगो छैन । काममा २४ घन्टै खट्न तयार हुनुपर्छ । भनेको बेलामा बिदा नपाउने समस्या त छँदैछ । नेपाल प्रहरी कर्मचारीका दुःख यतिमात्रै छैनन्, सबैभन्दा ठूलो दुःख तलबको हो । तलब राम्रो भए पनि यी सबै दुःख र असहजता भुल्न सजिलो हुन्थ्यो । त्यतिमात्र नभएर खाने रासन भत्तासमेत राम्रो छैन । २४ घण्टा सडकमा खटिने ती तल्लो दर्जाका प्रहरीहरुले खाने रासनमा समेत चरम विभेद छ । अहिलेको विद्यमान अवस्थाअनुसार प्रहरी हवल्दारको २९ हजार…

थप

काठमाडौं । झापाको भद्रपुरमा लागूऔषध कारोबारी समात्न पुगेका प्रहरी टोलीमाथि आक्रमणको प्रयास भएको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी घोडामाराको टोली आइतबार दिउँसो १ बजेको समयमा भद्रपुर नगरपालिका–५ स्थित सुन्दरबस्ती बस्ने अन्दाजी ३० वर्षीय सन्तोष श्रेष्ठको घरमा लागूऔषध ब्राउनसुगर बरामद गर्न पुगेका थिए । सोही क्रममा कारोबारी श्रेष्ठकी श्रीमती र मामा ससुरालगायतले धारिलो हतियार (खुकुरी) निकालेर प्रहरीलाई लखेट्दै आक्रमणका प्रयास गरेका थिए । त्यसपछि वडा प्रहरी कार्यालय भद्रपुरको सहयोगमा घटनास्थलमा रहेका प्रहरी टोलीले श्रेष्ठसहित उनकी श्रीमती र मामा ससुरालाई लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालय झापा लगेको बताइएको छ । प्रहरीले श्रेष्ठको साथबाट २ ग्राम ४५० मिलिग्राम ब्राउन…

थप

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आजका दिनमा ठुला दलका तीन प्रमुख नेताले संन्यास लिए सबैभन्दा बढी खुसी आफू हुने टिप्पणी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित ‘युवासँग जनप्रतिनिधि, युवा र गगन’ नामक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । ‘म के कुरामा सहमत छु भने नेपालको राजनीतिक दलका नेतृत्वसँगको यति ठुलो वितृष्णा छ, त्यो वितृष्णाले गर्दा खेरी आम रूपमा नेपालका राजनीतिक दलसँगै सबै मानिसलाई रिस उठेको छ,’ थापाले भने, ‘खास गरिकन युवाहरूलाई बढी रिस उठेको छ ।’ हिजो गाईजात्रे कार्यक्रममा ‘के गर्‍यो भने समस्याको समाधान हुन्छ भन्दै गर्दा नेपालमा तीनटा नेताहरूको अफिस बन्द गर्‍यो भने समस्याको समाधान…

थप

काठमाडौं । नेपाल प्रहरीभित्रको ठेक्काको सेटिङ बाहिरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सार्वजनिक खरिद अनुगमन कार्यालयले छानविन सुरु गरेको छ । अख्तियारले प्रहरी ठेक्काको विषयमा छानविन गर्न सार्वजनिक खरिद अनुगमनको कार्यालयलाई पत्राचार गरिसकेको स्रोत बताउँछ । कार्यालयले उपसचिवको अध्यक्षतामा समिति बनाएर छानविन सुरु गरिसकेको अवस्था छ । जसकारण यतिबेला प्रहरीको प्रबन्ध शाखाका कर्मचारी तनावमा परेका छन् । यसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा सार्वजनिक खरिद अनुगमन कार्यालयले समेत छानविन थालेपछि सेटिङमा संलग्न प्रबन्धका कर्मचारी डराएका हुन् । सोहीकारण शुक्रबार आईजीपी दिपक थापाको निर्देशनपछि प्रबन्धका एसपी नवराज मल्ल र इन्स्पेक्टर रुद्र गिरी ठेकदारहरुसँग गोप्य बैठक बसेका थिए । बैठकमा एसपी मल्ल…

थप

काठमाडौं । दैलेखमा एक बालिकामाथि सामूहिक बलात्कार भएको छ । चामुण्डा बिन्द्रासैनी नगरपालिका–८ मा १२ वर्षीया बालिका गाउँकै दुई युवाबाट बलात्कारमा परेकी हुन् । साउन २२ गते साँझ तिजको नाँच हेरेर घर फर्किँदै गरेकी बालिकामाथि बलात्कार भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक (इन्स्पेक्टर) लालबहादुर सुनारले जानकारी दिए । इन्स्पेक्टर सुनारअनुसार साथीहरुसँग घर फर्किँदै गरेकी ति बालिकालाई गाउँकै २३ वर्षीय गोविन्दबहादुर शाही र २५ वर्षीय खगेन्द्र भण्डारीले लखेटीलखेटी ढुंगाले हानेर घाइते बनाई बलात्कार गरेका थिए । पीडित बालिकाका आफन्तले शुक्रबार प्रहरीलाई जाहेरी दिएपछि आरोपीतहरु दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हातमा चोट र गुप्ताङ्गमा घाउ भएकी बालिकाको जिल्ला अस्पताल…

थप