Author: Scoop Khabar

काठमाडौं । ६ महिनादेखि जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखको रुपमा कार्यरत छन् प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारी । २०८१ माघ १५ मा उनले काठमाडौं प्रहरीको कमाण्ड समालेका थिए । बुधबार परिसरले आफ्नो वार्षिक कार्यसम्पादन सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एसएसपी अधिकारीले मुलुकको राजधानी काठमाडौंको अपराध नियन्त्रण गर्न र अपराधीसम्म पुग्न नयाँ ढङ्गले सूचना संकलन गर्ने गरेको बताए । काठमाडौं प्रहरी प्रमुखको रूपमा ६ महिना काम गरेपछि पत्रकार सम्मेलन गरेर मोटरसाइकल वर्कशपका सञ्चालक र कामदारहरूबाट सूचना लिएर अपराधीसम्म पुग्ने काम गर्ने गरेको बताए । पत्रकार सम्मेलनमा बोल्दै एसएसपी अधिकारीले भने, ‘काठमाडौँमा आएपछि वर्कशप सञ्चालक र कामदारहरूसँग अन्तरक्रिया गरेर…

थप

काठमाडौं । मोरङको विराटनगरस्थित बाल सुधार गृहमा बुधबार केही बालबालिकाले सुर्ती सेवन गरेको आशंकामा जाँच गर्न पुगेका प्रहरी र बालबालिकाबीच झडप भएको छ । झडपका क्रममा एक वरिष्ठ हवल्दार घाइते भएका छन् । घाइते प्रहरीलाई तत्काल उपचारका लागि कोशी अस्पताल लगिएको छ । सुधारगृह प्रमुख गायत्रीप्रसाद ढकालका अनुसार, प्रहरीले जाँच सुरु गर्दा केही बालबालिकाले विरोध जनाएपछि सुरु भएको विवाद झडपमा परिणत भएको हो । घटनापछि सुधार गृहमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । सुरक्षा अवस्था नियन्त्रणमा राख्न चारवटै सुरक्षा निकायका प्रमुख घटनास्थल पुगेका छन् । सुधार गृह प्रशासनले १८ वर्ष नाघेका केही युवाहरूले वातावरण बिगारेको आरोप लगाएको छ ।…

थप

काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले विश्वको कुनैपनि देशमा कारागारमा नाइके, भाईनाइके र चौकीदार राख्ने कानुनी व्यवस्था नरहेको तर नेपालमा मात्रै रहेको बताएका छन् । बुधबार बसेको कानुन न्याय तथा मानवअधिकार समितको बैठकमा बोल्ने क्रममा उनले यस्तो व्यवस्था देखेर आफू आश्चर्यमा परेको समेत बताए । कारागारमा कैदीबन्दीलाई नै नाइके, भाईनाइके चौकीदार राख्ने व्यवस्थाको बारेमा जानकारी पाएपछि आफूले अन्य देशका कानुनहरूको खोजी गरेको जिकिर गरे । तर कुनैपनि ठाउँमा कानूनी व्यवस्था नै गरेर कारागारमा नाइके, भाईनाइके र चौकीदार राखिएको नपाइएको उनले जानकारी दिए । ‘यहाँ नाइके, भाईनाइके चौकीदाहरूले यस्तो तरिकाले त्यहाँभित्र दमन गरेर राखेको कुराहरू पनि हामीले सुन्नमा आएको छ…

थप

चितवन । रत्ननगर नगरपालिकाले इलाका प्रहरी कार्यालय, टाँडीलाई तीन वटा मोटरसाइकल प्रदान गरेको छ । समग्र जिल्लाको शान्ति सुरक्षालाई प्रभावकारी र चुस्त बनाउन भन्दै नगरपालिकाले १५० सिसिको तीनवटा पल्सर मोटरसाइकल प्रहरीलाई दिएको हो । नगरपालिकाको कार्यालयमा एक कार्यक्रमका बिच नगरप्रमुख प्रल्हाद सापकोटाले जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गोविन्द पुरीलाई मोटरसाइकलको साँचो हस्तान्तरण गरेका हुन् । कार्यक्रममा नगरप्रमुख सापकोटाले कालिका र रत्ननगरको एक लाख १० हजार जनताको शान्ति सुरक्षाको जिम्मा लिएको इलाका प्रहरी कार्यालयलाई सवारी साधन अभाव नहोस् भनेर मोटरसाइकल दिइएको बताए ।

थप

काठमाडौं । सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा ‘मदिरा तस्करी’ को आरोपमा साउन २० गते राति प्रहरीको गोली लागी मृत्यु भएका ३५ वर्षीय लालु यादवका पिता रबिकान्त यादवको बिलौना सुन्दा उपस्थित सबै शोकमग्न बने । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री उमेशकुमार यादवसहितका व्यक्तिहरू समवेदना प्रकट गर्न पुगेका वेला उनले लालुका साना छोराछोरी देखाउँदै भने, ‘यी लालाबाला (बालबच्चा) को जिम्मेवारी मेरो बुढेसकालको काँधले कसरी थाम्ला ? २२ वर्षअघि प्रहरीले मेरो ज्वाइँ बिरेन्द्र यादवलाई माओवादीको मिथ्या आरोपमा गोली हानेर मार्यो, आज मेरो कलिलो छोरा पनि प्रहरीकै हातमा मारियो ।’ स्थानीय विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका लालु यादव भारततर्फ अवैध मदिरा तस्करी भइरहेको सूचनाको…

