काठमाडौं । तिहारलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सुनका असर्फी र चाँदीका सिक्का (मेडालियन) बिक्री गर्दै आएकोमा यो वर्ष सुनका असर्फी वितरण नगर्ने भएको छ ।
राष्ट्र बैंकको टक्सार महाशाखाले सूचना जारी गर्दै असोज २६ गतेदेखि चाँदीको मेडालियन बिक्री वितरणका लागि मूल्य सार्वजनिक नै गरेको छ ।
महाशाखाका नुसार लक्ष्मी मेडालियन (१०) ग्राम ३ हजार रुपैयाँ तय भएको छ । प्रतिव्यक्ति १ मात्रै वितरण गरिने भएको छ
यस्तै गणेश मेडालियन (१०) ग्राम, गजलक्ष्मी (१०) ग्राम र गाई मेडालियन (१०) ग्राम ३ हजारका दरले एक जनालाई १ संख्या मात्रै दिइने सूचनामा उल्लेख छ ।
खरिद गर्न आउँदा नागरिकताको फोटोकपी वा नागरिकता नम्बर उल्लेख भएको अन्य कुनै परिचयपत्र लिएर आउन पनि आग्रह गरिएको छ ।
Facebook Comments Box