काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको आडमा चिनिएका सिन्धुपाल्चोकका सगुन श्रेष्ठले बागमती प्रदेशका पूर्वमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य कुन्दन काफ्लेलाई सामाजिक सञ्जालमार्फत धम्की र अभद्र टिप्पणी गरेका छन्।
फेसबुकमार्फत श्रेष्ठले काफ्लेलाई लक्षित गर्दै अपशब्द प्रयोग गर्दै थर्काउने खालका टिप्पणीहरू गरेका हुन्। काफ्लेले हालै दिएको एक अन्तर्वार्तामा ‘गगन थापा असफल भैसके, उहाँबाट कांग्रेस चल्दैन, गुटमात्र चल्छ’ भन्ने शीर्षक राखिएपछि श्रेष्ठ आक्रोशित बनेका हुन्।
जहाँ श्रेष्ठले लेखेका छन्,‘गधालाई धोएर गाई बनाउन सकिन्न, सुगुरले खोज्ने फोहोर नै हो। यो मु…सिटौलाको दास खाते गगन दाईको विश्लेषण गर्ने तेरो हैसियत छैन।’
सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका सभापति समेत रहेका श्रेष्ठको आपराधिक पृष्ठभूमि रहेको बताइन्छ। उनी पार्टीभित्र “गुण्डा नाइके” का रूपमा समेत चिनिन्छन्।
कांग्रेसभित्रको यस प्रकारको धम्कीपूर्ण व्यवहारले संगठनभित्रको गुटीय द्वन्द्व अझ बढ्दै गएको देखिएको छ। पार्टीभित्र नेतामाथि हुने व्यक्तिगत आक्रमण र धम्कीले लोकतान्त्रिक संस्कृतिमाथि नै प्रश्न उठाएको विश्लेषण गरिन्छ।