थप

काठमाडौं । सुनसरीको झुम्का कारागारबाट सामूहिक बलात्कार मुद्दामा सजाय भुक्तान गरिरहेका एक कैदी मंगलबार राति फरार भएका छन् । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ घर भएका २८ वर्षीय रुपक पौडेल खत्री कारागारको ‘बी’ ब्लकबाट फरार भएका हुन । जेलर सुवासकुमार लामिछानेका अनुसार राति खत्रीले कारागारको पर्खाल नाघेर भागेको जानकारी चौकीदारमार्फत प्रशासनमा आएको बताए । खत्रीलाई सामूहिक बलात्कारको घटनामा संलग्न रहेको अभियोगमा अदालतले २०८१ साउन २१ गते पुर्पक्षका लागि कारागार चलान गरेको थियो । मुद्दाको किनारा लागेपछि जिल्ला अदालत सुनसरीले २०८१ चैत २५ गते उनलाई १३ वर्ष कैद सजाय सुनाएको थियो । घटनापछि सुनसरीका सिडीओ धर्मेन्द्रकुमार मिश्रको नेतृत्वमा सुनसरीका सुरक्षा निकायका प्रमुखहरू…

थप

काठमाडौं । गुण्डा नाइके मिलन गुरुङ उर्फ चक्रे मिलनले आफू नेकपा (एमाले) को जिल्ला सदस्य रहेको बताएका छन् । उनले प्रहरीसमक्ष आफू उक्त पार्टीको गोरखा जिल्ला सदस्यका रुपमा सक्रिय रहेको बयान दिएका हुन् । साउन १५ गते राति बर्थ-डे मनाउँदा मनाउँदै ठमेलस्थित सम्बाला होटलबाट पक्राउ परेका चक्रेले युवाहरू जम्मा पारेर हो-हल्ला गर्नु गल्ती भएको स्वीकार गरेको बताइएको छ । समय पछिल्लो पार्टीको वडास्तरीय कार्यक्रम र सामाजिक कार्यमा सहभागी हुँदै आएको र सामाजिक सञ्जालमा सार्वजनिक भएका फोटो तथा भिडियो शुभचिन्तकहरूले बर्थ-डे अघि नै बनाएको चक्रेको प्रश्टोक्ति छ । सम्बालामा भेला भएका युवाहरूमध्ये धेरैलाई आफूले नचिन्ने र कतिपयलाई नामले मात्र चिन्ने उनको…

थप

काठमाडौं । सुडानमा नर्वेजियन महिलामाथि यौन हिंसाको आरोपमा सशस्त्र प्रहरी बल, नेपालका एक बरिष्ठ उपरीक्षक (एसएसपी)को पाँच वर्ष बढुवा रोकिएको छ । एसएसपी रविन्द्रराज कर्णजितको बढुवा रोकिएको हो । नर्वेजियन महिलाको संवेदनशील अंगमा हात लगाएवपापत उनलाई पाँच वर्ष बढुवामा रोक लगाइएको बताइएको छ । सुडानको शान्ति मिसनमा कार्यरत रहँदा एसएसपी कर्णजितले एक जना नर्वेजियन महिला अफिसरलाई संवेदनशील अंगमा छोएपछि यौनिक हिंसा गरेको आरोपमा कारबाही गरिएको हो । उनीमाथि विभागीय कारबाही नभए संयुक्त राष्ट्र संघले सशस्त्रलाई द्वन्द्वग्रस्त क्षेत्रका तैनाथीमा रोक लगाउने चेतावनी दिएको थियो । तर, राष्ट्रसंघको बारम्बारको पत्रचारले सिंगो संगठनको मानमर्दन भएको भन्दै विभागीय कारबाहीका लागि दबाब दिएपछि उनको बढुवा…

थप

काठमाडौं । सुनसरीमा निर्माणाधिन घरको सेप्टिक ट्यांकीभित्र दुई जना मृत अवस्थामा भेटिएका छन् । दुहबी नगरपालिका–४ शिव मन्दिर चोकस्थित निर्माणाधीन घरको सेप्टिक ट्यांकीभित्र सोही नगरपालिकाका २ बस्ने ५० वर्षीय श्याम बहादुर तामाङ र ३२ वर्षीय रमेश राई मृत भेटिएका हुन् । बिहान करिब १० बजे चन्द्रिका रौनियारको बन्दै गरेको नयाँ घरको ट्यांकीभित्र ठेकेदार तामाङ र कामदार राई मृत भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट फरेन्सिक डाक्टर बोलाइएको छ । त्यसपछि मात्रै अन्य विषय खुल्ने बताइएको छ । घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

थप

काठमाडौं । निर्वाचन आयोगले रञ्जिता श्रेष्ठ नै नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रहेको ठहर गरेको छ । आयोगको मंगलबार बसेको बैठकले राजनीतिक दल सम्बन्धि ऐन र सम्बन्धित पार्टीको विधान अनुसार रञ्जिता नै पार्टीको अध्यक्ष भएको निर्णय गरेको हो । असन्तुष्ट पक्षले पेस गरेको विवरण ऐन र विधान अनुसार नमिलेका कारण नाउपाको अध्यक्ष श्रेष्ठ नै रहेको ठहर गरेको आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए । नाउपाको संस्थापक सदस्यहरूको भेलाले श्रेष्ठलाई अपदस्त गर्दै लालबीर चौधरीलाई अध्यक्ष बनाउने निर्णय गरेको थियो । चौधरी नाउपाका संस्थापक अध्यक्ष रेशम चौधरीका बुवा हुन् भने श्रेष्ठ पत्नी हुन् ।

थप